वीरगंजको आवास क्षेत्र पानीटङ्की तथा मुर्ली बगैंचाका सम्पूर्ण विद्यार्थीलाई वर्षायाममा भोग्नुपर्ने दु:खको हामी कल्पना पनि गर्न सक्दैनौं । यस क्षेत्रमा वीरगंजको महत्त्वपूर्ण स्कूल तथा कलेज रहेको सर्वविदित छ । मिनील्यान्ड मावि, बालसंसार मावि, एन्जल मावि तथा बिपिसी कलेज यसै क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा परेका विद्यालय तथा कलेजका सम्पूर्ण विद्यार्थीले फोहर र दुर्गन्धित पानीको बाटो भएर विद्यालय जानुपर्ने बाध्यता छ ।
अरू विद्यालयका विद्यार्थीहरू पनि यस क्षेत्रका बासिन्दा छन् । उनीहरूलाई पनि वर्षायाममा यस्तै समस्या भोग्नुपरेको छ । हाम्रा साथी सिद्धार्थ गुप्ता पनि यसै क्षेत्रका बासिन्दा हुन् र विद्यालय आउँदा र जाँदा उनलाई अप्ठ्यारो हुन्छ । विद्यार्थीहरूको शरीर कलिलो र कमजोर हुन्छ जसले गर्दा पानीमा बस्ने जनावरहरूले हामीलाई टोक्न सक्ने खतरा हुन्छ । यदि बढी पानी पर्यो भने पानीटङ्की र मुर्ली बगैंचाका स्कूलहरू प्राय: बन्द रहन्छ र पठनपाठनमा प्रतिकूल असर पर्छ ।
पानी जम्दा हाम्रो शहरको सडकको स्तर घटिरहेको छ । वीरगंजमा नालाको पनि राम्रो व्यवस्था छैन जसले शहरको उन्नतिमा असर पर्छ ।
प्रतीक दैनिकको पाठकपत्र माध्यमले सरोकारवालालाई यस समस्याको समाधान कसरी हुन्छ त्यसप्रति जागरुक भई समाधान गर्ने गराउनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।
–शिवानी चौधरी, कक्षा: ९, माउन्ट एडमन्ड मावि, वीरगंज