प्रजातन्त्रलाई उत्कृष्ट राजनीतिक व्यवस्था किन भनिन्छ भने यसमा सबैलाई आफ्नो अभिव्यक्ति प्रकट गर्ने अवसर प्राप्त हुन्छ । बहुमतले रुचाएको कुराको अल्पमत वा एकजना व्यक्तिले पनि प्रतिकूल वकालत गर्न पाउँछ । अर्थात् विमति जनाउन पाउँछ । जसरी सबुत प्रमाण एकजना व्यक्तिसँग र सारा दुनियाँ खिलाफ छ भने पनि न्यायले एक व्यक्तिको साथ दिन्छ, त्यसैगरी तमाम दुनियाँलाई बेवास्ता गर्दै एकजना व्यक्तिले आफ्नो विचार प्रस्तुत गर्न पाउँछ । त्यही हो असल प्रजातन्त्रको मर्म । तर यसमा ख्याल राख्नुपर्ने एउटै कुरा के हो भने एक्लो व्यक्तिले आफ्नो विचारबाट वा बहुमतले त्यस व्यक्तिलाई आफ्नो विचारमा समावेश गराउन बल प्रयोग, अर्थात् एकको इच्छाविरुद्ध केही गर्न पाउँदैन । वैचारिक विभिन्नतासम्म प्रजातन्त्रले स्वतन्त्रता दिन्छ, तर जोरजबर्जस्ती र दमन तथा बल प्रयोगको वर्जना गर्छ । त्यसैले हामीकहाँ घरीघरी प्रजातन्त्र आए पनि जनताले प्रजातन्त्रको स्पर्श महसुस गर्न सकेको छैन । किनकि यहाँ मानिसले विचार स्वतन्त्रता भोग्नुका साथै कार्यस्वच्छन्दता अपनाइरहेको छ । अर्थात् एउटा बलियो पक्षले अर्को निर्धो पक्षलाई बलजबर्जस्ती आफ्नो क्रियाकलापमा सहभागी बनाइरहेको छ ।
एउटा प्रजातान्त्रिक व्यवस्था भएको मुलुकमा व्यक्ति, समूह वा कुनै राजनीतिक दलले कुनै प्रचलित परम्पराविरुद्ध आफ्नो विमति जनाउन सक्छ । आफ्नो विचारमा समर्थन जुटाउन अरूलाई आह्वान गर्न सक्छ, सडकमा उत्रन सक्छ, बजार बन्द पनि गर्न सक्छ, तर यी सम्पूर्ण कार्य गर्नका लागि अरूलाई विवश भने बनाउन सक्दैन । कसैलाई विवश बनाउन खोज्नु वा विवश पारेर आफ्नो समर्थन जुटाउन खोज्नु प्रजातन्त्रविरुद्ध आचरण हो । यस आचरणविरुद्ध कसैले कसैलाई दण्ड त दिंदैन तर यस आचरणले प्रजातन्त्रलाई भने कमजोर बनाउँछ । प्रजातन्त्र कमजोर हुनु भनेको प्रकारान्तरमा तानाशाही सहनु हो । कमजोर प्रजातन्त्रभन्दा मर्यादित तानाशाही बरु ठीक । यसै सन्दर्भमा नेकपा–माओवादीको चुनाव बहिष्कारलाई लिन सकिन्छ । नेकपा–माओवादीलाई निश्चय नै चुनाव बहिष्कार गर्ने अधिकार प्रजातन्त्रले दिएको छ । उसले बहिष्कारका लागि आह्वान गर्न सक्छ, जनतालाई परामर्श दिन सक्छ, उत्प्रेरित गर्न सक्छ । यहाँसम्म प्रजातन्त्र कायम रहेको मानिन्छ । तर जब नेकपा–माओवादीलाई उसको बहिष्कार फिर्ता लिन शक्ति प्रयोग गरिन्छ वा नेकपा–माओवादीले बहिष्कारका लागि शक्ति प्रयोग गर्न थाल्छ, त्यो अवस्था अप्रजातान्त्रिक हुन जान्छ । आज दोस्रोपटक भइरहेको संविधानसभा निर्वाचनको क्रममा केही दल चुनावमा उत्रनु र नेकपा–माओवादीको अनुसरण गर्दै केही दल चुनाव बहिष्कारमा लाग्नु दु:खद पक्ष भए पनि प्रतिकार चाहिं त्याज्य नै हुनुपर्छ ।
संविधानसभा निर्वाचन सिद्धान्तका लागि लडाइँ होइन, देशले अख्तियार गर्ने कानुन बनाउनका लागि अभियान हो । तसर्थ यसमा सबैको सहभागिता आवश्यक थियो । दु:खद पक्ष यो देखिएको छ कि सशक्त राजनीतिक समूहहरू यस ऐतिहासिक अभियानमा सहभागी छैनन् । यद्यपि निर्वाचन त हुनु नै छ । यसको बिना निकासको बाटो छैन । मुटुमाथि ढु·ा राखेर, एउटा ठूलो जमात किनारा लागेको अवस्थामा पनि निर्वाचनको विकल्प छैन । यस निर्वाचनको पूर्व सन्ध्यामा एकजना उम्मेदवारको हत्या भएको दु:खद अनुभूति हामीले झेलिसकेका छौं, त्यस्तो अवस्था निर्वाचनकै कारणले आइ नपरोस्, त्यसको हेक्का राखेर जानुपर्छ ।