- ई. गोपाल श्रेष्ठ
अस्ट्रेलियाको ध्बपि ाचभभ ायगलमबतष्यल ले गत अक्टोबर १७ मा ध्यचमि :बउ या क्बिखभचथ प्रकाशित गर्यो । विश्वका १६२ देशहरूलाई समेटेको यो अध्ययन रिपोर्टले हाम्रो देशलाई धेरै दास (स्लेभ) राख्ने देशहरूको नकारात्मक सूचीको पाचौं स्थानमा राख्यो । यो तथ्यले स्पष्ट गर्छ कि हाम्रो मानसिक धरातल धेरै कमजोर छ । उक्त रिपोर्टले हामी मुखले उदार भए तापनि व्यवहारले धेरै नै सड्ढीर्ण छौं भन्ने स्पष्ट गर्छ । हाम्रा शीर्ष नेताहरू कार्यकर्ताको पिठ्यूँमा बसेको तस्वीरहरू हामी बराबर छापामा देख्छौं । यस्तो तस्वीरले पनि हाम्रो राष्ट्रिय चरित्र उजागर गर्दछ । बोलीमा हामी सामन्त विरोधी छौं तर व्यवहारमा हामी त्यही नै प्रदर्शन गरिरहेका हुन्छौं । यस्तो कुरा अप्रिय हो । तर, वास्तविकता यही नै हो ।
दास/स्लेभ पटक्कै नराख्ने देशहरूमा डेनमार्क, फिनल्यान्ड, लक्जमबर्ग र नर्वे परे भने एकदमै राख्ने देशहरूमा अफ्रिकी देश मौरिटियाना, हैटी र एसियाली देशमा पाकिस्तानी, भारत र नेपाल परे । सङ्ख्याको हिसाबले हेर्ने हो भने भारतको स्थान अग्रपङ्क्तिमा छ । भारतपछि चीन, पाकिस्तान र नाइजेरिया आउँछ । भारतमा १,३९,५६,०१० दास/स्लेभ भएको तथ्याड्ढ छ भने चीनमा २९,४९,२४३ भएको तथ्याड्ढ छ । पाकिस्तानमा २१,२७,१३२ दास/स्लेभ भएको तथ्याड्ढ छ भने नाइजेरियामा ७,०१,०३२ भएको तथ्याड्ढ छ । बेलायत जस्तो देश, जसले भूतकालमा दासप्रथालाई झन्डै–झन्डै संस्थागत नै गर्यो, त्यही देश आज झन्डै दासमुक्त छ । अमेरिकाजस्तो देशसमेत ५९,६४४ दास/स्लेभ रहेको तथ्याड्ढले देखाएको छ । दास/स्लेभ भन्नाले हामी मानवलाई झन्डै–झन्डै वस्तु/सामान जस्तो गरी किनबेच गरेको अवस्थालाई बुझ्न सक्छौं । हाम्रो देशको कमलरी प्रथा नै यसको ज्वलन्त उदाहरण हो । एउटा मानवले अर्को मानवलाई गरिने योभन्दा तुच्छ व्यवहार अरू के नै हुन सक्छ र १ मानव बेचबिखन, जबरजस्ती काममा लगाउनु, जबरजस्ती विवाह बन्धनमा फसाइदिनु, बाल श्रमिक राख्नु आदि पनि अहिलेको दास/स्लेभ प्रथाको परिभाषाभित्र पर्छ ।
दास/स्लेभ प्रथाको अन्तर्सम्बन्ध गरिबीसँग छ । अर्थात् जहाँ गरिब र धनीबीच ठूलो अन्तर रहन्छ, त्यहाँ दास/स्लेभ प्रथा लागू भएको पाइन्छ । अनि जहाँ गरिबी छैन, त्यहाँ दास/स्लेभ प्रथा पनि रहँदैन । भए तापनि अदृश्य अवस्थामा छ । अफ्रिका महादेश अनि एसिया महादेश अन्य महादेशहरू अमेरिका, युरोप, अस्ट्रेलियाभन्दा गरिब छन् । परिणामस्वरूप यी महादेशहरूमा दास/स्लेभको सङ्ख्या बढी छ । विश्वमा दास/स्लेभको तथ्याड्ढ २ करोड ९८ लाख छ भने त्यसको ७६ प्रतिशत दास/स्लेभ अग्रपङ्क्तिको १० देशमा छन् । ती देशहरू मौरिटियाना, हैटी, पाकिस्तान, भारत, नेपाल, मल्डोभा, वेनिन, आइभोरीकोस्ट, गाम्भिया र गेबोन हुन् । यी देशहरू कुनै पनि अमेरिकी महादेश, युरोप अनि अस्ट्रेलियामा पर्दैनन् । युरोपेली देश स्वीडेनमा १,२३७ दास/स्लेभ रहेका तथ्याड्ढले देखाएको छ भने ब्रिटेनमा ४,४२६ रहेका देखाएको छ । अनि स्पेनमा ६,००८ देखाएको छ भने फ्रान्समा ८,५४१ देखाएको छ । अस्ट्रेलिया र न्यूजील्यान्डमा त झन् क्रमश: ३,१६७ र ४९५ मात्र देखाएको छ ।
दास/स्लेभ प्रथा राम्रो होइन यसमा शड्ढा छैन । यसलाई उन्मूलन गर्नु नै पर्छ । तर, कसरी उन्मूलन गर्ने यो दास/स्लेभ प्रथा ? यो अप्ठेरो प्रश्न छ । यसलाई उन्मूलन गर्न गरिबीबाट मुक्त हुनु नै पर्छ । गरिबीबाट मुक्त हुन अन्तर्राष्ट्रियस्तरमा गरिबी निवारण कोष छ, विश्व बैंक छ, एसियाली विकास बैंक छ आदि । राष्ट्रियस्तरमा पनि अनेकौं संस्थाहरू छन् । तर, जबसम्म देशले सक्षम नेतृत्व पाउँदैन, तबसम्म देश ढलमल अवस्थामा रहिरहन्छ । देशमा भएका स्रोत प्रिचालन गर्नुपर्यो । अपरिचालित स्रोत भनेको देशको लागि दुर्भाग्य हो । स्रोत नै नहुनु बेग्लै कुरा हो तर, हाम्रो देशमा स्रोत नै स्रोत भए तापनि परिचालित छैन । मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनको परिणाममा ठूला भनिएका कुनै पनि राजनीतिक दलको पक्षमा बहुमत नदेखिनुका साथै गत पहिलो संविधानसभा निर्वाचनले ठूलो राजनीतिक दलको रूपमा साबित गरिदिएको एमाओवादी पार्टी यस पटक तेस्रो स्थानमा पुगेको छ । यसले पनि नेपालको आगामी दिन उत्साहजनक देखिंदैन ।
जे भए पनि सबै राजनीतिक दलहरू मिलेर सहमति र सहकार्यका साथ अगाडि बढून् । नयाँ नेतृत्वले देशको गरिबी निवारण गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखोस् र देशलाई दास/स्लेभ मुक्त गरोस् ।