प्रस, निजगढ, ९ कात्तिक/
बारा निजगढ–८ निवासी ३२ वर्षीय भगवान बडालको स्थिति सार्वजनिक गर्न माग गर्दै उद्योग वाणिज्य सङ्घ शाखा निजगढ र शान्ति सुरक्षा सरोकार समिति निजगढले शनिवार पत्रकार सम्मेलन गरेको छ ।
अनुसन्धानको नाममा २४ जना भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरेको भए तापनि सोको यथार्थ विवरण सार्वजनिक नगरेको कारण अन्योल सृजना भएको उद्योग वाणिज्य सङ्घ शाखा निजगढका उपाध्यक्ष एवं शान्ति सुरक्षा सरोकार समिति निजगढका संयोजक मुकुन्दराज लामिछानेले पत्रकार सम्मेलनमा बताए ।
कात्तिक ५ गते म·लवार राति रौतहट कनकपुरस्थित सिम्रीको ज·लमा जलाइएको अवस्थामा ससाना हाडका टुक्रा फेला परेको र परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रहरीले जनाए पनि यथार्थ कुरा प्रहरीले बाहिर नल्याएको भन्दै पीडित पक्षले गुनासो गरेका छन् ।
निजगढस्थित शहीद चोकमा पत्रकार सम्मेलन गर्दै सम्मेलन आयोजक सङ्घसंस्था र अपह्तका परिवारजनले अपह्तको अवस्था सार्वजनिक गर्न दबाबकारी भूमिका निर्वाह गरिदिन सञ्चारकर्मी एवं अधिकारकर्मीहरूसँग अपिल गरेका थिए ।
पीडित पक्षले अपह्त भगवान बडाल, एक वर्ष पहिले अपह्त भीमलाल श्रेष्ठ, इन्द्रलाल चौलागाईंको अवस्था
यथाशीघ्र सार्वजनिक गर्नुपर्ने, अपहरणकारीको पहिचान गरी कडाभन्दा कडा कारबाई गर्नुपर्ने, अपह्त बडालको नाममा बुझाएको फिरौतीको क्षतिपूर्ति पाउनुपर्नेर्े, नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकारको सुनिश्चितता गर्नुपर्नेलगायतका मागहरू अगाडि सारेका छन् ।
उल्लिखित मागहरू पूरा नभए कडा आन्दोलनमा जान आफूहरू बाध्य हुने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अपह्त बडालको सकुशल मुक्तिका लागि पहल गरिदिन आग्रह गर्दै पत्रकार सम्मेलनमा बडालकी पत्नी रिता र ६७ वर्षीया आमा गोमा देवी भक्कानिएका थिए ।
बडाल गत भदौ ३१ गते अपहरणमा परेका हुन् भने सोही वडाका भीमलाल श्रेष्ठ र इन्द्रलाल चौलागाईं २०६९ असोज २५ गते अपहरणमा परेका हुन् । उनीहरू तीनैजना बारा–रौतहटको कनकपुर सिम्री ज·लबाट अपहरणमा परेका हुन् ।