- बैद्यनाथ ठाकुर
अनुभव अनुभूतिहरूको समष्टि हो । एउटा पुस्ताले गरेको अनुभव अर्को पुस्ताको लागि अमूल्य सम्पदा हो । समाजको प्रत्येक क्षेत्रमा प्रत्येक व्यक्तिले नयाँ–नयाँ अनुभूति प्राप्त गरिरहेको हुन्छ । देश, काल र परिस्थितिले तत्कालीन परिवेशमा रहेका प्रत्येक क्षेत्रमा खास प्रभाव पारिरहेको हुन्छ । तिनै नयाँ–नयाँ प्रभावले नयाँ–नयाँ अनुभूतिहरूलाई जन्म दिइरहेको हुन्छ । संसारको परिवर्तनको यस नियमलाई बुझ्न नसकेपछि व्यक्तिहरूभित्र भाग्यवाद हावी हुन आउँछ । वास्तवमा प्रकृतिमा परिवर्तनको गोलचक्कर बडो जटिल हुन्छ । यसलाई द्वन्द्ववादी भएर बुझ्यो भने यसको सबै रहस्यमाथिको पर्दा उठाउन सजिलो हुन्छ अन्यथा एउटा अनन्त कालो लामो सुरुङभित्र भाग्य र भगवान्वादले मानिसलाई निरीह बनाएर जीवनभरि भौंतारिन छाडिदिन्छ । जहाँ ज्ञानको अभावमा, अझै खासरूपमा भन्ने हो भने विज्ञानको तथ्यमूलक ज्ञानको अभावमा मानिसहरू विभिन्न खाले भ्रमको शिकार हुन पुग्छन् । हो यही अवस्थाबाट फाइदा उठाउन राज्य तथा धर्मका ठेकेदारहरूले मानिसलाई हुँदै नभएको तेस्रो दुनियाँ, चमत्कारी दुनियाँ अर्थात् सुपर पावरको दुनियाँमा काल्पनिकताको संसार बनाएर भयभीत बनाई विभिन्न प्रकारको प्रताडना र चरम यातनाको कुरा उठाएर मानसिक रूपमा अध्यात्मवादमार्फत् गुलाम तथा अपाहिज बनाउन प्राचीनकालदेखि सफल हुँदै आएको छ । यस प्रकारको गोलचक्कर यति लामो समयदेखि रचिंदै आएको छ कि मानव समाजभित्र भ्रमहरू, झूटहरू तथा कपोलकल्पित घटना वृत्तान्तहरू जीवनको साँचो, सत्य, कटु सत्यजतिकै अभिन्न अ·को रूपमा स्थापित भइसकेको छ । यति बेला मानव समाजलाई यस्तो भ्रमबाट मुक्ति पाउन बडो कठिन भइरहेको छ ।
अन्धविश्वास हाम्रो समाजमा युगौदेखि आम नागरिकबीच हुर्काइएको यस्तो खेती हो, जसको फलले सामाजिक जीवनलाई तहसनहस गरिरहेको छ । तर पनि आजको आधुनिक मानव र पुरानो सभ्यतामा रमाउने सन्ततिसमेत अन्धविश्वासको शिकार भइरहेको छ । खासगरी नेपाली समाजमा अन्धविश्वास भयावह रूप धारण गरेको अवस्थाबाट हामी कोही इन्कार गर्न सक्दैनौं । देशभरि जातीयता, छुवाछुत, बोक्सीप्रथा, भूतप्रेतको दुनियाँ तथा स्वर्ग र नर्कको को कल्पनाले यस्तो परिस्थिति उत्पन्न गरेको छ कि हामीहरू कानुनीरूपमा यिनीहरूलाई अवैधानिक घोषणा गरे तापनि व्यवहारमा जस्ताको त्यस्तै रहेको छ । आजभन्दा पचास वर्ष पहिले बरु बोक्सीको आरोपमा मानिसहरू पशुजस्तो प्रताडित भएको घटना सुनिंदैनथ्यो । चार पाँच वर्षका नाबालिकादेखि सत्तरी वर्षका वृद्धाहरू यसरी शृङ्खलाबद्ध बलात्कारको शिकार भएका घटना हुँदैनथ्यो । अनुशासन र मर्यादालाई स्वतन्त्रताको नाममा यस्तो स्वच्छन्दताभित्र कहिले पिन खुलेआम लिलाम गरिएको थिएन ।
विकास भनेपछि जहिले पनि अगाडि बढ्नु हो भन्ने वैज्ञानिक संश्लेषण हो । उत्पत्ति विकास अनि पतनको प्रक्रियाबाट प्रकृतिमा सबै कुराहरू अनिवार्यरूपले गुज्रिनै पर्छ । हामीले देखिरहेको पृथ्वी, सूर्य, चन्द्रमा यिनीहरूको एउटा खास समयमा एउटा खास प्रक्रियाबाट उत्पत्ति भएको हो र यी कुराहरूको एउटा निश्चित अवधिसम्म विकास भइरहने छ । अन्तमा एक दिन यस्तो आउने छ जब यिनीहरू अस्तित्वहीन भएर जानेछ त्यति बेला यिनीहरू कुनै शून्यमा बिलाउने छैन बरु तिनका ठाउँमा फेरि नयाँ चीज देखिने छ र फेरि त्यसको पनि एउटा निश्चित अवधिसम्म विकास हुनेछ र अन्तत: त्यसको पनि पतन अर्थात् विघटन अनिवार्य छ र पुन: त्यसको ठाउँ अर्को नयाँ वस्तुले लिन्छ र विकास सम्बन्धी त्यही नियमलाई निरन्तर पछ्याइरहन्छ ।
यति बेला प्रश्न उठ्छ हाम्रो समाज विकासको अवस्थामा छ कि पतनको अवस्थामा ? यसलाई बुझ्न जरुरी छ । हाम्रो समाज वास्तवमा यति बेला विकास र पतन दुवैको दोसाँधबाट गुज्रिरहेको छ । पुराना मक्किइसकेको, काम नलाग्ने नयाँको विकासमा तगारोको रूपमा देखिएका सबै पुराना कुराहरू विघटनको दिशामा अगाडि बढिरहेको छ । त्यसैले हिजोसम्म ठूला र महान् ठानिएकाहरूको आकार आज बामपुड्के भइसकेको छ । तिनीहरू महान् होइन तुच्छ बनेर व्यापक मानसपटलभित्र मात्र होइन इतिहासमा दर्ज भइसकेको छ । हिजो महान् ठानिएका मान्यता र मूल्यहरू राजतन्त्रसँगै अझै सामन्तीतन्त्रसँगै श्मशानघाटमा सेलाउने तहमा पुगिसकेको छ । यस्तो अवस्थामा हामीले बुझ्ने कुरा के हो भने हिजा स्वर्ग ठानिएका विषयहरू यति बेला उब्जेका वितृष्णा र घृणाभित्र नयाँ–नयाँ मूल्य र मान्यताको बीजारोपण भई समाजमा आइसकेको छ । नयाँले पुरानोलाई विस्थापित गर्नु प्रकृतिमा स्वाभाविक हो । तर यो प्रक्रिया त्यति सहज र स्वाभाविक सम्पन्न हुँदैन । यसले गर्दा समाजभित्र निकै अस्वाभाविकता उत्पन्न हुन्छ । खास गरेर अन्तरिम अर्थात् सङ्क्रमणकालमा झन् यो बडो अस्पष्ट, गन्जागोल र भद्रगोलको अवस्थाबाट गुज्रिरहेको हुनाले ठ्याक्कै यही नै हुन्छ भन्न गार्हो हुन जान्छ ।
यति बेला सबै क्षेत्रका सरोकारवाला सुधार र विकासको आशमा बाँचिरहेका छन् । उनीहरूलाई लाग्छ आगामी दिनमा सबै कुरा ठीक हुन्छ तर प्रत्येक वर्ष अराजकता, दण्डहीनता तथा भ्रष्टाचार र भद्रगोल पहिलेभन्दा झन् झन् बढ्दै गइरहेको छ । यसले गर्दा व्यापकरूपमा मानिसहरूमा निराशाको भाव बढ्दै गएको छ । उनीहरू यतिधेरै निराशाको शिकार भइरहेका छन् कि जुन चीजको लागि हिजोसम्म ज्यानसमेत गुमाउन तयार थिए, आज त्यो अरू कोहीले खोस्न थाले पनि मलाई के काम भनी पन्छेर बस्ने तहमा पुगेका छन् । डिप्रेसनको स्तर आम मानिसमा यति धेरै छ कि उनीहरू राजनीतिक आन्दोलन तथा विद्रोहको नाम पनि सुन्न चाहँदैनन् । उनीहरूलाई यी शब्दसँगै एलर्जीजस्तो भएको छ । तर पनि उनीहरूसँग खासै विकल्प नभएको हुनाले आफ्नो इच्छाविपरीत सबै कार्य सहन बाध्य छन् । पूर्णरूपेण किंकर्तव्यविमुढताको यो अवस्था लामो समयसम्म कायम राख्न सकिंदैन । अन्तत: एउटा यस्तो सुनामी आउँछ, जसले अहिलेको सबै बाधा व्यवधान बगाएर लैजाने छ । यति बेलासम्म भद्रगोल र सङ्क्रमणकाल भित्रैबाट त्यसको तयारी भइरहेको भए पनि हामीले त्यसको अनुभूति गर्न सकिरहेका छैनौं । वास्तवमा जसरी सिरहाको एउटा सानो घटनाले मधेसको २२ जिल्लामा आगो बाल्यो र मुलुकमा सङ्घीयता स्थापना गर्न कर लाग्यो, ठीक त्यसैगरी अब आउने सुनामीले जनताको सच्चा गणतन्त्र र जनताको संविधान लेख्न तगारोको रूपमा देखिएको सम्पूर्ण कुडा–करकट पाखा लगाइदिनेछ । भनिन्छ– बगेको खोला र हिंडेको मानिस कहाँ पुग्छ ठेगान हुँदैन । स्वतन्त्रता, हक अधिकार र मुक्तिको आन्दोलनमा लागेकाहरूले जस्तोसुकै अप्ठेरो बाटोबाट भए पनि गन्तव्यमा पुगेरै छोड्ने कुरामा शड्ढा गर्नुहुँदैन । वर्गीय मुक्तिको लागि गठन गरिएको जनसेनाको समायोजन वा विघटन हुँदैमा अब सधैंभरिको लागि सर्वहारा श्रमिकहरूलाई दास बनाएर राख्न पाइन्छ भन्ने मनोविज्ञान सामन्ती शासकहरूले पाल्नु ठीक छैन । हिजोको सशस्त्र आन्दोलन रूपमा सेलाएको देखिए पनि सारमा यो अझै भूसको आगोजस्तै सल्किरहेको छ । कतिखेर विस्फोटक अवस्था तयार पार्छ भन्न सकिन्न । त्यसैले विद्यमान गतिरोधको निकास वैज्ञानिक ढ·ले निकाल्न जरुरी छ ।