डा. रमेश मिश्र
अस्थि शौषिर एउटा सामान्य रोग हो, जसमा अस्थि (हाडहरू)को भारमा कमी, अस्थि उत्तकहरूको सूक्ष्म संरचनाको क्षय एवं अस्थिभग्नको खतरा बढी हुन्छ । अस्थिभग्नको प्रकोप स्त्री तथा पुरुषहरूमा आयुको वृद्धिको कारण हुन्छ अर्थात् जसरी आयु बढ्दै जान्छ (उमेर ५० नाघिसकेपछि) यो रोगको खतरा बढ्दै जान्छ । विकसित देशहरूमा यो रोग मुख्य स्वास्थ्य समस्याको रूपमा देखा पर्न थालेको छ । प्रकुपित वात अस्थिहरूको भङ्गुरतालाई बढाएर अस्थिभग्नको सम्भावनालाई बढाइदिन्छ, जसलाई अस्थि शौषिर भनिन्छ।
प्रौढावस्थामा अस्थिक्षय र अस्थि निर्माणको अनुपातमा असन्तुलन पैदा हुन्छ । ८० वर्षभन्दा बढी उमेरका महिलाहरूमा वंक्षणसन्धि भग्न हुने सम्भावना बढी हुन्छ ।
धेरैजसोलाई पहिलेदेखि कुनै लक्षण नै देखा पर्दैन । विकृतिहरूमा मेरुदण्ड अगाडि वा पछाडि बढी झुक्नु र शूलरहित मेरुदण्डमा भग्न हुनु हो ।
कौलिस फ्रेक्चर वंक्षण सन्धिभग्न खुट्टा बाहिरतिर घुम्नु वा लम्बाइमा कमी हुनु । भग्न सङ्घात प्रक्रिया ढिलो हुनु ।
यस रोगको उपचार अन्य चिकित्सा पद्धतिभन्दा आयुर्वेदमा राम्रो हुन्छ । यो रोग लागेमा वा लक्षण देखा परेमा कुशल आयुर्वेद चिकित्सकको सल्लाह अनुसार उपचार गराउनुपर्छ ।
यस रोगको निवारणको उपायमा रसायन द्रव्य र युवावस्थादेखि नै जीवनशैलीमा बदलाव ल्याउनुपर्छ । पञ्चकर्मको स्नेहन, जसमा औषधियुक्त तेलबाट मालिस (जस्तै– महानारायण तेल, दशमूला तेल, महामाष तेल, चन्दनवलालाक्षादि तेल) गर्नुपर्छ । वात संगमन औषधिहरू सेवन गर्नुपर्छ । सधैं योगाभ्यास गर्नुपर्छ ।
पथ्य– जीवनशैलीमा परिवर्तन जस्तै: भारमा कमी, नित्य हल्का व्यायाम, कालो चना, तिल, दूध तथा दूधजन्य पदार्थको बढी सेवन गर्नुपर्छ ।
अपथ्य– कषाय र लवणयुक्त भोजन गर्नुहुँदैन, बढी मिहिनेत गर्नुहुँदैन, बढी मात्रामा कफी, चिया, मद्यपान तथा धूमपान गर्नुहुँदैन ।
मच।चबmभकजmष्कजचब२थबजयय।अयm