- सुशील मुडभरी
स्व. जनकलाल शर्माले आफ्नो प्रबन्धमा संस्कृति, साहित्य, दर्शन, मानवशास्त्रका साथै विविध विषयहरू समेट्नुभएको छ । उहाँले हरेक विषयको सूक्ष्म अध्ययन गरी तथ्यको आधारमा पाठकहरूसमक्ष सत्यको उद्घाटन गरिदिनुभएको छ । उहाँले प्रबन्धमा लेख्नुभएका विषय अति नै समयसापेक्ष, गहन र अनुसन्धानात्मक छ । भावी पीढीका लागि उहाँका लेखहरू अति नै उपयोगी छ । यस पुस्तकमा पृथ्वीको उत्पत्ति, मानव विकासको क्रम, धर्म–संस्कृति आदिबारे खुलस्त गर्नुभएको छ । उक्त प्रबन्धमा उहाँले लेख्नुभएको मानव शास्त्रभित्रको ‘नेपालमा मानव जातिको पुर्खा’ नामको लेख अति सान्दर्भिक र गहन छ । विज्ञानमा चासो राख्ने, विद्यार्थी तथा सम्पूर्ण नेपाली पाठकका लागि उहाँको भनाइ जस्ताको त्यस्तै प्रस्तुत गर्ने जमर्को गरेको छु ।
संस्कृतिविद् श्री सत्यमोहन जोशी जनकलाल शर्माका प्रबन्ध भन्ने पुस्तकको आफ्ना दुई शब्दमा लेख्नुहुन्छ– मेरा अनन्य मित्र एवं सहकर्मी स्व. जनकलाल शर्माले लेखेर छोडेर जानुभएका प्रबन्धहरूको बृहत् सँगालो वास्तवमा भन्ने हो भने नेपाल राष्ट्रकै एक अमूल्य सांस्कृतिक सम्पदा भएको छ । यसभित्र नेपालका पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक एवं दार्शनिक पक्षमा अध्ययन, अन्वेषण र अनुसन्धान गरिएका विविध ज्ञातव्य विषय वस्तुहरूको चिन्तनात्मक र वैज्ञानिक प्रस्तुति छ । इतिहासको लामो दौरानमा २००७ सालको जनक्रान्ति र तत्पश्चात् स्थापना भएको प्रजातन्त्रपछि भने नेपालको रूप बदलियो । राजनीतिक र नागरिक हक अधिकारका साथसाथै नेपाली जनजीवन र नेपाली चिन्तन मननलाई चिन्ने र चिनाउने क्षेत्रमा पनि भाषिक जागरण आयो । फलत: नेपाली तत्त्वान्वेषीहरू पनि सजग र सचेत भएर जुर्मुराउन थाले । यसैको अग्रपङ्क्तिमा बहुआयामिक प्रतिभाका धनी तथा सशक्तरूपमा कलम चलाउन प्रवीण स्व. जनकलाल शर्मा देखा परे। उनले अतीतलाई इतिहासका रूपमा, वर्तमानलाई चिन्तन मननका रूपमा तथा भावी सन्ततिका लागि नासोका रूपमा आफूले आर्जेको ज्ञान भण्डारका ज्ञातत्व कुराहरू दूरदर्शी भएर लेखेर जानुभयो, जसको सँगालो अहिले तपाईं हाम्रो हातमा छ । अत: स्व. जनकलाल शर्माका प्रबन्धहरूको यो अद्वितीय सँगालो सम्बन्धित विषयमा अध्ययनार्थी, शोधार्थी र जिज्ञासुहरूका लागि पठनीय र अनुकरणीय छ ।
