- बैद्यनाथ ठाकुर
संविधानसभा निर्वाचन २०७० को प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ । नेपाली काङ्ग्ेरस १९६ सिट प्राप्त गरी सबैभन्दा ठूलो दल भएको छ भने नेकपा एमाले १७६ सिट ल्याइ दोस्रो ठूलो दल भएको छ । २०६४ सालमा गठन भएको पहिलो संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी यतिबेला ८० स्थान पाएर तेस्रो ठूलो दलको रूपमा नेपाली राजनीतिमा देखापरेको छ । चुनावी परिणामबाट कोही पनि सन्तुष्ट छैनन् । मतदाता तथा स्वयम् दलहरूसमेत अचम्मित भएका छन् । सर्वत्र चमत्कारिक रहस्यबारे चर्चा भइरहेको छ । चुनावी परिणाम रातारात कसरी पल्टियो ? जनताले मत दिएर वा नदिएर ? यस्तो अनपेक्षित चुनावी परिणाम स्वाभाविक ढ·ले आएको हो वा कुनै विशेष डिजाइन अन्तर्गतको जालझेल, धाँधली, षड्यन्त्रले गर्दा हो ? यतिखेर मतपरिणाम नै सर्वाधिक चर्चाको विषय बनेको छ।
निर्वाचन सम्पन्न भएलगत्तै निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी सत्तरी प्रतिशत मतदान भएको भनेकोमा समानुपातिकसमेतको मतगणना सकिंदा ८१ प्रतिशत मत खसेको पुष्टि भएको र निर्वाचन आयोगले भनेकोभन्दा १३ लाख मत बढी भेटिएको छ । मतपेटिकाभित्र ११ प्रतिशत मत अर्थात् १३ लाख मत कसरी पुग्यो ? यस प्रश्नको जवाफ निर्वाचन आयोगसँग छ ? मतपेटिकाभित्र खसेको मतभन्दा बढी मत कसरी आयो त ? एमाओवादी तथा मतगणना बहिष्कार गरेका दलहरूले भनेजस्तै मतदानस्थलबाट मतपेटिका सुरक्षा निकायले रातभरि वा ५–७ घण्टा आफूसँग राख्दा केही गडबडी त भएन भनेरसमेत आशड्ढा गर्ने ठाउँ छ ।
जेहोस् आगामी दिनमा बढी मत कहाँबाट कसरी आयो भन्ने कुरा सार्वजनिक हुने नै छ । पहिलो संविधानसभा निर्वाचन र दोस्रो संविधानसभा निर्वाचनको परिणाम रूपमा फरक देखिए तापनि सारमा उस्तै देखिएको छ । पहिले पनि कुनै पनि दलसँग सामान्य बहुमत थिएन, अहिले पनि छैन । मिलीजुली सरकार बनाउने र चलाउने बाध्यता पहिले पनि थियो, अहिले पनि छ । दलहरूले पहिले पनि नयाँ नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान लेख्न सकेनन् र यसपालि पनि लेख्न सक्ने छाँटकाँट देखिंदैन । जहाँसम्म नेपाली काङ्ग्रेसको कुरा छ, उसले कहिले पनि पूरा अवधि सरकार चलाएको इतिहास नै छैन । पूर्ण बहुमत हुँदा त चलाउन सकेन भने अहिले झन् के सक्ला ?
सबैलाई थाहा छ नेपालमा गणतन्त्र तथा सङ्घीयताजस्ता आमूल परिवर्तनको प्रमुख संवाहक माओवादी तथा मधेसवादी दलहरू हुन् । यसपालिको निर्वाचनमा यी दुवै शक्ति अनपेक्षित स्थानमा पुगेका छन् । वास्तवमा यिनीहरूको यो दुर्दशा हुनुको पछाडि बाहिरी कारण (ग्रान्ड डिजाइन) मात्रै हुन् त ? अथवा यिनीहरूको आफ्नै आन्तरिक कारण पनि यसको लागि प्रमुख जिम्मेवार छ ? आउनुस् यसबारे थोरै चर्चा गरौं ।
सामन्तवादविरुद्ध दशवर्षे सशस्त्र जनयुद्ध चलाएको दल माओवादी टुक्रेर दुईवटा दलमा विभाजित हुनुले पनि निर्वाचन परिणाम यस्तो आउनुमा महत्त्वपूर्ण भूमिका खेलेको छ । एमाओवादीले चुनावमा भाग लिने र दुई तिहाइ मत दिन जनतासँग घरदैलो कार्यक्रम तथा मेचीदेखि महाकालीसम्मको चुनावी अभियान सञ्चालन गरेको थियो । त्यही नेकपा–माओवादीले चुनावमा भाग लिनुहुन्न, दोस्रो संविधानसभाले संविधान बनाउँदैन, यसको प्रक्रिया ठीक छैन भनी बहिष्कारको प्रचारमा लागेको थियो । चुनावअघि एमाओवादी र नेकपा–माओवादी सार्वजनिकरूपमा एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै थिए । यसले गर्दा जनतामा निराशा, कुण्ठा तथा अलमलको अवस्था ल्याउँदै थियो । पछिल्लो चरणमा नेकपा–माओवादीले एमाओवादीको मुख्य प्रतिद्वन्द्वी जुन दल थियो, त्यसै दललाई मत हाल्न आफ्ना कार्यकर्तालाई निर्देशन जारी गरेको थियो । फलस्वरूप नेकपा–माओवादी प्रत्यक्ष–अप्रत्यक्षरूपमा नेपाली काङ्ग्रेस तथा नेकपा एमालेको जीतको एक कारण बन्न पुग्यो ।
एमाओवादीले दलभित्र रहेका पुराना तथा जुझारु कार्यकर्तालाई पाखा लगाएर नवप्रवेशीहरूलाई टिकट बाँडेको कारण कतै पनि कार्यकर्ता तथा नवप्रवेशी उम्मेदवारबीच तालमेल मिल्न सकेन । पुराना कार्यकर्ता कि त चुप लागेर घर बसे वा नेपाली काङ्ग्रेस तथा एमालेका उम्मेदवारलाई सघाउने काम गरे । दलभित्रैको यो अवस्था पनि एमाओवादीले चुनाव हार्नुको एक महत्त्वपूर्ण कारणको रूपमा देखिएको छ ।
पहिलो संविधानसभाको निर्वाचन २०६४ पछि २०७० सालसम्म दलको आन्तरिक जीवनमा स·ठनभन्दा पनि गुट–उपगुट हावी रहेकोले पनि एमाओवादीको जनाधार खस्केको थियो । वैद्य, भट्टराई र संस्थापन (प्रचण्ड) पक्ष भनेर लामो समयसम्म जिल्ला–जिल्लामा जुहारी खेल्ने तथा जनतासँग जानुभन्दा पनि ठेक्कापट्टा, सरकारी कार्यालय तथा कलकारखानाका साहु महाजनसँग आर्थिक लेनदेनमैं बढीजसो समय बिताएको हुनाले जनताबीचमा एमाओवादीले स·ठन विस्तार गर्नै सकेकोले हारको लागि यो पनि एउटा प्रमुख कारण बन्न गएको हो ।
त्यसैगरी घाइते, बेपत्ता तथा शहीद परिवारको व्यवस्थापन गर्नुभन्दा पनि नेताहरू आआफ्नो व्यवस्थापनमैं समय बिताएको हुनाले पनि लज्जास्पद पराजय भोग्नुपरेको हो ।
अन्तमा सबैभन्दा महत्त्वपूर्ण पक्ष संसदीय बाटोबाट समाजवादमा पुग्न सकिन्छ वा सकिंदैन ? पूँजीवादी दलहरू तिकडमबाजी गर्नमा माहिर हुन्छन् । यो सबैले बुझेकै कुरा हो । त्यसैले ‘वर्गीय सत्ता वर्ग सङ्घर्षबाट प्राप्त हुन्छ, न कि वर्ग समन्वयको बाटोबाट’ भन्ने कुरा बिर्संदा पनि यो पराजय भएको हो ।
संसदीय बाटोमैं हिंड्ने हो भने एमालेलाई मत नदिएर एमाओवादीलाई किन दिने जनताले ? त्यसैले अब लाइनको सवाल पनि एकचोटि फेरि बहसमा ल्याउन जरुरी छ । हाम्रा महान् नेताहरूले भैंसी वा जुम्रामध्ये कुनै एक मात्र हेर्ने प्रवृत्ति त्याग्नुपर्छ । भैंसी र जुम्रा दुवै हेर्न सक्नुपर्छ । स·ठन नै बलियो नभएपछि, त्यसमाथि घात–अन्तर्घात भएपछि, अनि सम्पूर्ण दल गुटबन्दीको गोलचक्करमा फसेपछि कसरी चुनाव जितिन्छ ? अबको राजनीति सांस्कृतिक परिवर्तनमुखी हुन जरुरी छ । केवल राजनीतिक मुद्दा अगाडि सारेर मात्रै सामाजिक परिवर्तन गर्न सकिंदैन । आर्थिक–सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई दस्तावेजको पानाबाट बाहिर ल्याइ व्यावहारिक रूप दिन जरुरी छ ।
जहाँसम्म मधेसवादी दलहरूको हारको कारण छ, विगतमा उनीहरू कुर्सीको लागि जसरी पनि दल फुटाएर सदैव कुर्सीकै पछाडि दौडिराखेका कारण मधेसीहरूको विश्वासमा ठूलो आघात पुगेको थियो । मधेसीले मधेसवादी नेतालाई मन्त्री मात्रै बन्न किन मत दिने ?
क्रान्ति कुनै पनि मुलुकमा सजिलै सम्पन्न हुँदैन । क्रान्तिको बाटो सरल रेखा जस्तो हुँदैन । यो बडो वक्र रेखामा हिंड्छ । एउटा पुस्ता संसोधनवादी, दक्षिणपन्थी वा विस्तारवादीको दलाल भयो भन्दैमा क्रान्ति रोकिने वा सिद्धिने कुरा होइन । यो त निरन्तर चलिरहने प्रक्रिया हो । पुरानाको ठाउँ नयाँ पुस्ताले लिन्छ र एक दिन पक्कै पनि क्रान्ति सम्पन्न गर्छ अर्थात् वर्गविहीन समाजको निर्माण गर्छ भन्ने कुरा समाजशास्त्रको वैज्ञानिक अवधारणा हो । यसलाई कसैले रोक्न सक्दैन ।