सञ्जय साह ‘मित्र’
संविधानसभाको पहिलो कार्यकालमा देशले दीर्घकालीन महत्त्वका निर्णयहरू गर्न सफलता प्राप्त गरेको भए पनि संविधान निर्माण गर्न नसक्दा धेरैतिरबाट असफल भएको टिप्पणी गरिंदैछ । यो बाहय यथार्थ रहे पनि देशको वर्तमान संरचना नै संविधानसभा निर्वाचनको खाका अनुसार सञ्चालन भइरहेकोले असफल भन्न मिल्दैन । गणतन्त्रात्मक अवस्थामा पुग्नु, राजतन्त्र समाप्त हुनु, देश धर्मनिरपेक्ष बन्नु तथा जनताले समावेशिताको अनुभूति गर्न पाउनुलाई महत्त्वपूर्ण उपलब्धि मान्नुपर्छ । अहिले सबैको सोचाइ र व्यवहार स्वतन्त्र किसिमको बन्दै गएको छ । यसले के देखाएको छ भने देशमा संविधानसभा निर्वाचनपछिको अवस्थामा संरचनात्मक रूपमा नै परिवर्तन भएको छ ।
संविधानसभा खिचडी थियो र अहिले हुने निर्वाचनले पनि खिचडी नै जन्माउने अनुमान गरिएको छ । खिचडी मत दिनुभन्दा बहुमत वा दुईतिहाई दिन सके देशले तुरुन्त सही तरिकाले निकास पाउन सक्छ । यो एउटा पक्ष हो । निर्वाचनमा जात, धर्म, सम्प्रदायजस्ता कुराले पनि प्रभाव पार्ने हुन्छ । तर गत संविधानसभाको अनुभवको आधारमा सजिलै के भन्न सकिन्छ भने जात वा सम्प्रदायले केही गर्न सकेन । संविधानसभामा के देखियो भने ठूला दलका नेताले जे भनेको हो, त्यही भइरहेको छ । ठूला दलकै साना नेता वा प्रभावशाली नेता भनिए पनि संविधान निर्माणको क्रममा भूमिकाविहीन थिए । औपचारिकरूपमा कसैलाई कुनै भूमिकामा राखिएको थियो तर यथार्थमा चार दलका ठूला नेताकै बोली अन्तिम हुन्थ्यो र चार शीर्ष नेतामा मत नमिल्दाको अवस्थामा जतिसुकै बैठक गरे पनि कुरो जहाँको तहीं रहन्थ्यो । यस कारण कुनै जातले संविधान बनाउला, आफ्नो सम्प्रदायको मानिस गयो भने आफ्नो सम्प्रदायको लागि केही हित होला भन्ने कल्पना मात्र हो । आत्मरतिमा त जे पनि हुन सक्ला, आत्मरति दिएर त जसले पनि भोट लिन सक्ला तर दिन भने केही सक्दैन ।
संविधानसभा निर्वाचन यस्तो भएर आएको छ कि आफूलाई ठूलो नेता मान्ने केहीले जनतामा सीधै नगएर समानुपातिकमा आफ्नो नाम राखेका छन् र देशभरमा आफ्नो उम्मेदवार उठाएका छन्, जात वा सम्प्रदायको नाउँमा । यस्ता नेताले राम्ररी बुझेका छन् कि देशमा एकजना पनि आफ्नो उम्मेदवार जित्दैनन् तर सयौं सिटमा उम्मेदवार उठाएर के गर्न खोजेका छन् ? देशभरबाट केही मत समानुपातिकमा सड्ढलन हुन्छ जसले आफूलाई सभासद् बन्न र आगामी चार वर्षसम्म विभिन्न सुविधा उपभोग गर्न पाउँछन् । नेता भनाइरहन पाइन्छ र अनेक तिकडम गर्न सजिलो हुन्छ । मलाई के लाग्छ भने यस्तालाई भोट दिनु भनेको संविधान बनाउने बाटोमा स्पिडब्रेकर थप्नु हो । धेरै स्पिडब्रेकर भएमा समयमा गन्तव्यमा पुग्न सकिंदैन र समयमा नपुग्नु भनेको फेरि संविधान नबन्नु हो ।
