प्रस, वीरगंज, १० असोज/
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मानव बेचबिखन, आप्रवासन, लै·िक हिंसा, असुरक्षित आवतजावत विषयक एक दिने अभिमुखीकरण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।
नेपाल तथा भारतका सीमावर्ती प्रहरी चौकीहरूमा कार्यरत सुरक्षाकर्मीहरूको सहभागितामा सम्पन्न एक दिने गोष्ठीमा आप्रवासन व्यक्तिको मौलिक अधिकार भए पनि असुरक्षित तरिकाले आवतजावत गर्दा बेलाबेलामा समस्या परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले बताए।
स्थानीय होटल भिस्वामा सम्पन्न कार्यक्रममा महतोले सीमामा बसेर कार्य गर्दा सुरक्षाकर्मी र माइती नेपाललाई मानव बेचबिखन रोकथामका लागि पर्ने चुनौती, समस्या उत्तिकै रहे पनि हालसम्म सावधानीले कार्य गर्दै आएकोमा सराहना गरेका थिए ।
असुरक्षित आप्रवासनमा जाने महिला तथा बालबालिकाहरू मानव बेचबिखनको जोखिममा पर्ने हुँदा सरोकारवाला सबै यसप्रति सचेत भई सहकार्य, समन्वय राखेर जनचेतना फैलाउनुबाहेक अर्को विकल्प नरहेको प्रनाउ महतोले बताए ।
वीरगज शाखा संयोजक स·ीता पुरीको सभापतित्वमा शुरु भएको कार्यक्रमका विशिष्ट अतिथि माइती नेपाल, केन्द्रीय कार्यालयका कार्यक्रम अधिकृत मदनकुमार चौलागाईं रहेका थिए ।
कार्यक्रममा युरेपियन सङ्घ, अस्ट्रियन विकास करपोरेशन, केयर नेपाल र एबिसी नेपाल संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको फिल्ड सुपरभाइजर फणीन्द्र अधिकारीले बताए ।