जनकलाल शर्मा लेख्नुहुन्छ– २०३७ साल १४ गते शुक्रवारको दैनिक गोरखापत्रको अग्रभागमा एउटा खबर छापिएको थियो जसमा मानव जातिका पुर्खा ‘रामापिथेकस’ को अवशेष पश्चिमी नेपालको बुटवलको छेउमा हालै पाइयो भनिएको थियो । यसै प्रकार यही समाचार उसै दिन अर्थात् २७ मार्च १९८१ को अङ्ग्रेजी समाचारपत्र द राइजिङ नेपालमा पनि छापियो । यी दुवै पत्रिकामा यसलाई अहिलेसम्म प्राप्त भएका मानवका पूर्वजहरूका अवशेषमा विश्वकै लागि यो दोस्रो र एसियामा यो पहिलो हो भनिएको थियो । गोरखापत्र र राइजिङ नेपालमा छापिएका समाचारलाई नै यहाँ आधार बनाएर चर्चा गर्न लागिएको छ ।
राइजिङ नेपालका अनुसार नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त वैज्ञानिक अन्वेषण दलले गत वर्ष
(१९८०) को डिसेम्बर महिनामा तिनाउ खोलाको किनार बुटवलभन्दा केही माइल पर पहरामा टाँसिएको रामापिथेकसको माथिल्लोपट्टिको ब·ाराको देब्रेतिरको दाँत प्राप्त गरेको हो । यसलाई पाउने पहिलो श्रेय डा. जे एच हटचिसनलाई छ । अन्वेषण दलका अन्य सदस्यहरूमा संयुक्त राज्यतर्फबाट डा. जेम्स मुन्थे र उनकी पत्नी डा. के मुन्थे थिए । नेपालका तर्फबाट कसले भाग लिएको थियो त्यो राइजिङ नेपालमा दिइएको छैन । तर गोरखापत्रमा भने नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका विष्णु ड·ोल रहनुभएको देखिन्छ ।
यस अन्वेषणमा पाइएको रामापिथेकसको दाँत एक सेन्टिमिटर चौडा र एक सेन्टिमिटरभन्दा केही थोरै लामो थियो । यसरी पाइएको दाँत पहराबाट निकाल्दा तीन टुक्रा भएर आयो र त्यसलाई टाँस्न तथा कडा बनाउन अमेरिका पठाइयो । त्यो दाँत अहिले अमेरिकाबाट फिर्ता आएको हुँदा त्यो र त्यसका साथमा वा त्यस ठाउँको आसपासमा पाइएका अन्य वस्तुसमेत ‘प्राकृतिक विज्ञान सङ्ग्राहलय स्वयम्भु’मा राखिएको छ ।
रामापिथेकस अश्मिभूत अस्थि अवशेषका रूपमा पाइएको– मानवानुगणमा गणना हुने दुर्लभ प्राणी हो र यो सीधै मानवको पूर्वजमा पर्दछ भन्ने विश्वास गरिन्छ । यस्ता दुर्लभ प्राणीका अवशेष यसभन्दा पहिले अफ्रिकाको केन्या, पाकिस्तान, भारत र चीनमा नमुनाकै रूपमा सार्है थोरै मात्रामा पाइएका छन् । यिनमा धेरैजसो नमुना असी लाख वर्ष पुराना छन् । शारीरिक दृष्टिले रामापिथेकस मध्यम आकारमा पाइने प्राथमिक वर्गको प्राणी हो । यसको उचाइ प्राचीनकालका मानिस र वनमान्छे, मध्यवानर तथा भीमवानर
(गोरिल्ला) जस्तै चार फुट अर्थात् एक मिटरजति हुन्छ ।
मानवको पुर्खा मानिने यस्तो प्राणीलाई कसरी रामापिथेकस भन्ने नामाकरण गरियो त्यस विषयमा विचार गर्नु आवश्यक छ । यल विश्वविद्यालयका जीइ लेविज नामक व्यक्तिले सन् १९३० मा भारतको शिवालिक पर्वतमा उत्खनन गराएका थिए जहाँ निकै फराकिलो भएर घुमेर बसेका केही ब·ारा फेला पारे जुन धनुषाकार च्यापुमा टाँसिएका थिए । यसको तालु अर्थात् मुखभित्रको माथिल्लो भागको च्यापु ठ्याक्कै मानिससँग मिल्ने देखिन आयो । उनले आफूले प्राप्त गरेको यस वस्तुलाई रामापिथेकस भन्ने नामाकरण गरे र यसरी प्राप्त भएको त्यो वस्तु मध्यनुतनाश्म युगको अन्त्यमा पाइने अपुच्छ प्राणीको हो भन्ने पनि निष्कर्ष निकाले । यो वंश बेग्लै प्रजातिको मात्र होइन, अपितु मानव जस्तै समूहमा पर्छ पनि भने । यसलाई शुरुमा व्रामपिथेकस (सम्भवत: व्रहनपिथेकस) पनि भनिन्थ्यो तर त्यो पछि गएर रामापिथेकसकै नामबाट प्रसिद्ध भयो । इनसाइक्लोपेडिया ब्रिटानिकाको १९७९ इस्वीको संस्करणमा जीइ लेविजले रामापिथेकस प्राप्त गरेको १९३४ मा हो भनिएको छ । उनले प्राप्त गरेको समय कहीं १९३० र कहीं १९३४ हुनुको तात्पर्य लेविजले अन्वेषण उत्खनन गरेको समय यी दुवैबीच हुनुपर्दछ भन्नु उपयुक्त होला ।
लेविजले रामापिथेकसको अस्थि अवशेष प्राप्त गरेको पचीस वर्षपछि प्रोफेसर एलएसबी लिकेलाई रामापिथेकसको जस्तै अर्को अवशेष अफ्रिकाको केन्यामा पाउने सौभाग्य मिल्यो । उनले प्राप्त गरेका वस्तुमा माथिल्लो भागको च्यापु र ब·ारा थिए । लिकेले यी वस्तु अफ्रिकाको केन्यामा प्राप्त गरेको हुँदा यसको नाम पहिले केन्यापिथेकस राखियो । केन्यामा प्राप्त भएको यस प्राणीका अवशेष भारतको रामापिथेकससित मिल्दोजुल्दो हुनाले पछि गएर यसको नाम पनि रामापिथेकस नै रहन गयो र ती प्राय: समसामयिक नै हुन् भन्ने निष्कर्ष पनि आयो । यसको दहातु–मन्दाति काल निर्धारण विधिबाट परीक्षण गर्दा अफ्रिकाको केन्यामा पाइएको रामापिथेकसको समय आजभन्दा एक करोड चालीस लाख वर्षअघिको देखिन आयो । त्यसै कारण अफ्रिकाको केन्यामा पाइएको रामापिथेकस अहिलेसम्म सबैभन्दा जेठो ठहरिन आएको छ । भारत र केन्यामा पाइएको रामापिथेकस उनको तुलनात्मक अध्ययनद्वारा यल विश्वविद्यालयमा एलबिन सिमोन्स व्रामपिथेकस र रामापिथेकस एउटै प्रजातिका हुन् भन्न समर्थ भए । मानिसको च्यापु तलमाथि दुवैको आकार धनुषजस्तो घुमेको हुन्छ भने पशुको रोमन अक्षरको यु आकारको हुन्छ । पशुका अग्रभागका टोक्ने दाँत तथा कुकुर दाँत दुवै लामा हुन्छन् भने मानिसका यी दाँत छोटा हुन्छन् । रामापिथेकस नामक प्राणीका च्यापु र कुकुरदाँत मानिससँग मिल्दाजुल्दा छन् । त्यस कारण पनि यस प्राणीलाई मानवजस्तो भनिएको हो । हालै नेपालमा पाइएको बुटवलपिथेकसको लक्षण भारतको रामपिथेकस र केन्यामा पाइएको केन्यापिथेकस तीनै मिल्दोजुल्दो भएको हुँदा यसको नाम पनि रामापिथेकस नै राखिएको हो । क्रमश: