प्रस, परवानीपुर, १३ असोज/
दशैंको बेला वीरगंज आसपासका क्षेत्रमा दुर्गा पूजा समितिको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको छ।
१०/१५ वर्ष पहिले वीरगंजको पानीटङकीमा मात्र पण्डाल निर्माण गरी दुर्गापूजा गरिन्थ्यो। हिजोआज वीरगंजको रानीघाट, श्रीपुर, गीता मन्दिर, पानीटङकी, प्रतिमाचोक, बसपार्क, नगवा, चैनपुर, परवानीपुर, जीतपुर र सिमरालगायतका ठाउँमा दर्जनौं पूजा समिति गठन गरेर दुर्गापूजाको भव्यरूपमा आयोजना गरिन्छ।
गतवर्ष पुरवानीपुरको वैष्णोदेवी मन्दिरमा मात्र दुर्गापूजा हुन्थ्यो भने यसपालि तरकारी बजारमा पनि दुर्गापूजाको तयारी गरिंदैछ।
पूजा समिति वृद्धि भएपछि स्थानीय उद्योगी, व्यापारी तथा पसलेहरूबाट चन्दा उठाउने क्रम बढेको परवानीपुरका एक व्यापारीले बताए।
एक ठाउँमा पूजा आयोजना गर्न डेढदेखि पाँच लाखसम्म खर्च लाग्ने गरेको पूजा समितिका एक सदस्यले बताए । नवदुर्गा पूजा समिति, परवानीपुरका सदस्य नरेश यादवले कसैसँग जबरजस्ती चन्दा नउठाएको बताए। नवरात्रिको व्रत गर्नेहरूको सङ्ख्या वृद्धि हुँदै गएपछि टोल–टोलमा दुर्गा पूजा समिति गठन भएको परवानीपुरका पुरोहित दिलीप उपाध्यायले बताए।