- चन्द्रकिशोर
वीरगंजमा यस्तो पनि समय थियो, यहाँ प्रशस्त पुस्तकालयहरू थिए । पुस्तकालय पढ्न जानेहरूको बाक्लो सङ्ख्या थियो । कतिपय पुस्तकालयहरूको वीरगंज बाहिर पनि प्रसिद्धि थियो । अहिले वीरगंजमा पुस्तकालयको अस्तित्व खोज्नुपर्ने अवस्था छ । पुस्तकालय हराउनु भन्ने सवालले एकैपटक कतिपय कुराको उठान गर्दछ । एउटा ब्युँझेको शहरको लागि पुस्तकालयको उपस्थिति अपरिहार्य मानिन्छ । हराउँदै गएको पुस्तकालयप्रति कसैको चिन्ता र चासो देखिंदैन । यसरी खोजीनीतिको कमी वास्तवमा सामाजिक त्रासदि हो ।
आदर्श पुस्तकालय, अलख पुस्तक भन्ज्याङ, देवकोटा अध्ययन मण्डल, सामुदायिक पुस्तकालय, उद्योग वाणिज्य पुस्तकालयजस्ता चल्तिका पुस्तकालयहरू थिए । आदर्श पुस्तकालय, अलख पुस्तक भन्ज्याङ, देवकोटा अध्ययन मण्डलको आफ्नै भवन थियो । आदर्श पुस्तकालयको भवनलाई त पछि एउटा राजनीतिक दलले आफ्नो दलको कार्यालय सञ्चालन गर्नमा प्रयोग गर्यो र केही पहिले त्यो भवन भत्कियो पनि । अलख पुस्तक भन्ज्याङमा ताला झुन्डिएको छ, मन्दिर व्यवस्थापनको त्यसप्रति रुचि छैन, पुस्तकहरू हराएका छन् । यस्तै हविगत देवकोटा अध्ययन मण्डलको पनि भएको छ । भवन भत्किएको छ, पुस्तकहरूको लेखाजोखा छैन ।
प्राय: पुस्तकालयसँग एउटा इतिहास छ, त्यस इतिहासले वीरगंजको अतीतलाईसमेत उन्नत बनाएको छ । पुस्तकालय हराउँदा त्यो इतिहास पनि मेटिन गएको छ । देवकोटा अध्ययन मण्डलबारे अहिलेको पुस्तालाई धेरै कुरा थाहा नहुन सक्छ । २०१५ सालमा मुर्लीका युवकहरूको सक्रियतामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा भवन बनाइएको थियो, त्यही क्रममा एउटा राम्रो पुस्तकालयको परिकल्पना गरिएको थियो । देवकोटाकै नाम किन रोजियो ? देवकोटाको प्रतिमा भत्काउने उन्मादी हातलाई त्यो थाहा नहुन सक्छ । २००७ सालमैं वीरगंजमा एउटा विश्व विद्यालयको परिकल्पना गरेर ‘नेपाल राष्ट्रिय विद्यापीठ’ को स्थापना गरिएको थियो । २००७ चैत्र २५ मा जीवनेश्वर मिश्रको शिक्षाप्रेम एवं दूरदर्शी प्रतिभाबाट जन्म लिएको थियो । यसको सञ्चालनको निमित्त जनान्दोलन २०४६ का सर्वोच्च कमान्डर गणेशमान सिंह प्रथम कुलपति तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रथम उपकुलपति रही त्यसलाई नियमितता प्रदान गरेका थिए । नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय विद्यापीठ भएको र त्यसको उपकुलपति स्वयं महाकवि देवकोटा रहेको हुँदा उनको पटक–पटक श्रीपुर, वीरगंज भ्रमण भइरहन्थ्यो । त्यसले गर्दा स्थानीय युवकहरू जो नेपाल युवक सङ्घसँग सम्बद्ध थिए, अञ्जनीकुमार कर्ण, केशवप्रसाद प्रधान, दशैंराम, बटुककृष्ण शर्मा आदिले महाकविको सामीप्यबाट प्रभावित भई नेपालमैं पहिलोपटक कुनै साहित्यकार विशेषका लागि बृहत् दृष्टिकोण राखी देवकोटा अध्ययन मण्डल सञ्चालन गरेका थिए । त्यसैताका बडो मिहिनतले चन्दा सड्ढलन गरी नेपाल राष्ट्रिय विद्यापीठ, श्रीपुर वीरगंजको जमिनमा देवकोटा अध्ययन मण्डलको भवन निमार्ण गरियो ।
यस मण्डलमा जलेश्वरका तत्कालीन बडाहाकिम बद्री विक्रम थापाले दश हजारको पुस्तक सहयोग गरेका थिए । साथै अन्य निकायबाट पनि राम्रै सहयोग भएको थियो । उक्त संस्थालाई देवकोटा सम्बन्धी अध्ययनका लागि समुचित साधन स्रोतको व्यवस्था मिलाउने संस्थापकहरूको लक्ष्य थियो । २०२०/२१ सालमा अमर चित्रकारले बनाएको महाकवि देवकोटाको प्रतिमा तत्कालीन ‘रोयल नेपाल एकेडेमी’ ले यस मण्डललाई उपहार दियो । सार्वजनिक ठाउँमा स्थापना गर्न दिइएको उक्त प्रतिमा त्यति बेलादेखि नै अर्थात् ३१ वर्षदेखि एउटा अँध्यारो कोठाभित्र थुनिएर राखिएको थियो । ०४६ मा प्रजातन्त्र पुनस्र्थापनापछि वीरगंज नगरपालिकाको विशेष सक्रियतामा ०५२ मा उक्त प्रतिमा मण्डलको कोठाबाट झिकेर त्यसैको बरन्डाामा स्थापित गरियो ।
जनताको स्वस्फूर्त प्रयासमा स्थापित देवकोटा अध्ययन मण्डल २०१७ पछि निष्क्रिय हुन थाल्यो । त्यस मण्डलका सक्रिय सदस्यहरू यताउता लागेपछि देवकोटा अध्ययन मण्डलको भवन नेपाल राष्ट्रिय विद्यापीठले लामो समयसम्म प्रयोग गरिरहयो । नेपाल राष्ट्रिय विद्यापीठ, जो माध्यमिक विद्यालयको रूपमा सञ्चालन भइरहयो, उसकै रेखदेखमा पुस्तकालय थियो । अहिले त्यो भवन भत्किसकेको छ, त्यसका अवशेषहरूले आफ्नो गौरवशाली अतीतको बयान गरिरहेका छन् । त्यसमा करिब पचीस हजार पुस्तकहरू थिए । अहिले ती पुस्तकहरू हराएका छन् । यदि मण्डलको उद्देश्य बमोजिम यस संस्थाले सरकारी सहयोग प्राप्त गरेको भए वीरगंजमा ‘देवकोटा तीर्थ’ को रूपमा यो विकसित हुन सक्थ्यो र देवकोटाको सम्बन्धमा अध्ययन गर्न चाहने देशी विदेशी विद्वान्हरू वीरगंजतर्फ आकर्षित हुन्थे । यो पुस्तकालयसँग परिकल्पना गरिएको थियो– देवकोटा सम्बन्धी स्रोत सामग्रीहरू यहाँ सड्ढलित गर्ने, शोधकर्ताहरूका लागि देवकोटा साहित्य सहज उपलब्ध गराउने, साहित्यिक परिसंवादहरू आयोजना गर्ने । यो मण्डलमा कीर्तिनिधि विष्ट, बालकृष्ण सम, धर्मराज थापा, पुष्करनाथ उप्रेती, राजेश्वर देवकोटा, शिवम·ल सिंह सुमन प्रभृति व्यक्तित्वहरूबाट निरीक्षण अवलोकन भइसकेको सन्दर्भमा कवि माधवप्रसाद घिमिरेले निरीक्षण ( बहीमा उल्लेख गरेको प्रस· यहाँ उद्धृत गर्दै मण्डललको गरिमालाई रेखाड्ढित गर्ने जमर्को गर्न चाहन्छु–“यस देवकोटा अध्ययन मण्डलमा प्रवेश गरेर महाकवि देवकोटाज्यूको फोटो देख्नासाथ मलाई किनकिन मन लाग्यो । उहाँ दिव·त भएर पनि हाम्रोबीच जीवित हुनुहुन्छ– हामी साहित्य चर्चाको प्रस·मा उहाँलाई अनायासेै जीवित भइरहे जस्तै सम्झन्छौं, भानुभक्तको अमरताको सम्झनामा म आकार पाउन्नँ तर देवकोटाज्यूको सम्झनामा आकार पनि पाउँछु, अनि मेरो हृदय रुमलिएर आउँछ, यो सजीव साकार दिव्यताको अनुभूतिले गर्दा महाकविको कविता ’कुन मन्दिरमा जान्छौ यात्री’ मैं मैले आफूलाई कविको यस मन्दिरमा कविकै दर्शनार्थ आइरहेको जस्तो लाग्यो । यस मन्दिरमा उभिएर भनुँ जस्तो लाग्यो–‘फर्क फर्क हे’ अन्य भाषा र साहित्यका कविलाई ठूला सम्झिने कोही नेपाली छौ भने–फर्क १ यहाँ नेपाली साहित्यको सेवाको निम्ति आफ्नो घर, परिवार र स्वयं आफ्नो जीउको समेत ख्याल नराखेर कवितामा डुबिरहने महाकवि दिव्यताको ज्योति मण्डलले मण्डित भएर मुस्कुराइरहेछन् ।”
देवकोटा अध्ययन मण्डलजस्तै अरू पुस्तकालयहरूको पनि आफ्नै इतिहास छ । यी सबै इतिहासहरू वीरगंजका सांस्कृतिक पूँजी हुन् । तर हामीले यी सबैको उपेक्षा गर्दै आएका छौं । के के स्वार्थमा अलमलिएका छौं । प्रश्न उठ्छ, एउटा पुस्ता यस्तो थियो, जसले वीरगंजमा पुस्तकालयहरूको सञ्जाल खडा गर्यो ? हामी एउटा यस्तो पुस्ता छौं, जो ती पुस्तकालयहरूलाई मास्दै गइरहेका छौं । जानकारहरूका अनुसार वीरगंजका पुस्तकालयहरूमा अत्यन्त महत्त्वपूर्ण पुस्तकहरू थिए, तीमध्ये कतिपय त अहिले दुर्लभ भइसकेका छन् । आऊ, हामी सबै मिली हराइरहेको इतिहास बटुलौं, सम्मान गरौं, संरक्षण गरोैं, भोलिका निम्ति ।