– समीर पाख्रिन
वीरगंजस्थित एक गैससले बाल दिवसको उपलक्ष्य पारेर बर्सेनि कार्यक्रम आयोजन गर्दै आएको थियो । विगत केही वर्षदेखि लगातार आर्थिक सहयोग उपलब्ध गराउँदै आएका स्वीस दम्पत्ति यस पल्टको कार्यक्रमका मुख्य अतिथि थिए । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सरकारी निकायका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र विभिन्न बाल क्लबका भाइबहिनीहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा अतिथिहरूले बाल अधिकार, नेपालमा बालबालिकाहरूको अवस्था, शिक्षा, पोषण आदि विषयमा सारगर्भित मन्तव्य व्यक्त गरेका थिए । मन्तव्य कार्यक्रम सकेलगत्तै शैक्षिक प्रगति, चित्रकला, हस्तकला, साहित्य, गायन, अभिनय, नृत्य क्षेत्रमा अब्बल दर्जाका बाल क्लबका भाइ बहिनीहरूलाई प्रमुख अतिथिद्वयको बाहुलीबाट पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरणपछि प्रमुख अतिथि स्वीस दम्पत्तिले बालबालिकाले बनाएको हस्तकला, चित्रकला, लोकनृत्य अवलोकन गरेर खुशी व्यक्त गरेका थिए । पुरस्कार वितरणपछि चियापान कार्यक्रम रहेको थियो तर यतिञ्जेल सभाहलमा चियापानको ठेक्का लिएका व्यक्ति (होटल साहु) चियानास्ता लिएर आइ नपुगेकाले अतिथिहरू परस्पर कुराकानी गर्नमा व्यस्त थिए । कतिपय स्वीस दम्पत्तिसित परिचय आदानप्रदान गर्न,मायाको चिनो उपहार दिन र कतिपय चाहिं सम्बन्ध स्थापित गर्न मरिहत्ते गरिरहेकाभैंm देखिन्थे । केही क्षणको अन्तरालपछि होटल साहु लगभग ९/१० वर्षका दुईजना खियौटे शरीरका केटाहरूलाई नास्ताको झोला र तातो चियाको भाडा बोकाएर सभाहलमा प्रवेश गरेका थिए । अबेर गरेर आएको भनी आयोजक समूहका एकजनाले साहुलाई हप्काएका थिए । साहुले केटाहरूलाई छिटै नास्ता र चिया वितरण गर्न ठाडो आदेश दिएको थियो । आदेश सुनेर बिचरा केटाहरूले सकी नसकी चिया र नास्ता वितरण गरेका थिए । जुन दृश्य ज्यादै हृदयविदारक थियो । यद्यापि कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले उनीहरूबाट वितरण भइरहेको नास्ता र चिया सहज ढ·बाट स्वीकार गरिरहेका थिए । चिया नास्ता वितरण गर्दै प्रमुख अतिथि नजिक पुगेको केटाको हातबाट चियाको भाँडो अनायासै खस्यो र तातो चिया भुइँमा छताछुल्ल पोखियो । यो देखेर साहुले सबैको अगाडि केटोलाई जोडले एक थप्पड लगाए । केटोमाथि त्यस साहुको दुव्र्यवहारले अरू कसैलाई चोट पुगे पुगेन तर स्वीस महिलाको आँखाबाट तप्तप् आँसुको थोपा गालाको डिल हुँदै भुइँमा खसेको थियो । बालश्रम शोषणका घोर विरोधी प्रमुख अतिथिद्वय कार्यक्रममा बाल मजदुर प्रयोग भएको र उनीहरूमाथि दुव्र्यवहार भएकोमा आक्रोश र असन्तुष्टि व्यक्त गर्दै सभाहलबाट बाहिरिए । यो देखेर उक्त गैससका पदाधिकारीहरू दातालाई जसरी भए पनि रिझाउनुपर्छ भनी उनीहरूको पछिपछि लागेका थिए तर स्वीस दम्पत्ति तत्कालै कसैसित कुनै प्रतिक्रिया व्यक्त नगरी वीरगंजबाट सोझै काठमाडौं प्रस्थान गरे । यसले गैससका सञ्चालकहरूलाई गम्भीर चिन्तामा पारेको थियो । हुन पनि विदेशी दातालाई सन्तुष्ट पार्न नसक्नु उनीहरूको लागि ठूलो घाटा थियो ।
नभन्दै एक हप्तापछि त्यस गैससलाई स्वीस दम्पत्तिको तर्फबाट एउटा इमेल आयो । इमेलमा बालश्रम उन्मूलन कार्यक्रमको (प्रोजेक्ट)को लागि दिंदै आएको आर्थिक सहयोग उपलब्धिमूलक नभएको र आयोजक स्वयंले बालश्रम शोषणलाई प्रोत्साहित गरेको देखिएकोले अर्को सूचना जारी नहुन्जेलसम्म सहयोग स्थगित गरिएको छ भनी लेखिएको थियो । इमेल पढेर गैससका सञ्चालक स्तब्ध भए । उनीहरूले तत्काल एउटा आपत्कालीन बैठक डाकेर सम्बन्धित विषयमा छलफल गरे । बैठकमा उनीहरू दाताको सहयोग गुमेकोमा एकअर्कालाई दोषारोपण गर्दै हातपातमा समेत उत्रेका थिए तर आरोप–प्रत्यारोप, झैंझगडा समस्याको निकास हुन नसक्ने निचोड निकाल्दै उनीहरू सामान्य अवस्थामा फर्के । अन्तत: संस्थाको विधानमा उल्लेख भएको पहिलो र महत्त्वपूर्ण बुँदा बालश्रम उन्मूलन रहेको भए पनि उनीहरू सञ्चालक समितिका कोही पनि बालश्रम उन्मूलनको सवालमा संवेदनशील र प्रतिबद्ध बन्न नसकेको यथार्थ स्विकार्दै र आत्मालोचना गर्दै अब उप्रान्त संस्थाको मर्म र उद्देश्यलाई आधार बनाई आगामी दिनमा संस्थाको गतिविधि तीव्र पार्ने सामूहिक दृढता व्यक्त गर्दै आआफ्नो गन्तव्यतिर लागेका थिए ।
– घडिअर्वा, वीरगंज–१२