जनताको अधिकार सुनिश्चित पार्न र जनतालाई विकास दिन सक्ने उम्मेदवारको खोजी गर्नुपर्छ । जनताको बीचमा प्रत्यक्ष जान नसक्नेले जनतालाई न विकास दिन सक्छ, न अधिकार नै दिलाउन सक्छ । जो आफू सर्वसाधारण जनताबाट अनुमोदित छैन, ऊ स्वेच्छाचारी हुन्छ भन्ने कुरो विश्वप्रसिद्ध नै छ । जनताबीच जानबाट डराउनेले जनतालाई केही दिन पनि हिच्किचाउँछ । यस कारण यो निर्वाचन देश र जनताको भविष्य सुनिश्चित गर्ने र विकासको मूल फुटाउने बनोस् भन्ने आम नागरिकको चाहना रहेको छ ।
व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा राज्य ठूलो भन्ने कुरो पहिले चर्चामा रहेको थियो । चुनावको सन्दर्भमा पनि यसलाई बुझ्न सकिन्छ । यथार्थमा व्यक्तिभन्दा पार्टी ठूलो भन्ने कुरो लोकतन्त्रमा स्वाभाविक पनि हो । राज्यभन्दा पार्टी कहिल्यै पनि ठूलो हुन सक्दैन र राज्यको अभिभारा पूर्णरूपमा कुनै एउटै पार्टीलाई दिनु पनि हुँदैन । राज्यको अभिभारा लोकतान्त्रिक परिपाटीको माध्यमले प्रतिपक्षीबिना बनाएर दिने हो भने त्यहाँ पनि निरङ्कुशता आउन सक्छ । यस कारण लोकतन्त्रमा बलियो विपक्षीको भूमिका पनि चाहिन्छ र जनताले यसै किसिमको भूमिका दिनु आवश्यक पनि हुन्छ । यद्यपि गत संविधानसभा निर्वाचनको परिणतिले कुनै दललाई बलियो बनाएको देखिएन । सबै दल अल्पमत र सबै दल विपक्षीको हैसियतमा सबल हुने अवस्था थियो । राज्यको लागि यो घातक अवस्था पनि हो । कमसेकम राज्य सञ्चालनको लागि जनताले कसैलाई हक दिनु आवश्यक हुन्छ । जनताले कुनै व्यक्तिलाई भन्दा पार्टीलाई मन पराएको अवस्था त थियो, यसै कारण जम्मा दुईजना स्वतन्त्रले संविधानसभामा जाने अवसर पाएका थिए । तर यसको दोष के भइदियो भने राज्य सञ्चालनका लागि कुनै दल बलियो भइदिएन र प्रतिपक्ष चाहिं आवश्यकभन्दा बढी शक्तिशाली भइदियो ।
अहिले फेरि संविधानसभा हाम्रो घरआँगनमा आइपुगेको छ । अहिले पनि व्यक्तिभन्दा पार्टी ठूलो भएको हो किनभने सामान्यतया कुनै पनि स्वतन्त्र व्यक्ति त्यत्ति बलियो भएर दलहरूको प्रतिस्पर्धामा आएको अहिलेसम्म सुनिएको छैन । धनुषामा श्रवण यादव स्वतन्त्रबाट लडेर चर्चामा आएका भए पनि एमाओवादीको चर्चित केन्द्रीय सदस्य हुँदैको अवस्थामा लडेकाले चर्चामा आएका हुन् । पार्टीभन्दा व्यक्तिको महत्त्व नभइदिएको यो अवस्थामा जात र सम्प्रदायले केही प्रश्रय पाएको देखिन्छ । जातभन्दा अहिलेको अवस्थामा आवश्यकता छ सिद्धान्तको किनभने जातको प्रतिनिधि भएर कुनै पनि एक वा दुई जातिले संविधान बनाउने अवस्था अहिले फेरि बन्ने देखिन्न । यस अवस्थामा जनताले पनि सोच्ने समय आएको छ कि अहिले के गर्दा संविधान पनि बन्ला र राज्यको सपना पनि साकार होला । राज्यमा बसोवास गरेको नागरिक पनि आफ्नो हक प्राप्त गर्ने सुअवरबाट वञ्चित नहोला र विकासको चाहनालाई पनि पूरा गर्न सकिएला । यसको अर्थ के हो भने राज्यको महत्त्वाकाङ्क्षी महाकार्यको रूपमा हुन गइरहेको संविधानसभा निर्वाचनमा जात र सम्प्रदायको सङ्कुचित घेराबाट माथि उठेर नागरिकले पनि आफ्नो नागरिकताको तह देशको आफै पनि जिम्मेवार छु भन्ने तहबाट विचार गरेर सिद्धान्त राम्रो भएको, विगतमा जनतामा भ्रमको खेती कम गरेको वा नगरेको तथा जनताबीच सबैभन्दा बढी गुजारेर जनताको समस्यालाई राम्ररी बुझेको र अरू उम्मेदवारहरूभन्दा योग्यता र शिक्षामा बढी भएको शिक्षित तथा व्यावहारिक मानिसलाई छानेको राम्रो हुन्छ । जनताले त अझ विचार गरिदिनुपर्ने अर्को पक्ष पनि रहेको छ । त्यो के हो भने जनतालाई विकासको नाउँमा ठग्ने र अहिले चुनावको नाउँमा जनतालाई धेरै थोक दिन्छु भन्ने चुनावे नेतालाई आश्वासन दिनुपर्छ, ठग्नुपर्छ, झुक्याउनुपर्छ । जनतालाई विकास नदिने तथा विगतमा संसदीय विकास कोषको रकम दुरुपयोग गरेको, आफ्नो कोषको रकम कहीं पनि खर्च नगरेको र राज्यको तर्फबाट पनि विकासको काम गराउन नसकेको कमजोर तथा बिना कामको नेतालाई, ऊ जुनसुकै पार्टीको भए पनि चुनावमा सहयोग गर्नुहुन्न । गत पाँच वर्षमा हरेक सभासद्ले पचास लाख रुपियाँ विकासको लागि भनेर लिएका छन् । विकास त केही गरेनन्, आफ्नो खल्ती भर्ने काम भने गरिरहे र आज सोही जनताकै पैसाले जनतासित भोट मागिरहेका छन् र जनतालाई किन्ने काम पनि जनताकै सोही पैसाबाट भइरहेको छ ।
यो संविधानसभा निर्वाचन हो, यस कारण जनताले पनि केसम्म विचार गर्नु आवश्यक छ भने पैसा बाँड्नेले हाम्रै विकासको हक खोस्छ । विकासको हक खोस्नेले अहिले पैसा त बाँड्ला तर पछि पैसाको ब्याज, ब्याजको स्याज र स्याजको प्याज निकाल्ने छ र आफ्नो विकासको सपना पूरा गर्न फेरि संविधानसभाको अर्को निर्वाचनको समय कुर्नुपर्ने हुन्छ । यस कारण अहिलेको समय भनेको अत्यन्त संवेदनशील समय हो । अहिले जात, सम्प्रदाय, पैसा र अन्य कुनै लोभमा पर्नुभन्दा सिद्धान्तमा चलेको पार्टी वा संविधान बनाउने पार्टीलाई हेर्नुपर्छ र विकास दिन सक्ने तथा विगतमा विकास दिएको नेता भए अझ राम्रो भन्ने कुरामा विचार गर्नु आवश्यक छ ।
र अन्त्यमा, सम्पूर्ण हिन्दूहरूको पवित्र एवं उज्यालोको पर्व दीपावलीमा सबैको सुस्वास्थ्य, ऐश्वर्य तथा प्रगति तथा लोक महापर्व छठको हार्दिक म·लमय शुभकामना १