प्रस, वीरगंज, १३ साउन/
परसौनीभाठा गाविसका सचिव अवधेश साह तेलीलाई गाउँलेहरूले कुटपिट गरी सवा लाख रुपियाँ लुटेका छन्।
परसौनीभाठा गाविस अन्तर्गत परसौनीभाठा, भेलाहा, बटसौरा र हसवा टोलमा दलित बालबालिका संरक्षण भत्ता वितरणका लागि पुगेका सचिवलाई स्थानीय मोहन राउत अहिरसहितको टोलीले कुटपिट गरी निजसँग रहेको रु. १ लाख २६ हजार लुटेको सचिव तेलीले बताए।
दलित बालबालिका संरक्षण भत्ता वितरणका लागि गाउँ पुगेकोमा मोहन राउत अहिर, मुन्ना राउत अहिर शत्रुघ्नप्रसाद यादवलगायतले कुटपिट गरेको र दलित बालबालिका संरक्षण भत्ता वितरणका लागि ल्याएको रु. १ लाख २६ हजार कुटपिट गर्नेहरूले लुटेको आरोप लगाएका छन्।
गाविस सचिव तेली कुटिएपछि गाविस हकहित संरक्षण मञ्च केन्द्रका सचिव राजेश्वर तेलीले जिप्रका पर्सामा लिखित जाहेरी दर्ता गराएका छन्।
केन्द्रका सचिव तेलीले गाविस सचिव तेली उपर भएको कुटपिट, लुटपाटको घटनामा संलग्न दोषीहरूमाथि कारबाई गर्न माग गरेका थिए।
प्रजिअले घटना सम्बन्धमा अनुसन्धान गरी दोषीलाई कारबाई गर्ने प्रतिबद्धता जाहेर गरेको बताइएको छ।