- सुशील मुडभरी
गताङ्कको बाँकी यस्ता अश्मीभूत अस्थि अवशेषको अध्ययनमा काल निर्धारणको पनि ठूलो महत्त्व हुन्छ । काल निर्धारण दुई प्रकारले गरिन्छ, जसलाई सापेक्ष र निरपेक्ष वा स्वतन्त्र काल निर्धारण विधि भनिन्छ । सापेक्ष काल निर्धारण विधिमा त्यस्ता अश्मीभूत अस्थि अवशेषका साथ पाइएका अन्य जीवजन्तु र वनस्पतिसित तुलना गरेर हेरिन्छ । यस्ता जीवजन्तु र वनस्पतिको अध्ययनबाट भूगर्भशास्त्री र पुरासत्वशास्त्रीहरूले काल निर्धारण गरिसकेका छन् । यस्तै वस्तुसित आफूले प्राप्त गरेका वस्तुको तुलना गरेर काल निर्धारण गरिन्छ । यस्ता विधिबाट भूगर्भको कालो काललाई निर्धारण गर्न समर्थ भए तापनि यदाकदा यसमा पनि समस्या पर्न आउँछ । उदाहरणका लागि युरोप र अफ्रिकामा पाइने ठूला हात्ती वा महागजलाई नै लिन सकिन्छ । जुन समयमा यस्ता हात्ती अफ्रिकामा जीवित अवस्थामा प्राप्त हुन्छन्, त्यस समयभन्दा धेरै पहिले युरोपमा त्यस्ता प्राणी विलुप्त भइसकेका देखिन्छन् । त्यसै प्रकार अफ्रिका र एसियाको अवस्था पनि हुन सक्तछ । वनस्पतिको परिवर्तनको अवस्था योभन्दा पनि छोटो हुन्छ, जसले गर्दा हामीले चाहेको ठीक समय निकाल्न कठिन हुन्छ । यसकारण स्वतन्त्र काल निर्धारण विधिका विषयमा पनि चर्चा गरेर हेर्नु आवश्यक होला । सापेक्ष काल विधिभन्दा स्वतन्त्र काल निर्धारण विधि निकै भरपर्दो देखिन आउँछ । यस विधिको पहिलो आविष्कर्ता ‘मिलानको भिच’ नै हुन्, जसले गणितका आधारमा सौररश्मिविकिरणको हिसाब गरेर प्रातिनूतनाश्मभित्रको हिमयुगको समयलाई स्थिर गरेर देखाए । उनको सिद्धान्तअनुसार प्राचिनूतनाश्मभित्र पर्ने प्रथम हिमयुग आजभन्दा ६ लाख वर्ष पहिले प्रारम्भ भएर अन्तिम हिमयुग आजभन्दा पच्चीस हजार वर्ष पहिले आएर टु·िन्छ । आजको हिसाबमा प्रातिनूतनाश्मभित्र पर्ने अन्तिम हिमयुग आजभन्दा पच्चीस होइन, दस हजार वर्ष पहिले समाप्त हुन्छ ।
उनको यो गणना त्यसभन्दा पहिलेका भूगर्भशास्त्रीहरूले स्थिर गरेको आजभन्दा साठी हजार वर्ष पहिले प्रारम्भ हुने प्राचिनूतनाश्मको प्रथम हिमयुगको आयुभन्दा धेरै टाढा गएको छैन । हिमनदीको वार्षिक द्विमलावसाद (ख्भचखभ) गणनाबाट काल निर्धारण गर्न सकिन्छ । यस विधिका आविष्कर्तामध्ये फिनल्यान्डका पुरासत्वशास्त्री ‘कर्टेन’ पनि एक हुन् । उनले दक्षिणी जर्मनीका हिमनदीको अध्ययन गरेर तीनको अवस्थाको नाम पनि स्थानीय भाषामा नै राखे, जसलाई क्रमश: गुन्ज, मिन्डेल, रिस र बुर्म भनिन्छ । उनले अध्ययन गरेको समय पनि प्रातिनूतनाश्मकै हो । यी चार हिमयुगका बीचमा पर्ने अन्तर्हिमयुगलाई क्रमश: प्रथम अन्तर्हिमयुग, द्वितीय अन्तर्हिमयुग र तृतीय अन्तर्हिमयुग भनिन्छ । प्रातिनूतनाश्मभित्र पर्ने चार हिमयुग र तीन अन्तर्हिमयुगभन्दा पहिले पर्ने प्रातिनूतनाश्मको समयलाई पूर्वहिमानी र तीनभन्दा पछि आउने युगलाई हिमान्यत्तर भनिन्छ । अहिले प्रस·वश चर्चा गरिएका ‘मिलानको भिच’ र कर्टेनको हिसाबले आजभन्दा पचास लाखदेखि चालीस लाख वर्ष पहिले प्रारम्भ भएर आजभन्दा दस हजार वर्षपहिले समाप्त हुने हिमयुगको समयलाई मात्र प्रतिनिधित्व गर्छ । अत: यस सिद्धान्तले त्यसभन्दा पहिलेको काल निर्धारणलाई सघाउ पुर्याउँदैन । स्वतन्त्रकाल निर्धारणमा वृक्षवृत्त गणना विधि आदि अनेक विधि छन्, जसको चर्चा यहाँ त्यति आवश्यक छैन । कारण यी विधिका आधारमा पनि हामी धेरै अघि पुग्न सक्दैनौं । अहिलेसम्म काल निर्धारणका लागि जति विधि आविष्कार भएका छन्, तिनमा परमाणु भौतिक विज्ञानद्वारा प्रतिपादन गरिएको स्वतन्त्र काल निर्धारण सबभन्दा भरपर्दो देखिन आएको छ । यस विधिको आविष्कर्तामा संयुक्त राज्य अमेरिकाले पुरातत्वको क्षेत्रमा एउटा काल निर्धारण विधिको आविष्कार गर्यो, जसलाई तेजोदगिर प्रा·रिक काल निर्धारण विधि भनिन्छ । तेजोदगिर प्रा·रिक काल निर्धारण विधिको ज्ञातांशको संस्थानी चौध भएको हुँदा यो प्रा·ार– १४
(ऋबचदयल(ज्ञद्ध) को नामले प्रसिद्ध छ । यस सिद्धान्तअनुसार हरेक जैविक पदार्थमा प्रा·ारिक अंश हुन्छ र त्यसमा कति ज्ञातांश तेजोदगिर संस्थानीको क्षय भयो । त्यसको हिसाब गरेर यो यस कालको हो भन्ने निर्णय गरिन्छ । भनाइको तात्पर्य हो हरेक जीवित पदार्थको आफ्नो जीवनकालमा वातावरणबाट तेजोदगिर प्रा·ार–१४ संस्थानी लिन छाड्ने मात्र होइन, अपितु संस्थानीको क्षय पनि बिस्तारै भएर जान्छ । हामीलाई क्षय हुने अवधि थाहा भएको हुँदा त्यस्ता वस्तुको मृत्युको समय बाँकी रहेको संस्थानीका आधारमा गणना गर्न सकिन्छ । यसरी गणना गर्दा त्यसमा हुन गएको क्षय निस्कन्छ । क्षय हुन लागेको समयको गणना गर्दागर्दै यस्तो अवस्थामा पुगिन्छ, जहाँ गएर संस्थानीको उपस्थिति ज्यादै कम अथवा त्यसको अभाव नै हुन पुगेको अवस्था आउँछ । संस्थानी जस्तै अवस्थाको गणनाबाट एउटा युक्तिस·त समय निकाल्न सकिन्छ । यस्तो परिणाम साधारण तथा चार हजारदेखि पचास हजारभित्रको हुन्छ र त्यसलाई बढाएर सत्तरी हजार वर्षसम्म पनि पुर्याउन सकिन्छ । बितेको समय जति लामो हुँदै जान्छ त्यसमा त्यति नै समयमा अशुद्धिको मात्रा पनि बढेर जान्छ । तर बीस हजार वर्षको गणनामा अशुद्धिको मात्रा दुई सय वर्षको अन्तर आउनु कुनै अक्षम्य कुरा होइन । किन्तु मध्यकालीन इतिहासको गणनाका लागि भने यो काल निर्धारण विधि अनुपयोगी नै सिद्ध भएको छ ।
पुरातत्वको क्षेत्रमा प्राप्त भएका सबै वस्तु प्रा·ारिक–१४ को परीक्षणका लागि उपयोगी सिद्ध हुँदैनन् । प्रा·ारिक–१४ को परीक्षणमा आगो लागेको वा आगो बालेको ठाउँमा गोल अर्थात् कोइला, हाड, मृगको सि·, घुँगी वा सीपीको खपडा लिइन्छ । तर यसमा घुँगी वा सीपीको वस्तुहरू त्यति उपयुक्त मानिंदैन ।
प्रा·ारिक परीक्षणमा त्यसका लागि जम्मा गरिएको नमुनाको ठूलो महत्त्व हुन्छ । यस्तो नमुना सङ्ग्रह गर्दा त्यसमा कति सावधानी राखिएको छ, त्यसले पनि मान्यताप्राप्त परिणाममा प्रभावित पार्दछ । यसको पहिलो कारण हो, नमुना प्राप्त गर्दा हुन आउने वातावरणको संसर्गबाट हुने प्रदूषण । संसर्गजन्य प्रदूषणबाट जोगाउन संसर्ग गराउने कारण जान्नु आवश्यक हुन्छ । नमुना सङ्ग्रह गर्दा त्यस्ता वस्तुले त्यहाँ भएको वर्तमान वातावरणबाट प्रा·ार–१४ तत्काल ग्रहण गर्न सक्तछ । त्यस कारण नमुनालाई हातले नछोइकन उपयुक्त पात्रमा तुरुन्त बन्द गर्नुपर्दछ । यसो नगर्नाले पनि काल निर्धारणमा प्रभाव पार्दछ । उदाहरणका लागि रूखका जरालाई नै लिन सकिन्छ । आधुनिक रूखका जराले प्रशस्त पानी ग्रहण गरेको हुन्छ । त्यस्ता रूखको जरा भएको ठाउँको नमुना काल निर्धारणका लागि उपयुक्त मानिंदैन । कस्तो वस्तुमा नमुना पोको पारिएको छ वा राखिएको छ, त्यसले र जहाँबाट नमुना सङ्ग्रह गरिएको छ, त्यस ठाउँदेखि प्रयोगशालामा नमुना नपुगेसम्म त्यहाँ पुर्याउन कस्तो परिवहनको साधन प्रयोग भएको छ, प्रदूषित भएको छ कि हेलचेक्रयाई गरिनुहुँदैन । जुन समय प्रा·ारिक काल निर्धारणको विधिको आविष्कार भयो, त्यसबेला त्यस्ता गल्तीहरू भएका थिए, जसबाट प्रा·ारिक परीक्षणमा पत्याउनै नसकिने नयाँ–नयाँ काल पनि आउन थाले । काल निर्धारणमा यस्ता अविश्वसनीय परिणाम आउनुमा तिनै गल्तीहरूको प्रभाव हो भन्ने निष्कर्षमा वैज्ञानिकहरू पुगे । त्यस कारण आजकल नमुना सङ्ग्रह, पोको पार्ने तरिका र प्रयोगशालामा पुर्याउने साधन आदिमा सावधानीपूर्वक ध्यान दिइन्छ । सावधानीपूर्वक पुर्याइएको नमुनाबाट स्वीकारयोग्य काल आउन सक्तछ ।
पुरातत्त्व र पुरासत्त्वको क्षेत्रलाई प्रा·ारिक–१४ को काल निर्धारण विधिले त्यस क्षेत्रको लामो समयमा ज्यादै नयाँ अवस्थाको १० प्रतिशत समयलाई मात्र ओगटेको पाइन्छ । साधारण तथा प्रा·ार–१४ को परीक्षण विधिले चार हजारदेखि पचास हजार वर्षसम्मको समयलाई ओगटेको हुन्छ भने यसको सबभन्दा माथिल्लो काल सत्तरी हजार वर्षसम्म पुग्दछ ।
प्रा·ार–१४ विधिको आविष्कार हुनुभन्दा पहिले स्वतन्त्र काल निर्धारणका क्षेत्रमा दहातुमन्दानि परीक्षण विधि प्रसिद्ध भयो । तर अचम्मको कुरा के छ भने जहाँ प्रा·ार–१४ को सबभन्दा पुरानो काल करिब ७०–५० हजार वर्ष हुन्छ, त्यहाँ दहातुमन्दातिको काल निर्धारण सबभन्दा नयाँ काल करिब ६ लाख वर्षको हुन्छ र सबभन्दा पुरानो काल साढे चार अर्ब वर्ष अर्थात् पृथ्वीको सृष्टि भएको समयसम्म पनि पुग्दछ । प्रा·ार–१४ र दहातुमन्दाति–४० को काल निर्णय विधिले ल्याएको सत्तरी हजारभन्दा ६ लाख वर्षभन्दा यताको समयभित्र करिब पाँच लाख वर्षको अन्तर देखिन आयो । यसै अन्तरभित्र रहेको समय मानिसको सांस्कृतिक र शारीरिक विकासका लागि ज्यादै महत्त्वपूर्ण मानिन्छ । यस अन्तरको समयलाई काल निर्धारण गर्न वैज्ञानिकहरूले दहातुमन्दाति परीक्षण विधिकै आधारमा अर्को संस्थानी विधिको आविष्कार गरेका छन् । जसलाई ह्रसातु/किरणातु र स्तनपोषियाश्म/ह्रसातु संस्थानी विधि भनिन्छ । यस विधिबाट पहिले उल्लेख गरिएको ५ लाख वर्षको अन्तरलाई पूरा गरिन्छ । दहातुमन्दाति ४० र प्रा·ार १४ को काल निर्धारण विधिले काम नदिएका ठाउँमा यो अर्को परीक्षण विधि बढी उपयोगी सिद्ध भएको छ ।
स्वतन्त्र काल निर्धारण विधिका क्षेत्रमा भूगर्भशास्त्री र पुरासत्त्वशास्त्रीका लागि अर्को विधि पनि छ, जसलाई पूराचुम्बकीय विधि भनिन्छ । यस विधिमा चुम्बकीय यन्त्रद्वारा जुन वस्तुको काल निर्णय गर्नुछ, त्यसमा चुम्बकीय आकर्षण कति छ, त्यसको हिसाब यन्त्रले देखाएको जति पहिले टिपिन्छ । यसपछि त्यस वस्तुको केही भाग आगोमा राखेर तताइन्छ । यसरी तताउँदा त्यसलाई तताउने तापक्रम क्यूरीबिन्दुसम्म पुर्याइन्छ र त्यसलाई पुन: यन्त्रद्वारा परीक्षण गरिन्छ । तताउनुभन्दा पहिलेको र तताइसकेपछिको अवस्थामा चुम्बकीय शक्तिमा कति अन्तर पर्यो, त्यसमा क्षयांशको हिसाब गरेर काल निर्धारण गरिन्छ । प्रा·ार–१४, दहातुमन्दाति र ह्रसातु परीक्षण विधिको तुलनामा यसको हिसाब केही हचुवा किसिमको देखिन्छ । तर भर पर्नै नसकिने काल निर्धारण विधि भने यो होइन । क्रमश: