ई. गोपाल श्रेष्ठ
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि यति बेला मुलुकमा विभिन्न राजनीतिक दल तथा तिनका नेताहरू जनताको घरदैलोमा गई भोट माग्नेदेखि चुनाव प्रचारप्रसार गर्ने लहरको सरगर्मी बढेको छ । त्यस्तै निर्वाचनमा कुन दलले बहुमत ल्याउला भन्ने विषयमा पनि चिया पसलदेखि गाउँ, घर र समाजमा जनताबीच चासोको विषय बनेको छ भने विभिन्न अड्कलबाजी पनि भइरहेको छ । दलका नेताहरू सबै निर्वाचनमा आफू जित्ने र आफ्नो दलले बहुमत ल्याउने ठोकुवा गर्दै दलको मेनिफेस्टो/घोषणापत्र अनुसार देश र जनताको पक्षमा काम गर्ने भन्दै जनतालाई आश्वस्त पार्दैछन् । राजनीतिक दलहरूले जनतालाई आफ्नो पक्षमा पार्न जेजस्तो मेनिफेस्टो/घोषणापत्र सार्वजनिक गरे तापनि दल तथा नेताहरूले विगतमा जनतालाई देखाएको कार्यशैली, व्यवहार र नियतको मूल्याड्ढन जनताले गरेको छ । यसपालिको निर्वाचनले सोझा र निमुखा नेपाली जनतालाई सतर्क बनाएको छ भने असल बन्न घच्घच्याई रहेको आभास हुन थालेको छ । किनभने जनताले दायित्व बोध गरी भोट खसाएमा मतदानमा सही दल र उम्मेदवारको लागि भोट खस्छ । सही उम्मेदवारले जिते, देशले सही मार्गदर्शन पाउँछ । अनि, गलत उम्मेदवारले जिते देश प्रगतिपथमा उन्मुख हुन सक्दैन । सही उम्मेदवार भनेको त्यो व्यक्ति हो, जो आफ्नो लागि भन्दा देश र नागरिकको लागि बाँच्छ । सही उम्मेदवारले बोलेको कुरा पूरा गरेर छाड्छ । अनि गरेको कुरा मात्र बोल्छ । भोट खसाल्नुपूर्व नागरिकको अधिकार शतप्रतिशत हुन्छ भने उम्मेदवारको अधिकार शून्य हुन्छ । तर, भोट खसाली सकेपछि स्थिति ठीक उल्टो हुन्छ । अर्थात् नागरिकको अधिकार शतप्रतिशतबाट शून्य हुन पुग्छ भने विजयी उम्मेदवारको अधिकार शून्यबाट शतप्रतिशत हुन पुग्छ । यस कारण असली उम्मेदवारलाई चुनाव जितेपछि मात्र राम्रोसँग चिन्न सकिन्छ ।
प्रत्येक १० जना नागरिकमा ८ जना नागरिक कृषि व्यवसायमा निर्भर रहनु पर्ने हाम्रो जस्तो ‘कृषिप्रधान’ देशमा किसानको मतबिना चुनाव जित्न गार्हो छ । त्यसैले जोसुकै उम्मेदवारले पनि चुनावको समयमा किसानको हकहितको कुरा गर्नु स्वाभाविक हो । चुनाव आउँदा प्राय: सबै दल र नेताले किसानको जल्दोबल्दो समस्यालाई राजनैतिक अस्त्रको रूपमा प्रयोग गरी समाधान गरिदिने वाचा गर्दछन् । तर चुनावपछि विकास जनताको घरदैलोमा पुग्दैन । किसान बस्ने गाउँमा न राम्रो सडक छ, न राम्रो पुलपुलेसा, न भरपर्दो बिजुली बत्ती छ, न भरपर्दो खानेपानी तथा सिंचाइ नै छ । हरेक राष्ट्रले आफ्नो नागरिकलाई दिनुपर्ने सेवाहरूमा विशेष प्राथमिकतामा राखिएको सेवा हो स्वास्थ्य र शिक्षा । तर यो पनि हाम्रो देशको नागरिकले पाउन सकेको अवस्था छैन । त्यस्तै आधारभूत सेवा र विकासभन्दा पनि पूर्वाधार विकाससम्म गाउँमा पुगेको छैन । शहरमा मुश्किलले २० प्रतिशत मानिस बस्छन् । तर विकास भनेको जे जति छ, शहरमा नै भएको छ । शहरवासीले मात्र विकासको फल पाउने हो भने गाउँवासी किसान नागरिक मतदानमा किन सहभागी हुने ? भन्ने प्रश्न खडा हुनुलाई अनौठो मान्नुपर्दैन ।
