$type=ticker$count=12$cols=4$cate=0

मन रमेको बेला

SHARE:

- सञ्जय साह ‘मित्र’
सफलतामा खुशी मान्ने मन नै हो । आफ्नो अनुकूल कुनै पनि कुरा सुन्दामात्र पनि मानिसको मन रमाउनुलाई मनको नैसर्गिक अधिकार मान्न सकिन्छ । मनै त हो, रमाउने उसको स्वतन्त्रता हो तर मन जति परतन्त्र अरू कोही छैन । जहिले पनि अरूको सफलतामा रमाउने वा अरूकै विफलतामा विस्मात मान्ने । यस कारण मानिस मनको भएर बस्नुहुँदैन । मनको मात्र भएर बसिदिने हो भने यो एकदमै चञ्चल हुन्छ र चञ्चलताले जीवनलाई स्थायित्व दिन सक्दैन । जुन जीवनमा कुनै किसिमको स्थायित्व छैन भने त्यसलाई के जीवन भन्ने र खै ? जीवन हुनत उसको आफ्नो चञ्चल मनमाथि नियन्त्रण गरेर जीवनले लिएको बाटोमा आउने उकालो–ओरालोमा भिजाउनुपर्छ । मनले जता डोर्‍यायो उतै गइदिनेले त कहीँ न कहीँ लक्ष्य भेट्टाउँछ ।
    रजनीशले भनेका छन् कि जे मनमा आउँछ मज्जाले गर तर यसमा कसैको मन दुखाउनु नपरोस् । कति मज्जाको कुरा । मनमा आएको कुरा मज्जाले गर्ने तर अरूको मनलाई कुनै पनि किसिमको ठेस पुग्ने गरी केही नगर्ने कुरा त साँच्चिकै आनन्दको छ । हरेकको आफ्नो स्वतन्त्रता हुन्छ वा भनूँ हरेक मनको आफ्नो स्वतन्त्रता हुन्छ । यस कारण अरू मनलाई नोक्सानी गर्ने काम एउटा मनले गर्छ भने त्यो सार्थक हुन सक्दैन । सार्थक हुन त आफू पनि सार्थक बनी अरूको मनलाई सार्थक बनाउन सक्नुपर्छ । आफू सार्थक बनी अरूलाई निरर्थक बनाउने हो भने त्यो खुशी होइन । यस कारण सबैको सफलतामा रमाउने मन पाउन ज्यादै दुर्लभ हुन्छ ।
    कहिलेकाहीँ दुर्लभ आनन्दको प्राप्ति पनि हुन्छ । वैयक्तिक आनन्दले आनन्दित भइरहने वा वैयक्तिक पीडामा पीडित भइरहने मन कुनै बेला सार्वजनिक वा सामूहिक सफलताको कुरा लिएर आउँछ भने त्यो बेग्लै आनन्दले विभोर भएको हुन्छ । कहिलेकाहीँ त यस्तो खुशी पाइन्छ कि देशको नागरिकको हैसियतले सबैले खुशीलाई बराबर बाँडेका हुन्छन् । हामीजस्तो कमजोर देश र अस्थिर देशका नागरिकले यस्तो दुर्लभ खुशी पाउने आशा गरिरहेका हुँदैनौं सामान्यतया । सार्वजनिक वा राष्ट्रियस्तरको खुशी जो हरेकलाई एकै किसिमले प्राप्त होओस्, यस किसिमको खुशीको कल्पना पनि गर्न सजिलो लाग्दैन हामीलाई । जहाँ कल्पना अप्ठ्यारो हुन्छ, त्यहाँ मन हर्षित हुने कुरा सुलभ होला त ? सकारात्मक उत्तरको अपेक्षा कठिनले गरिन्छ ।
    तर यसपटक भएको छ, नेपाल र नेपालीलाई अकल्पनीय खुशी प्राप्त भएको छ । हरेकको मन एकसाथ रमाउने अवसर दिएको छ, नेपालको क्रिकेट टोलीले । विश्वकप खेल्ने नेपालको सपनालाई अहिलेको क्रिकेट टोलीले पूरा गरिदिएको छ । नेपालले अब टी–ट्वेन्टी विश्वकप क्रिक्रेटमा खेल्ने अवसर पाएको छ । यो अवसर पाएको बेला सबै नेपाली र नेपाल नै रमाएको छ । यसको महत्त्वलाई बुझ्ने हरेक मन रमाएको छ । म पनि रमाएको छु र मेरो मन पनि रमाएको छ ।
    टोली विश्वकप छनोट चरण खेल्न युएई प्रस्थान गर्ने बेला नै नेपाल र नेपालीले निकै आशाजनक आँखाले नियालेका थिए । उदारहणको रूपमा वैद्य अर्गनाइजेसनलगायत अन्य निजी क्षेत्रलाई लिन सकिन्छ । वैद्य अर्गनाइजेसनले नेपाल विश्वकपमा पुगे उत्कृष्ट खेलाडीलाई कार दिने घोषणा गरेको थियो । अन्य विभिन्न सङ्घसंस्थाले नेपाली टोलीका १५ जना खेलाडीलाई आगामी दुई वर्षसम्म मासिक पन्ध्र हजार रुपैयाँ दिने घोषणा गरेका थिए । नेपाली खेलाडीले आफ्नो प्रतिभा देखाऊन् र नेपालको प्रतिष्ठा विश्वमा बढोस् भन्ने अभ्यन्तरको नेपालीको चाहनाको प्रतिनिधिको रूपमा यस्ता सम्मानहरू घोषणा गरिएका हुन् । यस्ता सद्विचार र सुचिन्तनको प्रतिफलले सबै नेपालीको मनले अपूर्व अवसरको प्राप्ति गरेको छ ।
