डा. रमेश मिश्र
अनुचित खानपान र रहनसहनले हामी धेरै रोगहरूका शिकार भइरहेका छौं। कसैको जीवाणु, विषाणुबाट शरीरमा रोग हुन्छ त कसैको शरीरको अवयवहरूमा परिवर्तन वा ती अवयवहरूको काममा फरक परेर रोग हुन्छ। हाल विश्वमा दु्रतगतिमा बढिरहेका रोगहरू यस्ता छन्, जो एक व्यक्तिबाट अरूमा सर्दैन तर व्यक्तिगत रहनसहन र आधुनिकताको नाममा खानपानले हुन्छ, जसलाई नसर्ने रोग पनि भनिन्छ। यी रोगहरूमध्ये हृदयरोग, क्यान्सर, मधुमेह, मोटोपन, उच्च रक्तचाप भयावहरूपमा बढिरहेको छ। अब विश्व स्वास्थ्य सङगठनलाई पनि यी रोगहरूका बारेमा चिन्ता भइसकेको छ।
उच्च रक्तचाप हाम्रो आफ्नै जीवनशैलीको कारण हुने रोग हो। आरामतलबी जीवन यसको मुख्य कारणहरूमध्ये एक हो। जब हाम्रो रक्त सञ्चारमा प्रकुङ्चक दबाब एच.जी.को १६० एमएमबाट बढी अथवा समान हुनु वा प्रसारण दबाब एचजीको ९५ एमएमबाट बढी वा बराबर हुनुलाई उच्च रक्तचाप भनिन्छ। व्यवहारमा प्रकुङ्चक दबाब एचजीको १४० एमएमबाट बढी अथवा समान हुनु अथवा प्रसारण दबाब एचजीको ९० एमएमबाट ज्यादा वा बराबर हुनुलाई सीमारेखा भनिन्छ।
उक्त रक्तचाप निम्न प्रकारका हुन्छन्–
आवश्यक उच्च रक्तचाप, द्वितीयक उच्च रक्तचाप, अन्य।
दोषपूर्ण जीवनशैलीको आदत, दोषपूर्ण आहारको आदत, उच्च कोलेस्ट्रोल, मोटोपन, पारिवारिक इतिहास, दबाब, ४० वर्षको उमेरपछि निश्चित औषधिको सेवन उक्त रक्तचाप हुने कारणहरू हुन्। यी कारणहरूबाट टाउको दुख्ने, चक्कर आउनु, नाकबाट रगत आउनु, कानमा अनौठो आवाज आउनु, धमिलो देख्नु, धड्कन बढ्नु, ग्लानी, चिडचिडापन, थकावट हुनु यी लक्षणहरू देखापर्छन्। कसैकसैमा माथि उल्लिखित कुनै लक्षण नै देखा पर्दैन। उच्च रक्तचापको माथि उल्लिखित लक्षणहरू देखा परेमा तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्छ। कम्तीमा ३–३ महिनामा स्वस्थ व्यक्तिले पनि उच्च रक्तचाप मापन गराउनुपर्छ। उच्च रक्तचापबाट बच्न आहारमा परिवर्तन गर्नुपर्छ। कम नुन भएको खाना खानुपर्छ। अल्प बोसोयुक्त खाना खानुपर्छ, नियमितरूपमा फल, हरियो तरकारी एवं नरियलको पानी खानुपर्छ। जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । ध्यान दिनुपर्छ, प्राणायाम, श्वसनयोग, आधुनिक व्यायाम गर्नुपर्छ। दबाबमा बस्नुहुँदैन, मोटोपन कम गर्नुपर्छ ।
बढी बोसोयुक्त भोजन, नुनिलो स्न्याक्स, बासी तरकारीहरू, बढी मसालादार तारेको खानेकुरा खानुहुँदैन । मद्यपान, तम्बाकु, चिया, कफीबाट परहेज गर्नुपर्छ। रात्रि जागरण गर्नुहुँदैन, दिनमा सुत्नुहुँदैन।
सङ्क्षेपमा जीवनशैलीमा परिवर्तन र खानपानमा परिवर्तन नै यसबाट बच्ने उपाय हो। रोग लागिसकेको छ भने चिकित्सकको सल्लाहअनुसार औषधि नियमित सेवन गर्नुपर्दछ। समयमा जाँच र नियमित औषधि सेवनले यो रोगबाट कुनै खतरा छैन तर अनियमित औषधि सेवन वा औषधि नै सेवन नगर्नाले यो रोग प्राणघातक हुनसक्छ। ब्रेन ह्यामरेज र पारालाइसिस हुनसक्छ। अत: जीवनशैलीमा परिवर्तन र औषधिसेवन नियमित गर्नुपर्छ। आयुर्वेदिक औषधि सेवन गर्नुपरेमा आयुर्वेद चिकित्सकको सल्लाहअनुसार सर्पगन्धा (रावलफिया सरपेनटिना), ब्राह्मी (वकोपा मोन्नरी), शङ्खपुष्पी (कानवोलवुलस प्युरिक कलिस), जटामसी (नारदोस्टेकी जटामांसी) सेवन गर्नुपर्छ। उचित मात्रामा आयुर्वेदिक औषधिसेवन गरेमा रोगमा फाइदा गर्छ। अनुचित मात्रामा आयुर्वेदिक औषधिसेवन गरेमा दुष्प्रभाव पनि गर्न सक्छ।
– लेखक: नेपाल आयुर्वेद चिकित्सा परिषद्का रजिस्टार हुन्।