प्रश्न: आजकल केटाकेटीको विवाहमा देखासुनीदेखि विवाह हुने दिनसम्म अत्यधिक खर्च र तडकभडक हुने गरेको देखिन्छ । विवाह छिनोफानो गर्न नै पचासभन्दा बढी केटा पक्षका मानिस केटी पक्षकहाँ पुग्ने गरेको देखिन्छ सुनिन्छ । सबैलाई कपडा तथा नगद दक्षिणा केटी पक्षले दिनुपर्ने बाध्यता रहेको सुनिन्छ । यसर्थ केटाकेटीको विवाह गर्दा गराउँदा तिलक दाइजो लिन दिन हुन्छ कि हुँदैन ? विवाहमा जन्त कतिसम्म लान सक्ने कानुनी प्रावधान छ ? तिलक लिए दिएमा के कस्तो सजायको व्यवस्था छ ? यसको कानुनी कार्यवाहीको प्रक्रिया के हो ?
–श्रीकान्त
उत्तर: नीरजजी, केटाकेटीको विवाह गर्दा गराउँदा सामाजिक व्यवहार (सुधार) ऐन २०३३ बमोजिम तिलक–दाइजो वा कुनै किसिमको नगद वा जिन्सी कर लगाएर लिनुहुँदैन । छेकालगायत कुनै काममा पनि बढी खर्च गर्न बाध्य पार्नु हुँदैन । विवाहमा लेनदेनको निम्ति मोलतोल पनि गर्नुहुँदैन । विवाह गर्दा गराउँदा न दुलहा पक्षले तिलक लिन पाउँछ, न दुलही पक्षले दुलहा पक्षबाट आफ्नो लागि केही नगदी जिन्सी लिन पाउँछ । विवाह हुँदा वा विवाहपछि यति नगदी, जिन्सी, दाइजो, दान–बकस भेटी बिदाइ उपहारसमेत जुनसुकै रूपमा दिनुपर्छ भनी कर लगाउनुहुँदैन । दुवै पक्षले अगावै तय गर्नुहुँदैन, दाइजो दिएन भनी टण्टा गर्नुहुँदैन, त्यतिकैको भरमा विवाह गर्न इन्कार गर्नुहुँदैन । जीउमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कुल परम्परा अनुसार राजीखुशीले दिनेले पनि बढीमा दश हजार रुपियाँसम्मको मात्र दाइजो दिन हुन्छ । जन्तको सदर्भमा ५१ जनाभन्दा बढी जन्त लानुहँुदैन । जन्तमा आतिशबाजी गर्नुहुँदैन, एघारजना भन्दा बढी बाजावाला लानुहुँदैन । विवाहमा भोज गर्दा पनि एकाउन्नजना भन्दा बढीलाई आमन्त्रण गर्नुहुँदैन भन्ने कानुनी प्रावधान छ । सजायको सन्दर्भमा तिलक लिए–दिएमा बिगो जफत गरी बार्ह हजारदेखि पचीस हजार रुपियाँ जरिवाना वा तीस दिन कैद वा दुवै सजाय, दाइजो लिएमा बिगो जफत गरी दश हजाररुपियाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । जन्त बढी लगेमा दश हजार रुपियाँ सम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय, कानुन बमोजिमबाहेक भोज गरेमा बीस हजार रुपियाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुन्छ । सरकारी कर्मचारीले उपरोक्त कसुर गरेमा उपरोक्त सजायको अतिरिक्त विभागीय कार्यवाही पनि गरिने कानुनी प्रावधान छ । तर उपरोक्त कार्यवाही र सजाय निम्ति उजुर परेको हुनुपर्छ । उजुर नपरेसम्म कारबाई हुँदैन । कोही न कोहीले सम्बन्धित निकायमा उजुर गर्नै पर्छ । विवाहमा भएको खर्चको हिसाबकिताब प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुपर्ने प्रावधान छ । उजुर परेपछि प्रमुख जिल्ला अधिकारीले खर्चको विवरण माग गर्न सक्नेछन् । तोकिएको मितिमा विवरण नदिनेलाई पनि तीन हजार रुपियाँसम्म जरिवाना वा तीन दिनसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । यस्ता किसिमको मुद्दामा नेपाल सरकार वादी हुन्छ र प्रमुख जिल्ला अधिकारीले मुद्दा हेर्छन्, फैसला गर्छन् ।
प्रश्न: बोक्सीले कसैलाई बिरामी बनाएको वा कसैको ज्यान लिएको दाबी कानुनले मान्छ कि मानदैन ? बोक्सीको आरोपमा कसैलाई दुव्र्यवहार गरियो भने के सजाय हुन सक्छ ? त्यस्तो दुव्र्यवहार गर्नेलाई कार्यवाही चलाउन के कानुनी प्रक्रिया छ ?
–मनोज सर्लाही अधिकारकर्मी
उत्तर: मनोजजी, बोक्सीले कसैलाई बिरामी पारेको वा कसैको ज्यान लिएको कुरामा कानुनले विश्वास गर्दैन, त्यस्तो दाबी लाग्न सक्दैन । बोक्सीको आरोपमा कसैसँग कसैले दुव्र्यवहार गर्यो भने त्यो नेपाल कानुन अनुसार अपराध हो । त्यो अपराध गर्ने व्यक्तिलाई कानुनले सजाय गर्छ । मुलुकी ऐन अदलको महल अनुसार कसैले कसैलाई बोक्सो वा बोक्सीको आरोप लगाउने वा त्यस्तो आरोपमा निजलाई बसोवास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने वा अन्य कुनै अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा यातना दिने काम गरेमा वा कुनै रोग लागेको व्यक्तिलाई त्यस्तो रोग लागेको कारणबाट तिरस्कार वा अमानवीय वा अपमानजनक व्यवहार गरी निजलाई बसोबास गरेको ठाउँबाट निकाला गरेमा, तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजारदेखि पचीस हजारसम्म जरिवाना वा दुवै सजाय हुन्छ भन्ने कानुनी प्रावधान छ । यस्तो मुद्दामा नेपाल सरकार वादी हुने भएकोले पीडित पक्षले पीडकउपर समबन्धित प्रहरी कार्यालयमा जाहेरी दरखस्ता दर्ता गराउनुपर्छ । पीडकलाई पक्राउ गरी अनुुसन्धान गरी मुद्दा चलाइन्छ । अपराध प्रमाणित भएमा सजाय हुन्छ ।

- अधिवक्ता वीरेन्द्रप्रसाद यादव