प्रस, वीरगंज, १० कात्तिक/
वीरगंजबाट सञ्चालित अनलाइन खबर पत्रिका यात्रा डेली डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा अन्तक्र्रिया र सम्मान कार्यक्रम आज सम्पन्न भयो ।
“संविधानसभा निर्वाचनमा उम्मेदवारहरूको आर्थिक एजेन्डा विषयक” अन्तक्र्रिया कार्यक्रममा नेपाल सद्भावना पार्टीकी अध्यक्ष एवं पर्सा क्षेत्र नं. १ का उम्मेदवार सरिता गिरीले समावेशी, समतामूलक, कल्याणकारी अर्थतन्त्रको व्यवस्थाले मात्र मुलुकको विकास सम्भव रहेको बताइन् । उनले सरसफाइको जिम्मा निजी क्षेत्रलाई दिंदा वीरगंज शहर स्वस्थ र स्वच्छ बन्न सक्ने विचार व्यक्त गरिन् ।
त्यसैगरी राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं पर्सा क्षेत्र नं. २ का उम्मेदवार राजीव पराजुलीले देशलाई भ्रष्टाचार मुक्त बनाइ कानुनी राज्यको स्थापना गरी राष्ट्रिय मेलमिलापको आधारमा आर्थिक विकास अगाडि बढाउने पार्टीको लक्ष्य रहेको बताए ।
सो अवसरमा तमलोपाका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं. १ का उम्मेदवार विमल श्रीवास्तवले नेताहरूभन्दा उद्योगी–व्यापारीहरू विकासप्रेमी रहेको चर्चा गर्दै मुलुकको आर्थिक विकासका मुद्दाहरूमा उद्योगी–व्यापारी वर्गसँग परामर्श एवं साझेदारी गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले दलका नेताहरूले भ्रष्टाचार गर्न सजिलो हुने किसिमको आर्थिक नीति तथा कार्यक्रमहरू मात्र ल्याउने गरेको आरोप लगाए ।
मधेसी जनअधिकार फोरम नेपालबाट पर्सा क्षेत्र नंं. १ का उम्मेदवार करिमा बेगमले शान्ति सुरक्षाबिना आर्थिक विकास हुन नसक्ने बताइन् ।
यसैगरी नेकपा एमालेका पर्सा क्षेत्र नं. १ का उम्मेदवार नवराज शर्माले ग्रेटर वीरगंजको अवधारणालाई पार्टीले प्रमुख एजेन्डा बनाएर अगाडि बढिरहेको चर्चा गर्दै सो अवधारणा सफल भएमा वीरगंज र आसपासका क्षेत्रलगायत मुलुककै आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गरे ।
नेपाली काङ्ग्रेसका पर्सा क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्रबहादुर अमात्यले मुलुकसँगै वीरगंजलाई समुन्नत बनाउने स्पष्ट आर्थिक खाका नेपाली काङ्ग्रेससँग मात्र भएको दाबी गरे ।
कार्यक्रममा एमाओवादीका पर्सा क्षेत्र नं. २ का उम्मेदवार बसरुद्दिन अन्सारीले आर्थिक उन्नतिका लागि चन्दा आतड्ढ बन्द हुनुपर्ने, उद्योग स्थापना तथा सञ्चालनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले सडक, शिक्षा र स्थानीय विकास यस क्षेत्रका लागि पार्टीको मुख्य एजेन्डा भएको बताए ।
अन्तक्र्रियामा टिप्पणीकर्ताको भूमिकामा रहेका वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार बैद्यले पार्टीका उम्मेदवारहरूले प्रस्तुत गरेका आर्थिक एजेन्डाहरू सकारात्मक रहेको बताउँदै राजनीतिक दलका आर्थिक नीति तथा कार्यक्रमहरू चुनावी नारा मात्र नबनोस् भन्दै दल तथा उम्मेदवारका इमानदारितालाई मतदाताले कालान्तरसम्म मूल्याड्ढन गरिरहने बताए ।
यात्रा डेली डटकमका संस्थापक राम सर्राफको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, विशिष्ठ अतिथिहरू भारतीय वाणिज्यदूत पीडी देशपाण्डे, प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्मा, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार सरावगी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक महेश दास, प्रहरी उपरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी उपरीक्षक गणेश ठाडामगरलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले अनलाइन खबर सेवाको क्षेत्रमा वीरगंजको पहिचानका साथै यात्रा डेलीले निर्वाह गरिरहेको भूमिकाबारे प्रशंसा गरेका थिए ।
सो अवसरमा उक्त डेलीका संवाददाता, स्तम्भकार, कर्मचारी तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो । पत्रकार क्रान्ति साहले सहजीकरण गरेको कार्यक्रममा यात्रा डेलीका संस्थापक रवि दाहालले डेलीको हालसम्मका यात्रा एवं प्रमुख संस्करणहरूबारे प्रकाश पारेका थिए ।