वीरगंज, १४ भाद्र/
वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवं फाउन्ड्री एशोसिएसन, ब·लादेशका पदाधिकारीबीच द्विपक्षीय व्यापार विस्तारबारे भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
फाउन्ड्री एशोसिएसन, ब·लादेशका अध्यक्ष ऐनुल हक सोहेलले नेपाल–ब·लादेशबीच विद्यमान व्यापार सम्बन्ध विस्तार तथा द्विराष्ट्रिय व्यापार आभिवृद्धि सहज तुल्याउन आर्थिक एवं औद्योगिक गतिविधिबारे जानकारी प्राप्त गर्नु भ्रमणको उद्देश्य रहेको कुरा मन्तव्यमार्फत् व्यक्त गरेका थिए ।
उक्त भेटघाट कार्यक्रममा वीउवासङ्घका अध्यक्ष बैदले विगतमा सङ्घबाट गएको व्यापारिक भ्रमण टोलीलाई ब·लादेशका व्यापारिक सङ्घसंस्थाहरूले त्यहाँको आर्थिक तथा औद्योगिक गतिविधिबारे दिएका जानकारी तथा सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले नेपाल र ब·लादेशबीच विद्यमान आर्थिक सम्भावना तथा अवसर विस्तार गर्न द्विपक्षीय सहकार्य हुनुपर्ने विचार व्यक्त गर्दै पर्सा/बारा क्षेत्रका आर्थिक, औद्योगिक गतिविधिबारे जानकारी गराएका थिए । अध्यक्ष बैदले वीउवासङ्घले उद्योग, व्यापारको विकास तथा निजी क्षेत्रको क्षमता अभिवृद्धिका दिशालगायत देशको आर्थिक विकासको लागि निर्वाह गर्दै आइरहेको कार्यहरूबारे एशोसिएसनका अध्यक्षलाई जानकारी गराएका थिए ।
छलफलको अवसरमा सङ्घका भू.पू अध्यक्ष गणेशप्रसाद लाठ, नि.अध्यक्ष अशोककुमार टेमानी, सचिव अनिल पटवारीलगायतले ब·लादेश–नेपालबीच व्यापारिक सम्बन्धबारे जिज्ञासा प्रकट गरेका थिए ।
कार्यक्रममा फाउन्ड्री एशोसिएसन, ब·लादेशका उपाध्यक्ष अब्दुल मलेक, महासचिव ए.के.एम. यकुब सत्तार चौधरी, पर्यवेक्षक शौकत आलम, कन्सल्टेन्ट रतनकुमार सेन, सञ्चारकर्मी ए.एच.एम. अख्तरूज्जमनको उपस्थिति थियो भने वीउवासङ्घको तर्फबाट सङ्घका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको उपस्थिति थियो ।
सङ्घका महासचिव गोपाल केडियाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले गरेका थिए ।