$type=ticker$count=12$cols=4$cate=0

सोचौं, खाऔं र बचाऔं

SHARE:

- शीतल महतो 
  विश्वको ठूलो जनसङ्ख्या पेटभरि खाना नपाएर भोकै सुत्नुपर्ने बेलामा अर्बौ रुपियाँको खाना त्यतिकै खेर फाल्ने गरेको सुन्दा अपत्यारिलो लाग्न सक्छ तर कुरा सत्य हो । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि स·ठन
(एफएओ) को पछिल्लो तथ्याड्ढ अनुसार विश्वको कुल खाद्यान्न उत्पादनको एकतिहाई अर्थात् एक अर्ब ३० करोड टन खाद्यान्न हरेक वर्ष त्यतिकै खेर जाने गरेको अनुमान छ । यसबाट झन्डै साढे ७ सय अर्ब डलर आर्थिक क्षति हुने आकलन गरिएको छ । विकासोन्मुख मुलुकको तुलनामा विकसित मुलुकहरू खाद्यान्न खेर फाल्नेमा अगाडि देखिएका छन् । युरोप र उत्तर अमेरिकमा प्रतिव्यक्ति प्रतिवर्ष ९५ देखि एक सय १५ किलोग्राम खानेकुरा खेर फाल्ने गरेको तथ्याड्ढ भेटिएको छ भने दक्षिणपूर्वी एसियामा ६ देखि ११ किलोग्राम खाद्यान्न खेर फालिने गरेको छ् । जबकि विश्वमा सातजनामध्ये हरेक एकजना मानिस पेटभरि खाना नपाएर भोकै सुत्नुपर्ने अवस्था छ । विश्वमा ८७ करोड मानिस दैनिक भोको रहने गरेको अनुमान संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि स·ठन (एफएओ) को छ । यसरी मानिसले खेर फाल्ने खाद्यान्नर्को सदुपयोग गर्न अथवा त्यसलाई नियन्त्रण गर्न सकियो भने यसले खाद्य असुरक्षाबाट सृजित समस्यालाई धेरै हदसम्म सम्बोधन गर्न सकिन्छ ।
    खाद्यान्नमध्ये भात खेर फाल्ने समस्या एसियामा सबैभन्दा बढी देखिएको छ । छिमेकी मुलुक भारतमा ४ खर्ब ४० अर्ब भारतीय रुपियाँ बराबरको खानेकुरा फोहोरको रूपमा खेर फाल्ने गरिने तथ्याड्ढ छ । तीमध्ये तरकारी र फलफूलको मात्रा करिब एक खर्ब ३३ अर्ब भारतीय रुपियाँ रहेको छ । त्यसबाहेक चामल, गहुँ, माछामासुलगायत अन्य खाद्यान्न पनि समयमा र सहीरूपमा उपभोग गर्न नसक्दा खेर जाने गरेका छन् । प्राप्त एक तथ्याड्ढ अनुसार भारतमा हरेक वर्ष झन्डै २५ करोड टन अन्न उत्पादन हुन्छ, यसको उपभोग २२ देखि साढे २२ करोड टनसम्म छ । उच्च उत्पादन भएर पनि भारतले अन्नको सही उपयोग गर्न नसक्दा दैनिक २५ करोड मानिस खाद्य असुरक्षाबाट गुज्रिनुपरेको छ । विगत केही वर्ष यतादेखि कृषिप्रधान मुलुक नेपाल पनि खाद्य असुरक्षाको चपेटामा पर्दै आएको छ । खाद्य असुरक्षा वा खाद्यान्न अभावको स्थितिलाई विश्लेषण गरेर हेर्ने हो भने नेपालका ३३ वटा जिल्लामा खाद्यान्न अपुग छ । एसियाली विकास बैंकको सहयोगमा शहरी विकास मन्त्रालय अन्तर्गत सलिङ वेस्ट म्यानेजमेन्ट टेक्निकल सपोर्टले गरेको एक अध्ययन अनुसार मुलुकका शहरी क्षेत्रबाट मात्र वार्षिक ५ लाख १२ टन खानेकुरा खेर फाल्ने गरिन्छ । मुलुकका ५८ वटा नगरपालिकाले एक हजार ४ सय ४० टन खानेकुराको फोहर उत्पादन गर्ने गरेको सो अध्ययनले देखाएको छ । कृषि मन्त्रालयका अनुसार कतिपय कृषि उत्पादन भित्र्याउने बेलामा खेर जाने गरेका छन् । तरकारीमध्ये ४१ प्रतिशत गोलभेंडा, ३१ प्रतिशत काउली र १५ प्रतिशत बन्दागोभी भित्र्याएपछि पनि खेर जाने गरेका छन् । यस वर्ष नेपालका प्रमुख खाद्यान्न बाली धान र मकैको उत्पादनमा हुने कमीको कारण पनि खाद्य असुरक्षा झनै बढ्ने देखिएको हो । यो वर्ष ८७ लाख टन धान उत्पादन भएकोमा अझैं ८ लाख टन धान अपुग भएको मन्त्रालयको तथ्याड्ढ छ ।
    धानको उत्पादन घट्नुमा कमजोर र ढिला शुरु भएको मनसुन मुख्यरूपमा जिम्मेवार रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । समान्यतया जूनको पहिलो साता शुरु हुने मनसुन यस वर्ष जूनको अन्तिम साता मात्र शुरु भयो । त्यसमा पनि चाहिने जति पानी पर्न सकेन । साउनको दोस्रो साता अर्थात् जुलाईको अन्तिम साताबाट मात्र मनसुनले आफ्नो सक्रियता देखाउन थाल्यो । नेपालको अधिकांश खेतीयोग्य जमीन अकाशे पानीमा निर्भर रहेको छ । समयमा पानी नपरेपछि शुरुमा खडेरीले बिगार्‍यो, पछि पानीको अभावमा धानको बोट सुक्न थाल्यो । खडेरीले गर्दामा उपयुक्त समयमा रोपाइँ नहुँदा धानको बिरुवाले राम्ररी गाँज हाल्न पाएन । जसका कारण छिपिएको बीउ रोप्नुपर्दा त्यसमा राम्ररी गाँज नलाग्ने र गाँज नलाग्दा उत्पादन पनि कम हुने नै भयो । यसरी बढ्दो जनसङ्ख्यालाई पुग्ने गरी खाद्यान्न उत्पादन हुन नसकेर मुलुक खाद्य असुरक्षातर्फ बढ्दै गएको छ ।
    बढ्दो खाद्य असुरक्षा अन्त्य गर्न किसानलाई व्यावसायिकरूपमा खेती गर्न सरकारले प्रोत्साहित गर्न नसक्दा वार्षिक करोडौं रुपियाँ खाद्यान्न आयातका लागि विदेशिने गरेको छ । हाम्रोजस्तो कृषि प्रधान मुलुकका किसानले खाद्यान्न निर्यात गरेर आम्दानी बढाउन सक्ने सम्भावनाको उपयोग गर्नुको सट्टा उल्टै खाद्यान्नका लागि विदेशी किसानमाथि आश्रित हुनु विडम्बना हो र यसले परनिर्भरताको परकाष्ठा उजागर गरेको छ । एकातिर बढ्दो खाद्य असुरक्षाको अन्त्य तथा जनसङ्ख्या र खाद्यान्न उत्पादनमा सन्तुलन कायम राख्नका लागि भए पनि सरकारले कृषि क्रान्तिमा विशेष जोड दिन सक्नुपर्दछ भने अर्कोतिर खाद्यान्न खेर फाल्ने प्रवृत्ति निरुत्साहित गर्नै पर्दछ । किनभने नेपालमा पनि खाना फाल्ने चलन समान्य भइसकेको छ । होटल वा रेस्टुरेन्टमा जाँदा होस् वा पार्टी तथा घरपरिवारको जमघटमा नै किन नहोस्, चाहिनेभन्दा बढी खाना लिने र खान नसक्दा फाल्ने प्रवृत्ति यहाँ बढ्दो छ । त्यस्तै खेतवारीबाट उब्जाइएको अन्न, तरकारी र माछामासु पनि उत्तिकै मात्रामा खेर जाने गरेको छ । खाद्य आचरण र संस्कृतिले पनि यसलाई थप मलजल र बढावा दिएको छ । होटल, रेस्टृरेन्ट, पार्टी वा अन्य कुनै पारिवारिक जमघटमा खाना थपेर खाँदा लाज हुने भन्दै थालभरि अटाइ नअटाइ हाल्ने र अलिकति खाएर फालिदिने प्रवृत्ति शहरी क्षेत्रका पढेलेखेका युवा पीढीमा झन् बढी देखिएको छ । खेतबारीबाट उब्जाइएको अन्न, तरकारी र माछामासु पनि उत्तिकै खेर जाने गरेको छ ।
     विकासोन्मुख मुलुकहरूमा ४० प्रतिशतभन्दा बढी क्षति खाद्यान्न बाली भित्र्याइएपछि र प्रशोधनका बेला हुने गरेको छ । फसल भित्र्याउन आवश्यक प्रविधि, भण्डारण र विभिन्न मौसमी अवस्थामा चिस्यान सुविधा, पूर्वाधार, प्याकेजिङ र बजारीकरण व्यवस्था लगायत समस्याले खानेकुराको नोक्सानी हुने गरेको छ । त्यसैले होटल, रेस्टृरेन्ट, पार्टी वा अन्य कुनै पारिवारिक जमघटमा खाना खाँदा बाँकी रहेको खाना पोको पारेर घर लैजाँदा लाज मान्ने प्रवृत्ति अन्त्य गर्नुपर्दछ । यसका साथै खाना खेर फाल्नेविरुद्ध व्यापक जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम अभियानको रूपमा सञ्चालन गर्नुपर्दछ । बिक्री नभएको र खानयोग्य खानेकुरालाई सहयोगस्वरूप वितरण गर्ने वा मूल्य घटाएर भए पनि बेच्न सके यसमा केही हदसम्म कमी ल्याउन सकिन्छ । खेर जाने खाद्यपदार्थ न्यूनीकरणको लक्ष्य निर्धारण गरी सोही अनुरूप रणनीति, कार्ययोजना र कार्यक्रम बनाएर त्यसलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्दछ । खाद्यान्न खेर फाल्ने अभियानविरुद्ध सरकार, गैरसरकारी संस्था र निजी क्षेत्र एकैसाथ हातेमालो गरी अगाडि बढ्न सके यो समस्यामा कमी आउने नै छ ।
          कजष्तबmिबजबतय२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सोचौं, खाऔं र बचाऔं
सोचौं, खाऔं र बचाऔं
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjilvwkNQchRwTSK4sRDoBg3L37lXkHwDPRNJv3-fC3tPuATfT60SmRbQfBiuX9XmDM0eibhdZztBxUw-9JInTryhnZ-R1pqBRMOafMO9NO13VzYwLO1Cg4308MvbqnD1j_wA2NHQ2cTbzY/s200/sheetal+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjilvwkNQchRwTSK4sRDoBg3L37lXkHwDPRNJv3-fC3tPuATfT60SmRbQfBiuX9XmDM0eibhdZztBxUw-9JInTryhnZ-R1pqBRMOafMO9NO13VzYwLO1Cg4308MvbqnD1j_wA2NHQ2cTbzY/s72-c/sheetal+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/09/blog-post_3237.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/09/blog-post_3237.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy