उहाँले गर्नुभएका महान् कार्यहरू श्री तरनतारन साहेब, हरिगोविन्दपुर, करतापुरमा तरनतारन सरोवर, लाहौरमा छेरहट्टा साहेबमा इनार प्याउ इत्यादिको निर्माण, ठाउँ–ठाउँमा दु:ख निवारण औषधालय, कुष्ठरोगी अन्य रोगीहरू तथा निरूआसरेहरूको उपचार तथा निश्शुल्क औषधि इत्यादिको व्यवस्था, मेहनतको कमाइ गरेर खाने, नपुग्ने तथा गरिब असहायहरूलाई बाँडीचुडी खाने खुवाउने । आफ्नो कमाइबाट १० प्रतिशत गरिब, जरुरतमन्द तथा लाचारहरूको सेवामा प्रदान गर्ने, खर्च गर्ने । जरूरतमन्दलाई ज्यूज्यानले मदत गर्ने ।
ऐतिहासिक (स्वर्ण मन्दिर) गुरुद्वारा अमृतसर दरबारसाहेबको निर्माण गराउने तथा यसलाई विश्वको एकता तथा धार्मिक प्रार्थना गर्ने स्थलको रूपमा विकसित गर्ने श्रद्धालुहरूको ध्यान तथा अत्याधुनिक शक्तिकेन्द्र बनाउने ।
सोको जग सुफी मियाँ मीरको हातबाट राख्न लगाएर ‘एक पिता एकस के हम वारिक’ भन्ने महावाणीलाई चरितार्थ गर्नुभयो र साबित गर्नुभयो कि सिख धर्म कुनै भेदभाव र पाखण्डमा विश्वास गर्दैन ।
काम, क्रोध, लोभ, मोह, अहड्ढार त्यागेर सतनामको जपले मन शान्त रमुक्ति प्राप्त हुनेछ, सतस· गर्नाले पापी र भ्रष्टलाई पनि सतमार्गमा ल्याउँछ ।
हामी सबैले आफ्नो धर्मको कदर गर्नुपर्छ । धर्मको सार प्रभुको प्राप्ति हो । त्यसैलाई जीवनको लक्ष्य ठान्नुपर्छ । परोपकार सबैभन्दा ठूलो धर्म हो । उहाँले आदि ग्रन्थ श्रीगुरुग्रन्थ साहेबको सम्पादन एक मर्यादामा धेरै ठूलो योगदान गर्नुभएको छ, श्री गुरु अर्जुनदेवजीले हरि मन्दिर साहेब भाद्र पद सुदी एकम संवत् १६६१ मा बाबा बुड्डाजीलाई ग्रन्थ साहेबको मुख्यग्रन्थी नियुक्त गर्नुभएको थियो ।
उहाँको गुरुवाणी रचना तीस रागहरूमा २२१६ छन्द प्रसिद्ध छन् । त्यसमा सुखमानी साहेब, बावन आखरी, बारह माहा, ६६ बारा आदिको रचना गर्नुभयो । उहाँलाई जहाँगीरले धर्म परिवर्तन तथा अन्य धेरै कारणहरूले धेरै नै दु:ख यातना दिएर शहीद बनाए । गुरुजीमाथि तातो पानी, बालुवा, तातो तावामा बसाएर धेरै निर्मम यातना दिंदा पनि उहाँ अडोल र अडिग रहे तथा गुरुवाणीको मूकपाठ गर्दै रहे । ‘तेरा किआ मिठा लागे ।’
पाँच दिनसम्म यसै प्रकार यातना सहेपछि उहाँले रावी नदीमा स्नान गर्ने अनुमति माग्नुभयो र पाँच शिष्यहरू तथा केही सिपाहीको साथमा रावी नदीतिर जानुभयो । पाइतालामा फोका भए पनि एउटा पातलो चादर बेरेर उहाँ नदीतिर गएर स्नान गर्नुभयो । पश्चात् ‘जपुजी’को पाठ गर्दागर्दै श्री हरिगोविन्दजी साहेबलाई गुरु मान्ने आदेश दिएर जेठ सुदी चौथी सं. १६६३ मा ज्योतिजोत पस्नुभयो ।
उहाँको त्यस अपूर्व, अद्भूत एवं महान कार्य र बलिदानको सम्झना गर्दै प्रत्येक वर्ष जेठ सुदी चौथीको दिन विश्वभरिमा यो शहिदी दिवसका दिन गुरुद्वाराहरूमा ४८ घण्टे अखण्ड पाठसाहेब, शब्द कीर्तन, सरबत तथा ल·र प्रसाद भक्तालु, श्रद्धालुहरू तथा बटुवाहरूमा वितरण गरी उहाँको महान् शहिदीलाई श्रद्धाञ्जलि अर्पण गरिन्छ । शहीद शिरोमणी श्री गुरु अर्जुनदेवजी तपाईंको महान कार्य एवं शहिदीलाई कोट अनकोट नमन ।
‘एक पिता एकस के हम बारिक(हामी सबै एक प्रभुका सन्तान हौं)
– श्री गुरु अर्जुनदेवजी महाराज
एक पिता एकस के हम बारिक तु मेरा गुरहाई
सुणि मीता जीउ महारा बलि बलि जासी
हरि दरसन देहु दिखाइ ।।१।।
सुणि मीता धूरी कउ बलि जाई (इहु मनु तेरा भाइ ।।रहाउ।।
पाव मलोवा मलि मलि धोवा इहु गनु तैकु देसा ।
सुणि मीता हउ तेरी सरणी आइआ प्रभु मिलन देहु उपदेसा ।।२।।
मानु न कीजै सरणि परी जै करे सु भला मनाइऐ ।
सुणि मीता जीउ पिंडु सभु तनु अरपीजे इउ दरसनु हरि जीउ पाइए ।।३।।
भइओ अनुग्रह प्रसादि संतन कै हरिनामा हे मीठा ।
जन नानक कउ गुरि किरण धारी रामु अकुल निरजंन डीठा ।।४।।१।।१२।।
हे मित्र १ हाम्रो एउटै (एकमात्र) प्रभु पिता हुन् । हामी एकै प्रभु–पिताको सन्तान हौं, तिमी मेरा गुरुभाइ हौ । मलाई परमात्माको दर्शन गराइदेऊ । मेरो आत्मा तिमीप्रति पटक–पटक कृतज्ञ हुने गर्छ ।।१।।
हे मित्र, सुन १ म तिम्रो पाउको धूलो म बलिहारी (कृतज्ञ) छु । हे भाइ १ मेरो यो मन तिम्रो अनुसर्ता हो ।।रहाउ।। हे मित्र १ म तिम्रो दुवै पाऊ मल्नेछु र मलेर धुनेछु, पखाल्नेछु । म आफ्नो यो मन तिमीलाई सुम्पिदिनेछु ।
हे मित्र १ सुन १ म तिम्रो शरणागत छु, मलाई यस्तो शिक्षा देऊ कि म प्रभुलाई भेट्न सकूँ ।।२।।
हे मित्र सुन १ अहड्ढार गर्नुहुँदैन । प्रभुको शरणमा बस्नुपर्छ । जे पनि परमात्माले गरिरहनुभएको छ त्यसलाई सहर्ष स्वीकार गर्नुपर्छ । यो मन, तन उनीप्रति अर्पित होस् । त्यस प्रकार परमात्मालाई पाउन सकिन्छ ।।३।।
हे मित्र १ सन्तहरूको कृपाले जसमाथि प्रभुको कृपा हुन्छ, त्यसलाई परमात्माको नाम प्यारो लाग्छ । गुरुले दास नानकमाथि कृपा गर्नुभयो तब नै सर्वत्र त्यो प्रभु दृष्टिगत हुन थाले । प्रभु जसको कुनै विशेष खानदान छैन र जो मायाको प्रभावदेखि टाढा छ ।।४।।१।।१२।।
धार्मिक, साहित्यिक, सामाजिक एवं राष्ट्रिय जीवनको इतिहासमा सिखपन्थ गुरुहरूको परम्पराको एउटा आफ्नै विशिष्ट एवं महत्त्वपूर्ण स्थान छ । सत्य कुरा त के हो कि आदिगुरु श्री गुरु नानकदेवजी महाराजदेखि सन्त सिपाही, साहित्यकार श्री गुरु गोविन्द सिंहजी महाराजसम्म लगभग दुई सय उनन्चालीस वर्षसम्म गुरू परम्पराको इतिहास सबै गुरुहरूद्वारा देश तथा धर्मको रक्षाको तथा एकताको लागि गरिएको अभूतपूर्व त्याग र बलिदानले भरिएको छ । जसरी आज पनि प्रतिदिन गुरुद्वाराहरूमा र अरदास (प्रार्थना)को अन्तमा भनिन्छ– ‘नानक नाम चढ्दी कला तेरे पाने सरबत का भला’ नानकको नाम सर्वोपरि सूर्य झैं चढ्दो छ । उहाँको कृपाले सबैको भला हुनेछ । त्यसैगरी शहीद शिरोमणी पञ्चम गुरु श्री अर्जुन दे जीले पनि ठोकेर भन्नुभयो–
‘एक पिता एकस के हम बारिक’
‘ना कोइ बैरी ना कोइ बेगाना’
‘कोइ बोले राम राम कोइ खुदाय’
‘तेरा कीआ मिठा लागे’
‘तेरा कीआ मीठा लागे’
(तिमीले गरेको मीठो लाग्छ)
– श्री गुरु अर्जुनदेवजी महाराज
हरिका नामु रिदै नित घिआई । संगी साथी सगल तराई । गुरु मेरे संग सदा है नाले । सिमिरि सिमिरि तिसु सदा सम्हाले । तेरा किआ मीठा लागै । हरि नाम पदारथ नानक मांगे ।
– आसा महला ५ (गुरू ग्रन्थ साहेब ३९४)
हरिको नाम म नित्य आफ्नो हृदयमा जप्दछु । सबै स·ीसाथीलाई भवसागरबाट पार उतार्छु । गुरु सदा मेरो अ·सँग साथ हुनुहुन्छ । स्मरण गर–२ उनको जसले तिमीलाई सधैं रक्षा गरिरहनु भएको छ । तिमीले गरेको प्रत्येक कार्य मलाई मीठो लाग्दछ । तिम्रो दास नानक हरि नामरूपी पदारथ माग्दछ ।
‘गुरु अर्जुन देवजीको बहुआयामी व्यक्तित्वमा कवि, भक्त, दार्शनिक, स·ीतकार, स·ठक तथा योद्धा आदिको विरल समन्वय थियो । विश्वको इतिहासमा उहाँजस्तो बलिदानको उदाहरण कठिन नै भेटिन्छ । उहाँको शहादत हाम्रो लागि एउटा अनमोल निधि हो । जसबाट प्रेरणा लिएर राष्ट्रको एकता, अखण्डता तथा धर्मरक्षाको लागि सर्वस्व त्याग गर्न सकिन्छ । त्यसै कारण त उहाँको शहादत हाम्रो लागि आज पनि नासोको रूपमा छ ।
जग अउरू न यहि महातम मै अवतारू उजागर आनि किअउ ।
तिनके दुख कोटिक दूरि गए मथुरा जिन्ह आम्रत नामु पिउउ ।
इह पधति ते मत चुकहि रे मन भेहु विभेदन जान बीअउ ।
परतछि रिदै गुर अर्जुन कै हरि पूरन ब्रहमि निवास लिअउ ।
जब लउ नही भाग लिलार उदै तब लउ भ्रमते फिरते बहु धायउ ।
कति घोर समद्र मे बूडत थे कबहु मिटिहै नही रे पछुतायउ ।
ततु विचारू यहै मथुरा जग तास कउ अवतारू बनायउ ।
जप्पउ जिन्ह अर्जुन देव गुरू फिरि संकट जोनि गरभ न आयउ ।
(श्री गुरू ग्रन्थ साहेब १४०९)
यस संसारको महाअन्धकारमा (गुरु अर्जुनदेवजीबाहेक) अन्य कुनै रक्षक छैन । प्रभुले स्वयं उहाँलाई प्रकट अवतार बनाउनुभयो जुन सेवकहरूले उहाँको स·तमा नाम अमृतपान गरेका छन् तिनीहरूको कोटीकोटी दु:ख नाश भएका छन् । हे मेरो मन, यस बाटोबाट भट्किनु छैन र कसैको भर पनि नपर्नू । गुरु अर्जुन देवजीको हृदयमा प्रत्यक्ष पूर्ण ब्रह्मको निवास छ ।
जबसम्म (पुर्पुरो)मा भाग्य लेख अड्ढित थिएन, तबसम्म यताउता बरालिने भाग्नुपर्ने थियो, कलियुगको भयानक सागरमा डुबुल्की मार्नु र सधैं पछुतो गर्ने गर्दथे, तर अब साँचो विचार यो हो कि संसारलाई पार लगाउनको लागि परमात्माले नै गुरु अर्जुन देवजीलाई अवतार दिनुभयो । जसले गुरु अर्जुन देवीजीको नाम जप्यो उनीहरू पुन: गर्भ जुनीको सड्ढटमा पर्दैनन् ।
कलि समुद्र भए रूप प्रगट हरि नाम उघारन्
बसहि संत जिसु रिदै दुख दरिद्र निवारन् ।
निरमल भेख अपार तासु बिनु अवरू न कोइ ।
मन बच जिनि जाणिअउ भयउ तिह समसरि सोई ।
घरनि गमन नव खंड महि जोति स्वरूपी र हिओ भरि ।
भनि मथुरा कहु भेदु नही गुरू अरजुन परतख्खय हरि
(श्री गुरू ग्रंथ साहेब १४०९)
कलियुगरूपी समुद्रबाट पार लगाउनका लागि (गुरु अर्जुन देवजी) परमात्माको नाम रूपले प्रकट हुनुभएको थियो । उहाँको हृदयमा सत्ले निवास गर्दछ, तथा हामी सबैको दु:ख, दारिद्रय नाश गर्नुहुनेछ । उहाँ हरिको निर्मल रूप हो, तपाईबाहेक अन्य कोही होइन । जसले मन, वचनले प्रभुलाई चिन्दछ त्यो प्रभुजस्तै भइहाल्छ । धरती–आकाश नव–खण्ड आदिमा गुरु अर्जुन देवजी नै ज्योतिस्वरूप भएर बस्नुभएको छ । भनिन्छ कि हरि तथा गुरु अर्जुन देवजीमा कुनै फरक छैन । उनी प्रत्यक्ष हरिको रूप नै हुन् ।
गुरुको कृपा र आज्ञाले लेखपढ गर्दा भएको गल्तीहरूलाई परमपिता निरड्ढार प्रभुले मलाई क्षमा गर्नुहुनेछ ।
श्री गुरु अर्जुनदेवजी महाराज सिख पन्थको पञ्चम गुरुसाहेब हुनुहुन्थ्यो । उहाँको जन्म (अप्रिल १५६२) वैशाख १९ गते १६२० संवत्मा गोइंदवाल साहेब (अमृतसर, भारत) मा भएको थियो । उहाँका पिता श्री गुरुरामदासजी महाराज तथा माता श्रीभानीजी हुनुहुन्थ्यो । उहाँको शुभ विवाह (१५७९ जुलाई ७) असार २३, १६३६ मा श्री ग·ादेवीसित भएको थियो । पुत्र श्री हरिगोविन्दजी साहेब हुनुहुन्थ्यो । उहाँको गुरुकाल समय (सेप्टेम्बर १ १५८१ देखि मई ३०, १६०६) असोज २ देखि असार २, १६६३ सम्म रह्यो ।
अनुवादक सेवक: जसपाल सिंह