महबुब आलम, पोखरिया, ११ कात्तिक/
नेपाली काङ्ग्रेसलाई संविधानसभा निर्वाचनमा विजयी बनाउन आज पर्साको जानकीटोलामा नेपाली काङग्रेसको भ्रातृ स·ठन नेपाल शिक्षक सङ्घ पर्सासँग आबद्ध शिक्षकहरू भेला भएपछि पर्सा क्षेत्र नं. ४ र ५ का विद्यालयहरू बन्द रहे ।
नेपाली काङ्ग्रेसको पक्षमा जनमत तयार गर्न आज जानकीटोलामा शिक्षकहरूको भेला बोलाइएको र सो भेलामा सहभागिता जनाउन शिक्षक सङ्घ पर्सासँग आबद्ध पर्सा क्षेत्र नं ४ र ५ का शिक्षकहरू जानकीटोला पुगेपछि शिक्षकको अभावमा विद्यालय बन्द भएको स्थानीय अभिभावकहरूले बताए ।
विद्यालयका शिक्षकहरू अधिकांश सङ्घसँग आबद्ध भएकाले विद्यालयको पठनपाठन प्रभावित भएको बताइएको छ ।
शिक्षक सङ्घको भेलालाई नेपाली काङ्ग्रेसबाट पर्सा क्षेत्र नं. ५ का उम्मेदवार रमेश रिजालले सम्बोधन गरेका थिए भने शिक्षक सङ्घ, पर्सा क्षेत्र नं. ५ का क्षेत्रीय संयोजक अशोक साह तेलीको अध्यक्षतमा भेला भएको थियो ।
सो भेलालाई नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पडित, नेपाल शिक्षक सङ्घ, पर्साका अध्यक्ष तीर्थराज यादवलगायत नेपाली काङ्ग्रेससँग आबद्ध नेताहरूले सम्बोधन गरेका थिए ।
निर्वाचन आचारसंहिताले शिक्षक पेशामा लागेकालाई प्रत्यक्ष राजनीतिक संलग्नतामा रोक लगाएको जिल्ला शिक्षा कार्यालय, पर्साका जिशिअ हरि वस्तीले बताए । उनले पेशागत हकहितका लागि भेला हुने अधिकार भए पनि विद्यालयको कामकाज प्रभावित हुनेगरी कुनै पनि भेला गर्न नपाइने स्पष्ट पारेका छन् । राजनीतिक दलका उम्मेदवारको पक्षमा भेला गरिएको र त्यसमा सहभागिता हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको हो भने निर्वाचन आचारसंहिता अनुरूप संलग्न शिक्षकहरूलाई कार्यवाही हुने उनले बताए ।