प्रस, वीरगंज, १४ साउन/
पर्सा जिल्लामा आव २०६९/०७० मा ५१ करोड ८९ लाख २८ हजार २ सय ९८ रुपैयाँ फ्रिज भएको छ ।
महालेखा नियन्त्रक कार्यालय अन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले जारी गरेको वार्षिक बजेट निकासा र खर्चको प्रतिवेदनमा जिल्लामा आएको रु. ३ अर्ब ४८ करोड २७ लाख १७ हजार ६ सय ९५ मध्ये जिल्लास्थित ७३ वटा विभिन्न सरकारी कार्यालयहरूले रु.२ अर्ब ९६ करोड १७ लाख ८९ हजार ३ सय ९७ खर्च गरेको र बाँकी रु. ५१ करोड ८९ लाख २८ हजार २ सय ९८ फ्रिज भएको जनाएको छ ।
आव २०६९/७० मा सबैभन्दा बढी जिल्ला शिक्षा कार्यालय पर्साको रु. ३१ करोड २० लाख ७४ हजार १ सय १९ फ्रिज भएको छ भने दोस्रोमा जिविस पर्साको रु. ६ करोड ७२ लाख २४ हजार ६ सय ३० फ्रिज भएको छ । यसैगरी नारायणी सिंचाइ व्यवस्थापन डिभिजन नं. ५ को रु. १ करोड ८५ लाख ५२ हजार ९ सय ४९, जिल्ला जनस्वास्थ्य कार्यालयको रु. १ करोड ४८ लाख ५८ हजार ५ सय ८, वीरगंज भन्सार कार्यालयको रु. १ करोड २३ लाख ५३ हजार ५ सय ८४, गुरु गोरख गण आधाभारको रु. १ करोड २३ लाख ३६ हजार ६ सय ९७ र मध्यमाञ्चल सिंचाइ विकास डिभिजन नं. ४ को रु. १ करोड ५ लाख ८७ हजार ५ सय ७ रकम फ्रिज भएको छ।
जिल्लास्थित ७३ वटा सरकारी कार्यालयहरूमध्ये वप्रका श्रीपुर, इप्रका पटेर्वा सुगौली, वप्रका बिर्ता, जिल्ला पशु सेवा कार्यालय, इप्रका पोखरिया, ठोरी, दुर्गा दल गुल्म आधाभार, बाल कल्याण गृह, शैक्षिक तालिम केन्द्र गरी ९ वटा कार्यालयले मात्र विनियोजित रकम पूरै खर्च गरेका छन् ।
यसैगरी लाखको सङ्ख्यामा नाउक्षे अस्पताल, जिल्ला प्राविधिक, वीउमनपा, बरख गण श्रीपुर, नापी कार्यालय, पर्सा वन्यजन्तु आरक्ष, पर्यटन कार्यालय, अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको रकम फ्रिज भएको छ । कोलेनिकाको रु. १५ लाख ५४ हजार ४ सय ५१ फ्रिज भएको छ ।
सबैभन्दा कम रकम फ्रिज हुनेहरूमा सैनिक मालचलानी अड्डाको रु.२९.६२, सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट अमरपट्टीको रु.५७.६६, सप्रब बोर्डर आउटपोस्ट सबैठवाको रु. ९५.६६ र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयको रु.४३१.१८ रकम फ्रिज भएको छ ।