प्रस, वीरगंज, १२ कात्तिक/
आन्तरिक राजस्व कार्यालय पर्साको आयोजनामा आज वीरगंजको होटल मकालुमा कर सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तक्र्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय वीरगंजका प्रनि अर्जुनप्रसाद भट्टराईलाई पर्सा जिल्लामा निजी क्षेत्र तथा सरकारी कर्मचारीहरू करको दायरामा नआएको बताए ।
उनले कानुन व्यवसायी, चिकित्सकलगायत व्यवसायीहरू करको दायरामा आइ नसकेको जानकारी गराएका थिए ।
प्रमुख भट्टराईले सरकारी कर्मचारीहरूलाई पनि करको दायरामा ल्याउने तयारी भइरहेको बताए ।
उनले सरकारी कर्मचारी
करको दायरामा नआएको कारण उनीहरूलाई दायरामा ल्याउने कार्य भइरहेको बताएका थिए ।
राज्यको सबैखाले विकास गतिविधिहरू करबाट प्रभावित हुने हुनाले करको दायरा बढाउने र कर सड्ढलन गर्ने कार्यलाई तीव्रता दिने काम भइरहेको उनले बताए ।
प्रमुख भट्टराईले विकसित कर प्रणाली अनुरूप करदाताहरूले हालका दिनमा सूचना प्रविधिको विकाससँगै अनलाइनबाट कर तिर्न सक्ने प्रावधान भएको जानकारी गराएका थिए ।
सरोकारवाला करदाताहरूले आय आर्जन गरेका रकमको कर पछिल्लो महिनाको २५ गतेसम्म अनलाइनमार्फत् तिर्न सक्ने उनले बताए ।
कार्यक्रममा पर्साका प्रजिअ कैलाशकुमार बजिमयले कर तिर्नु सबैको कर्तव्य भएको बताए ।
उनले करको दायरामा परेका सबैलाई कर तिर्न आग्रह गरे । कर नतिर्नेहरूलाई कानुनले निर्देश गरेको दण्ड जरिवाना हुने र आगामी दिनमा यसलाई कडाइका साथ परिपालना गरिने उनले चेतावनी दिएका थिए ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल, वीरगंज ब्यारेकका गणपति धनबहादुर थापा, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष प्रदीप केडियालगायतले कर सम्बन्धमा आआफ्नो अभिव्यक्ति दिएका थिए ।