मानिस आफ्नो भाग्यको निर्माता हो । आफ्नो उत्थान र पतन उसको वशको कुरा हो । यो तथ्य जति साँचो छ, त्यति नै साँचो के पनि हो भने वातावरणको प्रभाव मानिसमाथि पनि पर्दछ र उसको व्यक्तित्वबाट परिवार एवं समाजको वातावरण पनि प्रभावित हुन्छ । नराम्रो वातावरणमा रहेर कदाचित कसैले आफ्नो विशिष्टता साँच्न सक्छ, साथै यो सत्य हो कि वातावरणको प्रभाव पनि नपरी रहन सक्दैन ।
धेरै समर्थ मानिसको क्रियाकलापले नै वातावरणको निर्माण हुन्छ । बहुसङ्ख्यक भएर एकैनासका गतिविधिहरू अँगाल्दा दुर्बल स्थितिका व्यक्तिहरूले पनि आफ्नो एउटा विशेष प्रकारको अवस्था सिर्जना गर्दछन् । व्यसनी, अनाचारीहरूको समुदायले पनि यस्तो प्रभाव उत्पन्न गर्दछ, जसबाट सामान्यस्तरका मानिसहरू प्रभावित हुन्छन् । यसकारण राम्रो वातावरणमा रहनु र नराम्रो वातावरणबाट जोगिनु त्यति नै आवश्यक छ, जति स्वच्छ हावामा रहने र फोहर–दुर्गन्धबाट जोगिने प्रयास गरिन्छ । त्यो प्रसिद्ध कथा जसमा एउटा गुँडबाट झिकिएका सुगाका दुई चल्लालाई दुई भिन्न ठाउँमा पालिएको थियो । त्यहाँको परिवेशअनुसार तिनीहरू पालिए । सन्तकहाँ पालिएको सुगाले ‘सीताराम–राधेश्याम’ भन्न सिक्यो भने चोरको घरमा पालिएको सुगाले ‘लुट–मारकाट’ भन्नमात्र सिक्यो । दोष सुगाको होइन, उनीहरू जुन वातावरणमा पालिए, जे सुने त्यही बोल्न सिके । मानिसको सम्बन्धमा पनि यही कुरा सत्य हो । ऊ जस्तो मानिसको स·तमा रहन्छ, जस्तो परिस्थिति भोग्दछ, जुन कुरा समीपवर्ती व्यक्तिहरूले गरेको देख्दछ, त्यसैअनुसार आफ्नो स्वभावको निर्माण गर्दछ । मानिसको स्वभाव बाँदरजस्तै अनुकरणप्रिय हुन्छ ।
यस्तो पनि देखिएको छ कि मनस्वीहरू आफ्नो आदर्शवादितामा अडिग रहेर अनेकौं मानिसको ध्यान आफूतिर आकर्षित पार्न सफल हुन्छन् । कैयौंलाई अनुकरण गर्ने प्रेरणा दिन्छन् । आफ्नो औचित्यले गर्दा त्यस मार्गमा हिंड्न अरूलाई आकर्षित गर्छन् । आवश्यक छैन त्यो मार्ग सरल अथवा परम्परागत नै होस्, नवीन विचार पनि आफ्नो औचित्यका कारण प्रतिभाशाली व्यक्तिहरूले अँगालेपछि एउटा मार्गको रूप धारण गर्दछन् । सर्वसाधारणलाई त परम्पराहरू नै सबैथोक प्रतीत हुन्छ, तर विचारवान मानिस औचित्यलाई हेर्छन्, कसीमा घोट्छन् र त्यसको चुनाव गर्छन्, अनि अँगाल्छन् । शीशाको मोती गरीबले पनि किन्छन् र लाउँछन्, तर असल बहुमूल्य मोतीको पारखी हुँदैन भन्ने कुरा होइन । बुद्धको मार्ग सर्वथा नयाँ थियो, तर तिनको प्रामाणिक व्यक्तित्व र औचित्यपूर्ण प्रतिपादनले गर्दा असङ्ख्य व्यक्ति उनका अनुयायी बने र एउटा नयाँ वातावरण निर्माण गर्न सफल भए । तर यो तबमात्र सम्भव हुन्छ, जब कोही प्रतिभावान व्यक्ति अग्रगामी बनेर कुनै उपयुक्त मार्ग अँगालोस् र आफ्नो कुरा तर्क, तथ्य, प्रमाण, उदाहरणसमेत सम्झाओस् । स्वयम् आफू त्यस मार्गमा सुदृढ भएर अन्यान्यमा मनोबल उत्पन्न गरोस् ।
