प्रस, वीरगंज, १४ असार/
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी संविधानसभामा एमालेलाई एक नम्बर पार्टी बनाएको खण्डमा संविधान जारी गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
एमाले, पर्साद्वारा पार्टी कार्यालय मनमोहननगर, रामगढवामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले आगामी संविधानसभामा एमालेलाई मुलुकको १ नम्बर पार्टी बनाउन आग्रह गरे । उनले आगामी संविधानसभा निर्वाचनमा एमाले १ नम्बर पार्टी भयो भने संविधान घोषणा गर्ने दाबी गरे ।
उनले एक नम्बर पार्टी भएर संविधान जारी गर्न नसके त्यसपछिका निर्वाचनमा एमालेलाई एक नम्बर पार्टी बनाउन अभियान नचलाउने प्रतिबद्धता प्रकट गरेका थिए । उनले संविधानसभा निर्वाचनसम्म आन्दोलनरत दलहरू सहमतिमा आउने दाबी पनि गरे । सहमतिमा नआए पनि निर्वाचनलाई कसैले रोक्न नसक्ने उनको भनाइ थियो । नेता नेपालले एमालेबाट अन्यत्र प्रवेश गरेकाहरूलाई पार्टीमा फर्कन आग्रह गर्दै फर्किनेहरूलाई हृदयदेखि स्वागत गर्ने बताए । उनले एमाले परित्याग गरेर अन्यत्र गएका व्यक्तिको इज्जत–प्रतिष्ठा नहुने हुँदा फर्कन आग्रह गरे । नेता नेपालले एमालेबाट अन्यत्र गएकाहरूभन्दा एमालेमा प्रवेश गर्नेहरूको सङ्ख्या बलियो भएको दाबी गरे ।
उनले एमाओवादी पार्टीलाई नक्कली हीराको संज्ञा दिए । चम्किने सबैथोक हीरा हुँदैन भन्ने कुरा एमाओवादीलाई उदाहरणको रूपमा लिन सकिने उनले बताए ।
एक अर्को प्रस·मा उनले राजतन्त्र फर्कनै नसक्ने दाबी गरे । पूर्वराजा मठमन्दिरमा पूजाअर्चना गरेर राजतन्त्र नफर्कने उनको कथन थियो । उनले व्यङ्ग्यात्मक हिसाबले राजालाई जोगी सन्यासी बन्दै हिंडेको टिप्पणी गरे । नेता नेपालले राजतन्त्र फिर्ती हुने सपना हेर्नुभन्दा असल व्यापारी, कृषक बन्न पूर्व राजालाई सुझाव दिए ।
एमाले, पर्साका संयोजक चिरञ्जीवी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाटमा वैकल्पिक पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, वैकल्पिक केन्द्रीय सदस्य रामचन्द्र साह, पूर्वसभासद्द्वय रामचन्द्र प्यासी, सरला यादव, अनेम सङ्घकी निर्मला देवकोटा, रापसका किशोरी कुशवाहा, एमाले सल्लाहकार समितिका सदस्य शत्रुघ्न उपाध्यायलगायतको उपस्थिति थियो ।