प्रस, वीरगंज, १४ मङ्सिर/
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय निकायको निर्वाचन अविलम्ब गर्नेतर्फ पहल भइरहेको बताएका छन् ।
एमाले पर्सा जिल्ला कमिटीद्वारा आयोजित सम्मान कार्यक्रममा नेता नेपालले तीन/चार महिनापछि स्थानीय निकायको निर्वाचनको लागि तयारी हुने हुँदा कार्यकर्तालाई तयार रहन निर्देशन दिए । उनले भर्खरै सम्पन्न संविधानसभा निर्वाचनमा पराजित हुनेहरूलाई हताश नहुन र पराजयको कारण पहिचान गर्न सुझाव दिए ।
नेता नेपालले विभिन्न कारणले पार्टी परित्याग गरेका साथीहरूलाई फर्कन आह्वान गरेका छन् । नेता नेपालले नामै किटान गरी पूर्वपोलिटब्यूरो सदस्य उर्मिला अर्याललगायतलाई पार्टीमा फर्कन आग्रह गरे ।
मधेसी दल र एमाओवादीले जनतालाई झूटो आश्वासन दिएकाले संविधानसभा निर्वाचनमा पराजय भोग्नुपरेको नेता नेपालले बताए । उनले सङ्घीयताको सवालमा राष्ट्रिय एकता एवं सद्भाव कायम गर्ने गरी बहुपहिचानसहितको सङ्घीयतामा एमाले रहेको प्रस्ट पारेका थिए । उनले संविधान जारी गर्न एमाले र काङ्ग्रेसको काँधमा जिम्मेवारी आएकोले माओवादीलगायतका दललाई समेटेर लगिने बताए ।
नेता नेपालले मधेसवादी भनाउँदा नेताहरूको आचरण ठीक नभएको र सत्तालिप्साका कारण उनीहरूलाई मधेसी जनताले मत नदिएका आरोप लगाए ।
नेता नेपालले पिछडिएका वर्गका लागि योजना ल्याउने, बेरोजगार भत्ताको सुरुआत गर्ने जस्ता कार्य नयाँ सरकारमा एमाले सामेल भएपछि प्राथमिकता दिने बताए । माओवादीको विश्वासमा काङ्ग्रेस र एमालेले सत्ता समीकरणतर्फ अग्रसरता देखाएको उनको भनाइ थियो । नेता नेपालले जातीयताको नाममा सङ्घीयता र राजतन्त्रको बारेमा एमालेले कुनै पनि हालतमा सहमति नगर्ने दृढता व्यक्त गरे ।
एमाले पर्साका संयोजक चिरञ्जीवी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैकल्पिक पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी, वैकल्पिक केन्द्रीय सदस्य रामचन्द्र साह, वंशीधर मिश्रालगायतको सहभागिता थियो ।