$type=ticker$count=12$cols=4$cate=0

चाडपर्व र सुरक्षा निकाय

SHARE:

प्रमोद पौडेल

    अरू बेलाभन्दा चाडपर्वको अवसरमा चोरी, लुटपाट तथा हिंसात्मक घटनाको क्रम बढ्ने गर्दछ। दशै, तिहार र छठजस्ता नेपालीहरूले मनाउने ठूला पर्वमा आपराधिक घटनाहरू निकै हुने गर्दछ। यस्तो घटनामा युवावर्गको ठूलै जमात संलग्न भएको पाइन्छ। बेरोजगारी, काम नगर्ने, अल्छी स्वभावका र लागूपदार्थ सेवनकर्ताहरू विशेषरूपमा संलग्न भएको पाइन्छ। यिनीहरू प्राय: यस्तै चाडपर्वको आगमनको प्रतीक्षामा बसेका हुन्छन् र आफ्नो सक्रियता बढाउँछन्। सुरक्षाका लागि प्रहरीको सक्रियता बढे पनि प्रहरी नपुगेको ठाउँ, सुनसान सडक, गल्ली तथा घरमा मानिस नभएको मौका छोपी चोरहरू बढी सक्रिय हुन्छन्। चोरहरूले अरू सामग्रीभन्दा नगद र गरगहनामा बढी ध्यान केन्द्रित गर्छन् । चाडपर्वको समय सामान्य मानिस तुलनात्मकरूपमा बढी व्यस्त हुने हुँदा सम्पत्तिको सुरक्षाप्रति त्यति सजग हुन नपाउने अवस्थाको फाइदा उठाउँदै चोरहरू विभिन्न हतकण्डा अपनाई चोरी गर्न हौसिन्छन्।
    अपराधजन्य घटना नियन्त्रण गर्न सुरक्षा निकायको सजगताका साथै आमनागरिकको पनि त्यतिकै जिम्मेवारी हुन्छ। मानिस नभएको बेला आआफ्नो घरका झ्यालढोका सुरक्षित तवरले बन्द गर्ने र आवश्यक सुरक्षा व्यवस्था मिलाउनको लागि टोल समाजमा बैठक बसी आआफ्नो टोलको सुरक्षाप्रति गम्भीर हुनुपर्छ। प्रहरीको भर परेर मात्र अपराधजन्य घटना नियन्त्रण गर्न सम्भव छैन त्यसका लागि समाजले पनि आफ्नो दायित्व बुझ्नुपर्छ। बजारमा किनमेल गर्न जाँदा, भीडभाडमा अपनाउनुपर्ने सजगताप्रति सबैको ध्यान जानुपर्छ। किनभने भीडभाडमा पकेटमार निकै चनाखो भई मानिसप्रति ध्यान केन्द्रित गरिरहेका हुन्छन् र मौका पाउनासाथ पकेटमारी गर्छन्।
    चोरी र लुटपाटबाट जोगिन आम मानिसले अपनाउनुपर्ने सतर्कता पहिलो दायित्व हो। आफ्नो आर्थिक क्षमतालाई विभिन्न माध्यमबाट प्रदर्शन गर्दा चोरीको घटनामा वृद्धि भएको पाइन्छ। यसरी आर्थिक क्षमता बढी प्रदर्शन गर्ने मानिसहरू नै बढी चोरको निशानामा पर्ने गर्छन् तथा धनसम्पति र कहिलेकाहीं जीउज्यान नै जोखिममा पर्ने हुन्छ। किनभने चोरसँग घरेलु हतियारसमेत हुने हुँदा हिंसात्मक घटना पनि हुन सक्छ।
    अपराधजन्य घटना नियन्त्रण गर्नमा प्रहरी सतर्कता, सजगता र सक्रियता पनि अत्यन्त जरुरी पक्ष हो। नागरिकलाई पूर्ण रूपमा सुरक्षा दिने दायित्व प्रहरी प्रशासनको हो भने सुरक्षा व्यवस्थामा सहयोग गर्नु हाम्रो समाजको पनि कर्तव्य हुन जान्छ। पर्वको बेला प्रशासनले सादा पोशाकमा प्रहरी परिचालन गरी अपराधी क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ। पर्वको आगमनमा जाँडरक्सीको बिक्री वितरण निकै हुने हुँदा मदिरा पसलहरूलाई निश्चित समयमा खोल्ने र बन्द गर्ने व्यवस्था प्रशासनले मिलाउनुपर्छ। जाँडरक्सी सेवन गरी होहल्ला गर्ने मानिसलाई प्रहरीले नियन्त्रणमा लिई कारबाई गर्नुपर्छ तथा पर्वको मौका छोपी जुवा खेल्न मानिसहरू निकै उत्साहित हुन्छन् र जुवामा आफ्नो सम्पत्ति गुमाउनेहरू पनि त्यतिकै हुन्छन्। प्रशासनले यस्ता जुवाघरमा कडा निगरानी गरी जुवा खेल्नबाट रोक्नुपर्छ । समाजले पनि यस्ता गतिविधिलाई आफ्नै तरिकाले नियन्त्रण गर्नुपर्छ वा यस्तो गतिविधि कसैले गरेको छ भने तुरुन्त प्रहरीलाई खबर गरी मानवताको धर्म पालन गर्नुपर्छ तथा टोल समाजको वातावरण स्वच्छ बनाउनुपर्छ।
    रोजगारका लागि छिमेकी मुलुक भारत गएकाहरू चाडपर्व आफ्नो परिवारजनसँग बसेर मनाउन देश छिर्नेको ठूलै जमात भेटिन्छ। यस्तो बेला चोरहरू विभिन्न क्रियाकलाप गरी ठग्ने दाउमा हुन्छन् भने भन्सार एरियामा नेपाल प्रहरीले विभिन्न बखेडा खडा गरी मानिसलाई दु:ख दिने गरेको पाइन्छ। प्रहरी प्रशासनले यस्तो नहोस् भनेर निगरानी कडा पार्नुपर्छ। भन्सार एरियामा सादा पोशामा प्रहरी परिचालन गरी अपराध नियन्त्रण गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। चोरीको घटना वृद्धि भएकोमा प्रहरीलाई दोष दिने प्रवृत्ति बढ्दै गएको छ, यसलाई एकाङगी सोच मान्नुपर्छ। आफ्नो थैलीको मुख राम्ररी बन्द नगरी अरूमाथि दोष थोपर्दा समस्या समाधान हुन सक्दैन।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चाडपर्व र सुरक्षा निकाय
चाडपर्व र सुरक्षा निकाय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgY9XVcx1eyllhNW-e3ci_NRq-2l0DPmdQi5JJBVhDSoxpocLWehHWZnkQTmbQmr4uJsIobU69OPvXpR0mXMcv2F3O5BaNwpU7DwV-IqT9DYphXPbd6vdee6KTXpi-Xu4aqVf2qdYpNYPzh/s1600/pramod.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgY9XVcx1eyllhNW-e3ci_NRq-2l0DPmdQi5JJBVhDSoxpocLWehHWZnkQTmbQmr4uJsIobU69OPvXpR0mXMcv2F3O5BaNwpU7DwV-IqT9DYphXPbd6vdee6KTXpi-Xu4aqVf2qdYpNYPzh/s72-c/pramod.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/09/blog-post_4657.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/09/blog-post_4657.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy