–कुमार रुपाखेती
नेपालीमा एउटा उखान छ, ‘लहरो तान्दा पहरो गर्जन्छ’ । द्वितीय संविधानसभा निर्वाचन जति जति नजिकिंदो छ त्यतित्यति उम्मेदवारहरूको गरम गोजी नरम हुन थालेको छ ।
निर्वाचनको अन्तिम प्रहरलाई नेपालमा महत्त्वपूर्ण मानिन्छ । यो अन्तिम प्रहरको छोटो समय उम्मेदवारहरूका लागि खर्चालु हुने गर्दछ । यो बेला पैसाको खुबै चलखेल हुन्छ, सङ्क्षेपमा भन्ने हो भने भोट किनाकिन र बेचबिखन हुने गर्दछ ।
सबैलाई थाहै छ, आफ्नो उपस्थिति देखाउन मात्र थुप्रै दलहरू निर्वाचनमा सहभागी हुने गर्छन् । आफ्नो उपस्थिति देखाउनेहरू पनि आर्थिकरूपमा खस्ताहाल हुने गर्दछन्, जतिसुकै मितव्ययिता अपनाउँछु भने पनि मतदाताहरू ‘ले दही रे दही’ गरी हाल्छन् रे । सबैलाई थाहै छ, गत संविधानसभा निर्वाचन कसैले सोच्दै नसोचेको, कल्पना नै नगरेको करिमाले जितिन् । ‘अगुल्टोले तर्सेकाहरू बिजुली देख्दा तर्सिन्छन्’ भनेभैंm पर्सा १ मा कुनै पनि उम्मेदवारहरू ढुक्क छैनन् । ढुक्क नहुनु नै पैसाको खति हो ।
आजकल त गुन्डाको मेठ, समूहका मेठ, मतदाताहरूका मेठ जताततै भेटिन्छन् । यस्ता मेठहरू अचेल उम्मेदवारहरूको घरआँगनमा ढिलोचाँडो रातिसम्म ओहरदोहर र दोहन गरिरहन्छन् । टाउको गन्ती गरेर उम्मेदवारहरूलाई ऐठने यिनको पेशा हो । अन्तिम समयमा यस्ता मेठहरूले उम्मेदवारहरूलाई क·ाल पारेको इतिहास नै छ ।
आखिर उम्मेदवारहरूसँग यस्ता सबैलाई दिनहुँ वितरण गर्ने पैसा कहाँबाट आउँछ ?
यस्ता उम्मेदवारहरूको आम्दानीको प्रमुख स्रोत स्थानीय उद्योगपति व्यापारीहरू हुन् । म अगाडि छु, म जित्दैछु भन्दै दिनभरि बाँड्ने र रातभरि माग्ने काम हुँदोरै’छ । व्यापारीहरू पनि अग्रस्थानमा रहेका, स्थापित दल र स्थापित उम्मेदवारहरूलाई मनग्गै दिंदा रहेछन् । ठोकुवा जित्न सक्नेलाई त बोलाएर दिने र भविष्यको आफ्नो उद्योग व्यापारको कुरा पनि गरिहाल्दा रहेछन् ।
पर्सामा ५ वटा क्षेत्र छन् । उद्योगी–व्यापारी सबै १ नं. मा बस्दछन् । पाँचै क्षेत्रका उम्मेदवारहरू यसै क्षेत्रका धनाढ्यहरूबाट आर्थिक जोहो गर्न बाध्य छन् । बाँड्दै जाँदा त कुबेरको खजानासमेत रित्तिने डर हुन्छ रे । पर्सा जिल्लाभर करिब २७५ थान उम्मेदवार छन् । मुठ्ठीभर उद्योगीहरूले कतिलाई दिने ?
त्यसैले यहाँसम्म पहुँच नपुग्ने थुप्रै उम्मेदवारहरू जग्गाजमीन बेचेर मगन्ते मतदाताको मुखमा बुजो लगाउँदैछन् रे ।
यसरी पर्सा जिल्लाको पाँचै क्षेत्रमा अहिले निर्वाचनको मुखमा मतदातासँग उम्मेदवार र उम्मेदवारहरूसँग उद्योगी व्यापारीहरू हायल–कायल छन् ।
मन परेकालाई भोट दिने मतदाता पनि यही छन् र धनाढ्य उम्मेदवारहरू पनि यही छन् यस क्षेत्रमा । गिनाचुना र औंलामा गन्न सकिने धनाढ्य उम्मेदवारहरू आफ्नै बुतामा चुनाव लड्छन् । यिनीहरू अन्यको मुख ताक्दैनन् । धन्य पर्सामा भारतभैंm बाहुबली उम्मेदवार छैनन् । भारतमा त बाहुबलीहरू थर्काएर रकम असुली गर्छन्, धम्काएर बुथ कब्जा गरेर मत बटुल्छन् । कतिपय क्षेत्रमा त पराजित भएपछि आफ्नो लगानी रकम असुल्न उम्मेदवारले एडीचोटी एक गरेर आफ्नो रकम मतदातालाई थर्काएर नगद नारायण फिर्ता लिएको पनि इतिहास छ ।
तर जेजस्तो इतिहास भए तापनि पर्सा जिल्लामा पैसाको चलखेल प्रारम्भ भइसकेको छ अर्थात् निर्वाचन आफ्नो उत्सर्गमा छ । पैसा देवाय: नम: ।
धनाढ्य कि हरिक·ाल
आजकल निर्वाचनभन्दा धेरै अगाडिदेखि खर्चा–बर्चा अर्थात् मतदाता रिझाउन ख्वाउने–पियाउने गरिन्छ । ख्वाउने–पियाउने अर्थात् मासु–रक्सीको खोला बगाउने । यो खियान–पियान यति विघ्न चरममा पुगेको छ कि उम्मेदवारहरू टेलिभिजन र सञ्चारमाध्यममा चुनाव खर्च महँगो भएको बताउन थालेका छन् । अस्ति एउटा टिभी प्रत्यक्ष कार्यक्रममा पर्सा क्षेत्र नं. २ का उम्मेदवार प्रदीप यादवले अर्का एमाओवादी उम्मेदवार बसरुद्दिन अन्सारीलाई निर्वाचन खर्च महँगो बनाएको आरोप लगाए ।
खस्ताहाल तथा मध्यमवर्गीय उम्मेदवारहरू ‘हात खाली’ भएपछि स्वत: निर्वाचनको अखडामा पछाडि पर्न थालेका छन् । यसअघिका निर्वाचनमा यसरी अचाक्ली ख्वाऊ–पिलाऊ भन्ने प्रथा थिएन । आजकल त चोकचोकमा समूह बनाएर उम्मेदवार कुर्ने प्रचलन बढेको छ । “नयाँ जोगीले अलि बढ्ता खरानी घस्छ’ भनेभैंm अर्थात् ‘नयकी घोडी चाल देखावे’ भनेभैंm नयाँ–नयाँ टिकट पाएका अनुभवहीन र छवारिक प्रवृत्तिका केही उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेदेखि नै ‘कुबेर’ प्रवृत्ति प्रदर्शन गर्न थाले । अब यस्ता नयाँ–नवेला, बेकाबु उम्मेदवारहरू आर्थिकरूपमा ‘टोक्नु न बोक्नु’ को अवस्थामा पुगेपछि मतदाताको घरदैलो छाडेर आफ्नो घरद्वार, जायजेथा बेचेर भए पनि मङ्सिर ४ सम्म थेग्नुपर्ने घरको न घाटको अवस्थामा पुगेका छन् । राजनीतिक दल र उम्मेदवारहरूको सङ्ख्या अचाक्ली बढेपछि व्यापारीहरूसमेतले थोरथोरै चन्दा दिन थालेका छन् । शायद यस्तै कुरा बुझेर चतुर राजनीतिक दलहरूले धनाढ्य र करोडपतिहरूलाई टिकट दिएर उम्मेदवार बनाएको छ । ‘हिंग लगे न फिटकिरी माल चोखा’ । केही छट्टुहरू त चन्दा दिनुपर्दैन भन्ने ठानी आपैंm उम्मेदवार बनेका छन् ।
तर आम मतदाताहरू सबै उम्मेदवारहरूलाई एक समान धनी र गाँठवाल ठान्दछन् । उम्मेदवारहरूका लागि खियान–पियान बायाँ हातको खेल ठान्दछन् । यस्तो प्रवृत्तिले गर्दा आर्थिकरूपमा कमजोर उम्मेदवारहरू योग्य हुँदाहुँदै पनि बिल्लीबाँठमा परेका छन् । घुँडा टेक्न थालेका छन् । यस्तो सब दुर्दशा देख्दा मलाई राजनीतिक दलहरूलाई एउटा सुझाव दिन मन लागेको छ । त्यो सुझाव हो– ‘गरिब, सर्वहारा प्रवृत्तिका कार्यकर्तालाई टिकट देऊ, उम्मेदवार बनाऊ ।’ ‘न·ा क्या निचोडेगा क्या नहाएगा’ भनेभैंm गरिब उम्मेदवारहरूसँग न पैसा हुन्छ, न खियान पियानलाई बढावा दिन सक्छ । धन हुनेको मन बढेको हुन्छ । क्यै नभाको गरिब उम्मेदवारहरूले त मतदातासँग आर्थिक सहयोग र भोट दुवै माग्नुपर्ने हुन्छ । अहिले त मतदाताहरूलाई मोटरसाइकलमा हाल्ने पेट्रोलदेखि मुखमा हाल्ने पेट्रोलसम्मको व्यवस्था गर्नुपर्ने बाध्यता छ । साँढेको जुधाइ र बाच्छोको मिचाइमा परेका छन् गरिब मध्यमवर्गका उम्मेदवार ।
पैसाको चलखेलले अर्को एउटा नयाँ विकृति पनि पलाएको छ, जुन भोलिका दिनमा झन् भयावह हुने निश्चित छ ।
मतदाता मात्र होइन, कमजोर उम्मेदवारहरूले समेत आफूलाई ‘सेल’मा राखेको हल्ला छ । मेरो यति खर्च भइसक्यो यति रकम दियौं भने सरेन्डर गर्छु, तिमीलाई सघाउँछु भन्दै कमजोर उम्मेदवारहरू बलिया उम्मेदवारसमक्ष घुँडा टेक्न थालेको चर्चा छ । भोलिका दिनमा यो पनि एउटा पेशा, व्यापार बन्न सक्ने देखिएको छ ।
तसर्थ पार्टीहरूले कि त धनकुबेरहरूलाई मात्र उम्मेदवार बनाउनुपर्यो कि त हरिक·ालहरूलाई मात्र ।
ज्ञात कि अज्ञात समूह राजतन्त्रका बखत ‘अराष्ट्रिय तत्त्व’ भन्ने शब्द धेरैको जनजिब्रोमा टाँसिएको थियो । उतिबेला गाथगद्दी ताक्नेलाई अराष्ट्रिय तत्त्व भनेर इ·ित गरिन्थ्यो । बहुदलमा लाग्ने र प्रजातन्त्र माग्नेलाई समेत उतिखेर अराष्ट्रिय तत्त्वको संज्ञा भिडाइन्थ्यो । लुकिछिपी हिंड्थे त्यतिखेर अराष्ट्रिय तत्त्व ।
अहिले नेपाल गणतन्त्रको युगमा प्रवेश गरिसकेको छ र राजतन्त्र नेस्तनाबुद भइसकेको छ । विचरा कमल थापा एन्ड कम्पनी (गाई छाप) एकोहोरोरूपमा राजतन्त्र र हिन्दू राष्ट्रको नारा बुलन्द गरिरहेका छन् । संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जीरो र समानुपातिकतर्फ हिरो पार्टी हो रे गाई छाप १
पहाडमा ‘एउटा भोट दाइलाई अर्को भोट गाईलाई’ त्यस्तै तराईमा ‘एगो भाइ के, दोसर गाई के’ भन्ने हल्ला छ भनेर कमल थापा एन्ड कम्पनीले ब्याइँ–ब्याइँ गरेको छ । जेसुकै होस् हामीलाई यस्ता झिनामसिना पचडामा पर्नुछैन ।
मुलुक अहिले ‘अज्ञात समूह’ ले गर्दा आक्रान्त छ । ठूल्ठूला आगजनी, बम प्रहार र गोली चल्दासमेत ‘अज्ञात समूह’ भन्दै आँखा चिम्लिने परम्परा बसेको छ ।
राजतन्त्रविरुद्ध सानो गडबडी गर्दासमेत अराष्ट्रिय तत्त्वको ठप्पा लगाएर लामो जेलयात्रामा जानुपथ्र्यो भने ठूल्ठूला, असहाय, अकल्पनीय घटना हुँदासमेत ‘अज्ञात समूह’ भन्दै झारा टार्ने जवाफ दिएर सबै पन्छिन थालेका छन् । २००७ सालअघिदेखि नै मुलुकमा घट्ने अनहोनी घटनामा अराष्ट्रिय तत्त्व भन्नासाथ काङ्ग्रेसको हात भनेर अडकल गरिन्थ्यो । किनकि त्यतिखेरका काङ्ग्रेसी आजको माओवादीभन्दा उग्र आगो थिए । सत्तामोहमा अल्झिएर पो काङ्ग्रेस सेलाएको हो । ज्ञात–अज्ञातरूपमा आज पनि इतिहास पल्टाउने हो भने काङ्ग्रेसी शहीदको सङ्ख्या धेरै देखिन्छ ।
प्रतीक दैनिकमा सधैं कोरिने ‘मृत भस्म नबन्दैमा झिल्को भैकन बल्नुछ’ भन्ने क्रान्तिकारी नारा काङ्ग्रेसीहरूले पोलेर खाइसके । आजको काङ्ग्रेसको पहिचान ‘घात र अन्तर्घात’ बनेको छ । क्रान्तिकारी छविबाट काङ्ग्रेस पलायन भएपछि तिनीहरूको क्रान्तिकारिता कम्युनिस्टहरूमा सर्यो । केही कम्युनिस्टहरू त यति क्रान्तिकारी भइसके कि जायज–नाजायज नहेरी ‘अन्धा कानुन’ बनाएर दमनको बाटो अख्तियार गरेका छन् । सम्पूर्ण सुरक्षा अ·हरू चलायमान भएको बखत पनि अज्ञात समूह सक्रिय रहनुमा दोष कसको ?
मलाई लाग्छ आजको यो अज्ञात समूह तिनै उग्र मित्रहरूको ‘अन्धा कानुन’को परिणाम हो । जसलाई सहन आम जनता विवश छ । कुनै पनि अज्ञात समूहले देशव्यापीरूपमा पडका पडकाएभैंm बम पडकाउने र सिरियल आगजनी गर्न सक्दैन । यस्तो काम कुनै ज्ञात समूहले मात्र गर्न सम्भव छ, जसको देशव्यापी स·ठन छ । निर्वाचनअगाडि यसरी यातायात बन्द, बजार बन्द, पाठशाला बन्द र त्रासको वातावरण पहिलोपटक देखिएको छ । निर्वाचन अगाडि यसरी बन्दको ‘उल्टो ग·ा कसरी बग्यो’ सबै जानकार छन् । एकातिर उग्रता र अर्कोतिर गाँधीजीको ‘बुरा मत सुनो, बुरा मत देखो, बुरा मत बनो’ भएपछि यस्तै हुन्छ शायद । राजनीति गर्नेले ‘सौताको रिसले लोग्नेको काखमा...’ गर्नुहुँदैन ।
सरकार निर्वाचन गराउन कटिबद्ध देखिन्छ । आम जनतासमेत निर्वाचनको र·मा र·िसकेको अवस्थामा चुनाव बिथोल्ने नाममा जेजस्तो भइरहेको छ त्यसले नेपाल र नेपालीलाई लाजमर्दो बनाएको छ । ‘बात लाग्ला है’ भन्ने डर कसैमा छैन । माओवादीलगायत ३३ दलले हाकाहाकी निर्वाचन बिथोल्ने भन्दाभन्दै मुलुकभर घटिरहेको घटनालाई सरकारवादीहरू किन ‘अज्ञात समूह’को ठप्पा लगाएर ज्ञात समूहहरूलाई लुकाइरहेका छन् भन्ने कुरा बुझि नसक्नु भएको छ । निर्वाचनको सुगा रटाइ गर्नेहरूले नियमविपरीत काम गर्ने, आतड्ढित गर्नेहरूको पहिचान गरी अज्ञातबाट ज्ञात बनाउनु जरुरी छ । चारू मजुमदारको नीति लिनेहरूले मुलुकको अवस्था बुझ्न झन् जरुरी छ । अन्यथा यिनीहरू पनि मणि नभएको सर्प अर्थात् काङ्ग्रेसभैंm सेलाउन धेरै बेर लाग्ने छैन । निर्वाचनको बेला रँडाको मचाउनेहरू ज्ञात हुन् कि अज्ञात जनता जान्न आतुर छ ।