- ई. गोपाल श्रेष्ठ
एक्सइम भन्नाले एक्सपोर्ट–इम्पोर्ट बुझिन्छ अर्थात् निर्यात–आयात । हरेक राष्ट्रले स्वदेश तथा विदेशमा उत्पादित दैनिक उपभोग्य वस्तु खाद्यान्नलगायत लत्ता–कपडा, इन्धन, बहुमूल्य धातु तथा गरगहना, मेशिन तथा मेशिनरी पार्टपुर्जाहरूदेखि सवारी साधनहरूको एक्सपोर्ट र इम्पोर्ट गर्दछ । स्वदेशमा उत्पादित वस्तु बढी मात्रामा एक्सपोर्ट हुन सक्यो र स्वदेशको हरेक आवश्यकता स्वदेशबाट नै पूर्ति हुन सक्यो अर्थात् एक्सपोर्टले इम्पोर्टलाई जित्न सक्यो भने राष्ट्रको आर्थिक अवस्था सुदृढ हुँदै जान्छ । तर उत्पादन, गुणस्तर र मूल्य निर्धारणका कारण राष्ट्रको हरेक आवश्यकता पूर्ति गर्न सक्षम हुन सकेन भने आवश्यकता पूरा गर्न वैकल्पिक बाटोको रूपमा इम्पोर्टलाई रोज्नुपर्छ । यो अवस्थामा राष्ट्रको आर्थिक अवस्था बिग्रन्छ । हाम्रो देशको गत आव ०६९/०७० को साउनदेखि वैशाखसम्म १० महिनाको प्रकाशित तथ्याड्ढ अध्ययन गर्दा एक्सपोर्ट/निर्यात ६२ अर्ब ७० करोड ६० लाख बराबर छ भने इम्पोर्ट/आयात ४ खर्ब ९४ अर्ब ९४ करोड ४८ लाख बराबर छ, अर्थात् झन्डै आठ गुना बढी । अचम्मको कुरा त के छ भने हाम्रो एउटै दैनिक उपभोग्य वस्तु पेट्रोलियम पदार्थ (इन्धन) को इम्पोर्ट/आयात हाम्रो कुल एक्सपोर्ट/निर्यात भन्दा बढी छ अर्थात् हामीले झन्डै ९१ अर्ब बराबरको पेट्रोलियम पदार्थ (इन्धन) इम्पोर्ट/आयात गर्यौं जुन हाम्रो कुल एक्सपोर्ट/निर्यात रकमभन्दा २८ अर्ब बढी छ । अब प्रश्न उठ्छ– राष्ट्रको गिर्दो आर्थिक अवस्था सुधार्न हामीले के गर्यौं ? इम्पोर्ट/आयात घटाउन के गर्यौं ? अनि, एक्सपोर्ट/निर्यात बढाउन के गर्यौं ?
उपरोक्त प्रश्नहरूको उत्तर निराशाजनक छ । अर्थात् १ वर्ष अगाडि आ.व. ०६८/०६९ को १० महिनामा हामीले झन्डै आ.व. ०६०/०७० को जत्तिकै सामान एक्सपोर्ट/निर्यात गर्यौं । इम्पोर्ट/आयात चाहिं आ.व. ०६८/०६९ को तुलनामा आ.व. ०६९/०७० मा झन्डै १ खर्बले बढायौं । यो स्थितिले हामी नेपालीहरू कोही पनि राष्ट्रप्रेमी देखिदैनौं । वास्तविक राष्ट्रप्रेमी हुन त हामीले एक्सपोर्ट/निर्यात बढाउनु नै पर्छ र इम्पोर्ट/आयात घटाउनुपर्छ । विडम्बनाको कुरा त हामीले १० महिनामा १६ अर्बभन्दा बढी रकमको खाद्यान्न (अन्न, फलफूल तथा तरकारीजन्य वस्तु) इम्पोर्ट/आयात गर्यौं । अझ ३ वर्षको तथ्याड्ढ हेर्यौं भने त १ खर्ब ४४ अर्बको कृषिजन्य वस्तु इम्पोर्ट/आयात गरेका छौं । के हामी दैनिक उपभोग्य तथा खाद्यान्न वस्तु उत्पादन गर्न जान्दैनौं ? के हामीसँग कृषि उत्पादन गर्न जग्गा (खेतबारी) छैन ? त्यस्तै हामीले २१ अर्बभन्दा बढी रकमको सुन इम्पोर्ट/आयात गर्यौं । के सुन अति आवश्यक वस्तु हो ? सुन नभएर के हामी मर्छौं ? त्यस्तै एक्सपोर्ट/निर्यात तर्फ आ.व. ०६७/०६८ को तुलनामा आ.व.०६९/०७० मा कार्पेटको एक्सपोर्ट/निर्यात १३.४ प्रतिशतले घटेको छ ।
वनस्पति घिउ/तेलको एक्सपोर्ट/निर्यात ४०.५ प्रतिशतले घटेको छ भने नुडलको १५ प्रतिशतले घटेको छ । धागो/यार्नको एक्सपोर्ट/निर्यात १०.४ प्रतिशतले घटेको छ भने पश्मिनाको ७.५ प्रतिशतले घटेको छ । त्यस्तै जुटको सामानको एक्सपोर्ट/निर्यात १४.४ प्रतिशतले घटेको छ भने नेपाली कागज तथा यसबाट निर्मित सामानको निर्यात १४.५ प्रतिशतले घटेको छ ।
हाम्रो अलैंची, चिया, दाल, अदुवा तथा जडिबुटीले राम्रो अन्तराष्ट्रिय बजार पाएको छ । आ.व. ०६९/०७० को १० महिनामा ३ अर्बको अलैंची, १.६ अर्बको चिया, २.४ अर्बको दाल, १ अर्बको अदुवा र १ अर्बको जडिबुटी एक्सपोर्ट/निर्यात भएको छ । हाम्रो प्रविधि, कार्यशैली, गुणस्तरप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिंदै यी सामानहरूको अन्तर्राष्ट्रिय बजार हामीले खस्किन दिनुहुँदैन र हाम्रो ‘मार्केटसेयर’ बढाउदै लानुपर्छ । सरकार र निजी क्षेत्र मिलेर काम गर्यो भने यो सम्भव छ ।
एकातिर सरकार ब्युरोक्रेटिक हुँदै गयो र अर्कोतिर निजी क्षेत्रले कर्पोरेट मेनेजमेन्टको अवधारणा व्यवहारमा उतार्न मानेन भने, हामीले हाम्रो प्रतिस्पर्धात्मक क्षमता गुमाउँछौं । हामीले उत्पादन नै गर्न नसक्ने सामान जस्तो हेभी मेसिन तथा अत्याधुनिक उपकरण, पेट्रोलियम पदार्थ (इन्धन) आदि इम्पोर्ट/आयात गर्नु उचित नै छ । तर, अन्न, फलफूल, तरकारीजस्ता वस्तुहरू जुन हामीले मेहनत गर्यौं भने हाम्रो आफ्नै राष्ट्रमा उत्पादन गर्न सक्छौं, यस्ता वस्तुहरू इम्पोर्ट/आयात गर्नुपर्ने अवस्था आउनुभएन ।
जुन वस्तु हामीले इम्पोर्ट/आयात गर्छौं, यसको खपत पनि हामीले कम गर्दै लानुपर्छ । हटौंडा–काठमाडौं सुरुङ मार्ग बनेपछि पेट्रोलियम पदार्थ (इन्धन) को खपत कम होला । त्यस्तै राजधानी नै काठमाडौंबाट दाङ अथवा चितवन सारे पक्कै पनि खपत कम हुन्छ । त्यस्तै पब्लिक ट्रान्सपोर्टेसनलाई महत्त्व दिई निजी सवारी साधनलाई हतोत्साह गर्न सके पनि पेट्रोलियम पदार्थ (इन्धन) को खपत केही न केही कम हुन्छ । साइकल चढ्ने संस्कारलाई शारीरिक स्वस्थताको नारा दिई अभियानकै रूपमा लागू गर्न सके यसले पनि इन्धन जोगाउन केही न केही परिणाम दिन्छ ।
हाम्रो एक्सपोर्ट/निर्यात घट्ने बित्तिकै कुन कुन वस्तुको कारणले घट्यो र किन घट्यो भन्ने विषयमा विश्लेषण गरी हाल्नुपर्ने संस्कारको विकास गर्न जरुरी छ । विश्लेषण गर्ने बानी भयो भने तथ्य कुराहरू सतहमा आउँछन् र हामीलाई त्यस्तो विषयमा सुधार गर्न सजिलो हुन्छ । अहिले तयारी पोशाक, गलैंचा, जुट, नेपाली कागज, वनस्पति घिउ/तेलको एक्सपोर्ट/निर्यातमा र्हास आएको छ । यसको कारण खोजी करेक्टिभ एक्सन लिनु नै पर्छ । आधारभूत सामानहरूको इम्पोर्ट/आयात त गर्नु नै पर्छ । तर, नभएर पनि फरक नपर्ने सामानहरू जस्तो सुन, कस्मेटिक, गहना, सजावट तथा खेलौनाका सामानहरूको इम्पोर्ट/आयात गर्ने कार्यलाई हतोत्साह गर्नै पर्छ । देशमा जुन सामानहरू बन्छन्, त्यस्ता सामानहरू इम्पोर्ट/आयात गरिनुहुँदैन । जस्तो हाम्रो देशमा नै स्तरीय जुत्ता बन्न थाल्यो । अब विदेशी जुत्ता किन इम्पोर्ट/आयात गर्न दिने ? धागो/ कपडा, फलामे डन्डी, सिमेन्टजस्ता सामानहरू हाम्रो देशमा नै बन्न थाल्यो । अब यी सामानहरू किन इम्पोर्ट/आयात गर्ने ? यी सबै कुराहरू सरकार र निजी क्षेत्र मिलेर काम नगरे देशको अर्थतन्त्र सुधारको अपेक्षा सम्भव छैन । सबभन्दा पहिले त एक्सइम स्थिति/परिस्थितिलेको विश्लेषण गर्नैपर्छ । एक्सइम विश्लेषण नगरे हामी सधैं कुहिरोको कागजस्तै हुन्छौं ।