यो सत्य हो कि मानिस बुद्धिमान प्राणी हो । ऊसँग सोच्ने र विचार गर्ने शक्ति छ । यति हुँदा पनि ऊ परोक्षरूपमा प्रथा र परम्पराअनुरूप आफूलाई त्यसै रूढिअनुसार ढाल्दछ, जसमा समीपवर्ती मानिसहरू हिंड्दछन् । त्यसैलाई वातावरण भनिन्छ । यो नराम्रो पनि हुन्छ र राम्रो पनि । जुन प्रवाहमा बग्न थालिन्छ, मानिसको व्यक्तित्व अथवा स्तर पनि प्राय: त्यही ढाँचाको बन्न पुग्छ । वातावरण बनाउने मानिस त बिरलै हुन्छन् । अधिकांश त्यस्ता हुन्छन्, जो प्रवाहमा बग्छन्, जे भइरहेको छ त्यसैको अनुगमन गर्न थाल्छन् । परिणति त क्रियाअनुरूप नै हुन्छ । मूढ–मान्यता र अवाञ्छनीयताको प्रवाहमा बगेर मानिस यस्तो अवस्थामा पुग्दछ, जहाँ रल्लिनु उसको पूर्वनिश्चय नै थिएन । त्यसैले जहाँसम्म आफ्नो भविष्य निर्माणको सम्बन्ध छ, त्यहाँ आफ्नो पुरुषार्थ र दिशा निर्धारणको महत्त्व देखिन जान्छ । त्यहाँ यो पनि कम महत्त्वपूर्ण तथ्य होइन कि कुन समुदायसँग हिंड्ने अवसर जुर्यो, कस्ता मानिसको गतिविधिले उसलाई कुन सीमासम्म प्रभावित पारिरहयो ।
मानव समाज यस्ता मानिसहरूले भरिएको छ, जहाँ असल मानिस पनि छन् र नराम्रा पनि छन् । यहाँ आदर्शवादिता र सेवाका अनेकौं उदाहरण देखिन्छ भने बहुदुव्र्यसनी, अपराधी र अबुझस्तरका व्यक्तिहरूको पनि कमी छैन । दुई प्रवृत्ति सँगसँगै हुन्छन् र मिसिएका पनि हुन्छन् । त्यस्तो वातावरणमा पनि दूरदर्शी, विवेकवान व्यक्तिले आफ्नो रुचिअनुरूप विवेक चयन गर्दछ । जसको मनोबल अथवा स्वतन्त्र चिन्तन छैन, ती हावाको वेगसँग उड्ने सुकेका पातभैंm हुन्छन् । सामान्यजनलाई वातावरणले नै घिसार्दै र त्यस प्रभावबाट प्रभावित भएर उनीहरू अनिश्चित भवितव्यताको जालोमा फस्न पुग्छन् । त्यसैले वातावरणको प्रबलतालाई स्वीकार गर्दागर्दै पनि के निश्चित छ भने मानवी विवेक र मनोबल सर्वोपरि हुन्छ । त्यसले वातावरणको प्रभावलाई ग्रहण त गर्छ नै तर यो पनि सम्भव छ कि ऊ त्यो प्रभावलाई अस्वीकार गरिदेओस् र जे उचित त्यही गरोस् । यो स्वतन्त्र चिन्तन नै वस्तुत: भाग्यनिर्माता हो । अन्यथा जुन नियति सामान्यजनद्वारा अँगालिन्छ, त्यही उसको खप्परमा पनि टाँसिन्छ ।
सामान्यतया मानिस परम्परागत प्रवाहमा नै बग्दछ र त्यसै परिणामलाई भोग्दछ, जो परम्परावादीहरू भोग्छन् । चिर पुरातनकालदेखि सामयिक परिस्थितिअनुसार प्रचलनहरूमा ठूलो परिवर्तन भइरहेको छ । त्यसको ध्वंसावशेष अहिले पनि विद्यमान छ । यद्यपि ती खण्हर भएका कारण उपयोगी रहेनन् । व्यर्थ पृथ्वीको हिस्सा ओगटेका छन् । तिनलाई हेर्न र नमन गर्न त जान सकिन्छ तर त्यहाँ बस्न सकिंदैन । रहन–बस्नका लागि यस्तो घर चाहिन्छ, जुन आजको परिस्थितिअनुकूल आफ्नो काम गर्ने स्थानको निकट होस् ।