असल नागरिक मिलेर बस्छन्, काम गर्छन् अनि अप्ठेरो स्थिति–परिस्थिति देखा पर्दा वा आइपर्दा एकजुट हुन्छन् । असल नागरिकले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुन्छ कि भनी विवेक पनि पुर्याउँछन् । जस्तो कसैको घरमा वैवाहिक कार्यक्रम छ भने नजिकैको छिमेकीको घरमा बिरामी छ कि, अथवा विद्यार्थीहरूको परीक्षा छ कि भनी हेक्का राखेर होहल्ला कम गरिदिनु एउटा असल नागरिकको कर्तव्य हुन जान्छ । छोराछोरी बीच भेदभाव नगरी दुवैलाई समान व्यवहारका साथ गुणस्तरिय शिक्षा दिनु पर्छ भन्ने सोचको विकास गरी त्यसलाई व्यवहारमा उतार्नु पनि असल नागरिकको कर्तव्य हो भने बुहारीलाई छोरी सरह माया/व्यवहार गर्नु पनि असल नागरिकको कर्तव्य हो । समाजमा विभिन्न जाति/समुदाय र धर्मका नागरिक हुन्छन् र सोही अनुरूप पेशा/व्यवसाय पनि अलग(अलग हुन्छ । यस्ता जाति/समुदाय, धर्म तथा पेशा/व्यवसायको आधारमा पुराना, यथास्थितिवादी सोच र मान्यता अनुरूप गरिने सामाजिक भेदभाव र व्यवहारमा समयसापेक्ष सुधार गर्दै जानुपर्छ । यसको निम्ति हरेक नागरिकले सबै जाति/समुदाय तथा पेशा/व्यवसायका नागरिकलाई सर्वप्रथम मानव हुन् अनि मात्र यो जाति, त्यो जाति, धर्म र पेशा/व्यवसाय भनेर बुझ्नुपर्छ । एउटा मानवले अर्को मानवलाई गर्ने व्यवहार उत्कृष्ट हुनु नै एउटा असल नागरिकको सभ्यता र व्यक्तित्व हो । जसले सभ्य समाजको विकास गर्दछ । सभ्य समाजको सृजना र विकास गर्नु भनेको नै असल नागरिकको सपना हो ।
असल नागरिकले आफ्नो तन तथा मन मात्र होइन, आफ्नो घर, गाउँ शहर पनि प्राकृतिकरूपमा, मनोवैज्ञानिक तथा वैचारिकरूपमा सफा राख्न प्रयास गर्दछ । बाहिरको नागरिक हाम्रो देश, हाम्रो गाउँ/शहरमा आउँदा प्राकृतिक तथा सामाजिक वातावरण सफा र सुन्दर देख्यो र व्यवहार पनि असल पायो भने हाम्रो गाउँ/शहरको मात्र होइन देशको नै इज्जत बढ्छ । असल नागरिकले देशको नीति–नियम तथा ऐन–कानुन पनि बुझ्ने प्रयास गर्छ र पालना गर्छ । नीति–नियम/ऐन–कानुन बनाउँदै गयो तर पालना भएन भने देश अस्तव्यस्त हुँदै जान्छ र ज·ली राज शुरु हुन्छ । विवेकले राज्य नगरी बलले राज्य गर्यो भने देश तहसनहस हुन्छ । हामीले असल नागरिक भई देशलाई तहसनहस हुनबाट बचाउनु पर्छ । चुनाव आउन अब केही दिन मात्र बाँकी छ । चुनावको सिलसिलामा अनेकौं चुनौतीहरू देखा पर्न थालिसकेका छन् । निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता सबै दल मिली, सबैको सहमतिमा बनाइएको हो । तर यसको पालना पनि चुनौतीपूर्ण नै हुने देखिन्छ । चुनाव पनि चाहिने अनि चुनाव गर्न लाग्दा विभिन्न चुनौतीको सामना पनि गर्नुपर्ने वर्तमान परिस्थितिमा आम नागरिकले असल व्यवहार प्रदर्शन गर्न गम्भीर भूमिका निर्वाह गर्न सक्नुपर्छ । यो भूमिका निर्वाह गर्न सबै जनता अनेकमा एक भई असल नागरिकको पहिचान दिनुपर्छ । जातजाति, वेशभूषा, भाषा, धर्म, भूगोल, साम्प्रदाय, समूह, राजनीति आदिको कारण हामी कहिलै टुक्रनुहुँदैन । अहिलेको जटिल परिस्थितिमा असल नागरिकको कर्तव्य तथा जिम्मेवारी पनि यही हो ।