    राष्ट्रको शिर उँचो पार्ने यस्ता खेलाडीहरू देशका गहना हुन् । हुनत राज्यले खेललगायत अन्य क्षेत्रमा जति गर्नुपर्ने हो त्यत्ति गर्न सकेको देखिंदैन ।  राज्यले अझै निकै गर्न बाँकी छ । अन्य देशहरूले सामाजिक जीवनका अन्य क्षेत्रमा जति लगानी गरिरहेको छ, त्यही अनुपातमा नेपालमा पनि लगानी हुने हो भने नेपाल र नेपालीको मनमा यस प्रकारका हर्षका शृङ्खलाहरू आइरहने थिए होलान् । तर सौभाग्य नै हो नेपालीको र नेपाल आमाको कि राज्यको अहिलेको एकदम अस्थिर अवस्थामा पनि हाम्रा क्रिक्रेट खेलाडीले सम्पूर्ण नेपालीका लागि बराबरीको प्रतिष्ठा ल्याएका छन्, घरघरमा एवं मनमनमा । जनजनको मनमनमा वर्षौंदेखि पीडा र निराशा पुगिरहेको स्थानमा एकैचोटि हजारौं वर्षमा प्राप्त नगरिएको खुशी आएको छ ।
    हो, नेपालमा क्रिक्रेट खेलको सुरुआत राणाशासन भएकै समयदेखि भएको हो । पञ्चायतमा पनि क्रिक्रेट हुन्थ्यो रे । नेपालमा लोकतन्त्रको पुनर्बहाली भएको समयदेखि यताको अवधिमा नेपाली क्रिक्रेटको चर्चा बेलाबेलामा हुने गरेको देखिन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा नेपाली युवा टोलीले केही गरिरहे जस्तो लाग्दथ्यो । केही गराइमा आशाका किरणहरू देखा पर्दथे । हो, आज त्यही किरण विश्वभर घाम बनेर उज्यालिएको छ र गर्वले शिर ठाडो पारी उद्घोष गरिरहेछ कि नेपालले आगामी विश्वकपमा आफ्नो झन्डा फहराउनेछ । ब·लादेशमा हुने विश्वकपमा नेपालले जनाउने सहभागिता नेपालको इतिहासको पहिलो सहभागिता रहेको हुनाले यो र यसको ऐतिहासिक महत्त्व रहेको छ । नेपाल अब विश्वकप खेल्ने राष्ट्रको श्रेणीमा दर्ता भएको छ, भलै त्यो टी–ट्वेन्टी नै किन नहोओस् । सबै नेपालीको मनमा खुशीको अपार सञ्चार गराइदिने नेपाली क्रिक्रेट टोलीलाई शब्द अभिनन्दन र श्रद्धाको मगमगाउँदो फूल अञ्जुलीभरिको । नेपालीको शिर गर्वले माथि उठेको र छाती चौडा भएको बेला हामी गौरवान्वित भएको छौं, गौरवमा एउटा अर्को गाथा थपिएको छ । नेपाली क्रिक्रेटको जय होस्, नेपालीको जय होस् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मन रमेको बेला
मन रमेको बेला
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgEPIo-swrcITmQJw3JLXj36IYO5lG_dHjElD7JARPJ59KzKrivMEXf2TIvQkwkiodUWVCqTKAsl3C_IarIAsvBEQO0tzjQLCdgo50w_UXWifH0yf-x-kswcmedAzZa6a-CWX8n0hA2_zzB/s200/sanjaysah+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgEPIo-swrcITmQJw3JLXj36IYO5lG_dHjElD7JARPJ59KzKrivMEXf2TIvQkwkiodUWVCqTKAsl3C_IarIAsvBEQO0tzjQLCdgo50w_UXWifH0yf-x-kswcmedAzZa6a-CWX8n0hA2_zzB/s72-c/sanjaysah+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/11/blog-post_7352.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/11/blog-post_7352.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy