प्रस, वीरगंज, १२ साउन
दोस्रो संविधानसभाको चुनावलाई बिथोल्ने प्रयास गरिरहेका केही दलहरूलाई चुनावमा सहभागी गराउनका लागि सरकार तथा उच्च राजनीतिक संयन्त्रले प्रयास जारी राखेको मजफो गणतान्त्रिकका अध्यक्ष्ँ राजकिशोर यादवले बताए ।
पार्टीको भ्रातृ स·ठन सुदृढीकरणका लागि वीरगंज आएका अध्यक्ष यादवले मधेसी पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावमा भाग नलिने घोषणा गरेका दलहरूको सहभागिताबिना कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन नसक्ने दाबी गरे ।
सरकार तथा उच्च राजनीतिक संयन्त्रले ती दलहरूलाई जसरी पनि सहमतिमा ल्याउन भरमग्दुर प्रयास गरिरहेका अध्यक्ष यादवले बताए ।
विगतबाट पाठ नसिकेर दलहरू अगाडि बढे मुलुकलाई अपूरणीय क्षति हुने उनको भनाइ थियो । विगतको संविधानले सम्पूर्ण नेपालीलाई समेट्न नसकेकोले आज देशको अवस्था यस्तो भएको पनि उनले बताए । निर्वाचन क्षेत्र निर्धारण आयोगले पेश गरेको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै उनले जनसङ्ख्याको आधारमा निर्वाचन क्ष्ँेत्र निर्धारण नगरेआप्mनो पार्टी आन्दोलन गर्न पछि नपर्ने अध्यक्ष्ँ यादवले बताए ।
विगतको संविधानसभाले धेरै विषयमा सहमति गरिसकेकोले सहमति हुन नसकेका विषयहरूमाथि अहिले नै छलफल र सहमति गर्दा आगामी संविधानसभाबाट संविधान जारी गर्न सजिलो हुने उनले सुझाव दिए । मधेसी दलहरूबीच एकता जरुरी भएपनि आपसी मदभेदका कारण एकीकरण असम्भव रहेको बताए । विभिन्न तŒवहरूले निर्वाचन बिथोल्न खोजे पनि उनीहरूको प्रयास असफल हुने दाबी उनको थियो ।