–श्रेयज सुवेदी
१९ बर्से उमेरमा नै मनमा ६० बर्से कुरा खेल्छन् । सोच्दासोच्दै जीवन सिद्धिसक्दा पनि सोच्न छोड्दैन, अपराधी दिमाग । कहिले डरले थकाउँछ त कहिले घरले तर्साउँछ । वीरगंजको गर्मी पनि उखरमाउलै छ । अझ नयाँ मान्छेसित यो गर्मी अझ बढी सामीप्यताका कारण जबरजस्तीको पिरती गाँस्न खोज्छ । लोडसेडिङको कारण सिलिङमा तुन्रु· झुन्डिएको पङ्खा पनि गतिहीन छ । पसिनाले बगाएर खाटमुनि लान्छ भन्दैछ । लामखुट्टेका जमात कानमा आई पञ्चे बाजा बजाउँछन् । बाजा मात्र बजाए त हुन्थ्यो नि, शरीरभरि म्वाई खाएर हैरान पार्छन् । गर्मी र लामखुट्टेले आज मलाई कोठामा बस्न दिंदैन जस्तो छ । हस्तक्षेपी गर्मी र लामखुट्टेको भौतिक एवं मानसिक यातनाबाट बच्न कोठामा चाइनिज ताल्चा झुन्ड्याएर चप्पलभित्र खुट्टा पसाउँदै म कोठाबाट बाहिरिन्छु ।
रातको १२ बजेको छ । कुमारीमाई पछाडिको रानीघाट एरिया रातको एकान्तमा मस्त निद्रामा मग्न छ । रातको एकाग्रतामा मेरो आगमन सजिलै ठम्याउँदै गल्लीका कुकुरहरू साइरन बजाउन थाल्छन् । एउटाले भुक्न थालेपछि सारा कुकुर उसको भुकाइमा एकता थप्छन् र कुकुरको भुकाइ रातको मौनतामा टाणटाणसम्म छरपस्ट हुन्छ । नाम थाहा नभए पनि मोती, सेती, टमी भन्दै उनीहरूलाई वशमा गर्ने मेरो प्रयास केही हदसम्म सफल हुन्छ । गल्लीका बाघ र यिनको भुकाइ छिचोल्दै म सिडिओ कार्यालयको अगाडि आइपुग्छु । बाटो सुनसान छ । क्षितिजमा सारा ताराहरू मेरी चन्द्रमालाई आँखा झिम्काउँदै छन् । यसैले आज मेरी चन्द्रमा लजाएर बादलमा लुकेकी छे । केही मिनेटमैं म घण्टाघरको सामुन्ने पुग्छु । रातको कोखमा घण्टाघरको काखमा केही प्रहरी जवान र रिक्सा चालकहरू आआफ्नो कर्तव्यपालन गर्दैछन् । पेसेन्जरको पर्खाइमा कोही रिक्सामैं निदाएका छन् त कोही लामखुट्टेबाट बच्न आगो नजिक बसेका छन् । चुरोट र बिंडीका ठूटाहरूबाट निस्केका धूवाँको क्षितिजसम्म पुग्ने रहर बीचैमा अलपत्रिंदै छ । प्रहरी र रिक्सावालाहरूको भलाकुसारी सुन्दै घण्टाघर वीरगंजको पहरेदारीमा ठडिएको छ । लाग्छ घण्टाघर आफ्नो उभ्याइमा गौरव महसुस गर्दैछ । दिउँसो उज्यालोमा बेवास्तिने घण्टाघरको अस्तित्व रातमा प्रस्ट विम्बित छ । दिनमा तातिने वीरगंजको पृष्ठभूमि रातमा शान्त अनि शीतल छ । मेरा पाइला माईस्थान चोकतिर बढ्छन् । बाटो छेउका घरका चिसो पेटीमा गल्लीका भुस्याहा कुकुरहरू लुतो चिलाउन व्यस्त छन् । दिनमा २ खुट्टापछाडि पुच्छर लुकाएर हिंड्ने स्यालहरू रातमा ठाडो पुच्छर गरेर बाघ बनेका छन् । फोहरको थुप्रो वरपर केही बालिका प्लास्टिक खोज्न व्यस्त देखिन्छन् । मेरो प्रवेशलाई अस्विकार्दै उनीहरूको आँखा मतिर तेर्सिएका छन् । रातको भयावहलाई आवश्यकताले थिचेर जितेको प्रस्ट्याउँदै छ यो दृश्यले । माईस्थान चोकमा दुई प्रहरी जवान करको ड्यूटी प्रदर्शन गर्दैछन् । उनीहरू कर्तव्य भुलाएर निदाएको देख्दा एसपी खरेलको कमी खड्कियो मनमा । कर्तव्य भुलाएर विलासितामा विलुप्त मानिस सर्वसाधारणको पहरेदार भएको देख्दा ‘के म सुरक्षित छुँ ?’ भनी मैले आपैंmलाई सोधें ।
माईस्थानचोकबाट आदर्शनगरसम्मको यात्राबीच देखिएका दृश्यहरू हृदयस्पर्शी छन् । बेघरे मानिस र बेगोठे पशुहरू एक परिवारजस्तै सडक पेटीमा लम्पसारिएका छन् । अज·का साँढेहरू उघाउन मस्त देखिन्छन् । च्यातिएको थोत्रो ओड्नी ओढेका बेघरे मानिस लामखुट्टेको पिराइबाट पिरोलिएका छन् । यसैकारण कहिलेकाहीं वरपर ताली बजेको आभास हुन्छ । ती बेघरे मानिसमा म भोक देख्दैछु, रोग देख्दैछु, सुविधाको शून्यता देख्दैछु, अभाव देख्दैछु । त्यसकै विपरीत तीन तल्लामाथि विद्युतीय पङ्ख्याको बावजुद मखमली खाटमा लम्पसारिएका शरीर गर्मीको कारण छट्पटिंदै छन् । ती शरीर विलासितामा पनि असन्तुष्ट छन् । तर त्यसको विपरीत चिसो भूमिमा ढलेका शरीर स्थिर अनि सन्तुष्ट देखिन्छन् । यो दृश्यमा म समाजमा व्याप्त वर्गीय असमानता देख्दैछु । पेटीमा तेर्सिएका नाङ्गा बच्चाहरू देख्दा लाग्छ आफूले लगाएको लुगा लगेर दिऊँ । तर स्वार्थी संसारको ‘म’ एक पात्र, अरूभन्दा भिन्न बन्न असमर्थ छु । दिनमा मानिस र सवारीको चापले किचिएको सडक रातमा बत्तीको उज्यालोको उपस्थितिमा आफ्नो सुन्दरता नियाल्दै छ । आदर्शनगर चोकमा पनि फेरि कर्तव्य भुलेका पहरेदार देख्छु । मेरा पाइला सडक पछ्याउँदै अघि बढ्दै छन् । रातको वीरगंज निकै प्यारो अनि मायालु लाग्दैछ । यत्तिकैमा एक हुल मानिस साइकलमा मलाई छिचोल्दै अगाडि बढ्छन् । साइकलको ग्यारेजमा कतै सावेल त कतै कोदालो देखिन्छन् । मजदुरीको आडमा पेट पाल्ने यी मानिस आधा रातमा गुँड जाँदैछन् । यो दृश्यले आवश्यकता बाध्यता बनेको प्रस्ट व्याख्या गर्दैछ । दक्षिणबाट बगेको हावाले सडकका छेउका रूखलाई नचाउँदै छ । नेपथ्यभित्र कतै टाढा कुकुरहरू लय हालेर शङ्ख फुकिरहेका छन् । आधुनिक विश्वका एक युगल जोडी मेरो विपरीत मतिर आउँदैछ । आधा ना·ो तिघ्रामा टिमिक्क बसेको कट्टु नसुहाए पनि राम्रै देख्दैछु । बाहुला नभएका र पछाडि चार–पाँचवटा तुनाले अडिएको भेस्टले उच्छृङ्खलता प्रदर्शन गर्दैछ । आधा रातमा घरबाहिर अर्धनग्न स्त्री, एउटा पुरुषसँग समाज र संस्कृतिविपरीत भएको महसुस गर्दैछु म । असम्भवकारी यो दृश्यले वीरगंजको आधुनिकताको उदाहरण मेरो सामु पस्किदियो ।
नारायणी अस्पताल अगाडिको चहलपहल बिर्ता मन्दिर अगाडिबाट प्रस्ट देखिंदैछ । सारा वीरगंज सुतेको अवस्थामा नारायणी अस्पतालको वातावरण अनिद्रामा झुल्दैछ । अस्पताल अगाडिको चियाको ठेला मानिसको हुलले भरिएको छ । चिया बनाउने हातले लामखुट्टे धपाउन फुर्सद पाएको छैन । रातको शीतलता तातो चियाको चुस्की, मलाई पनि चाहना हुन्छ । ठेलावाली नजिक भएकीले लामखुट्टेको जनसङ्ख्या व्यापकै छ । लामखुट्टे धपाउन अन्डाका क्रेटहरू बलेका छन् । रातको शून्यतामा यहाँको चहलपहल अलग विश्वको अनुभूति गराउँछ । सेतो लुगामा सजिएका फ्लोरेन्स नाइटि·लहरू चियापसलमा आवतजावत जारी राख्दैछन् । चिया खाएपछि शरीरमा नयाँ स्फूर्ति आयो । रातको समयमा अस्पताल प्रा·णमा छिर्ने आँट आएन मलाई । छपकैयातिर जाउँ कि भन्ने सोच्दैछु तर दिनमा स्याल र रातका बाघहरूबीच सडकमा उभिएर मलाई चेतावनी दिंदैछन् । चेतावनीको सामना गर्ने स्थिति नभएकोले मेरो पाइला मोडिन्छ अब । जुन बाटो गएँ त्यही बाटो फर्कने क्रममा सबै कुरा स्थिर छन् । जुन कुरा जसरी देखेर गएँ अझ पनि उस्तै नै छन् । यो रातको घुमाइमा वीरगंजको वास्तविक सुन्दरता नियाल्ने मौका मिल्यो । कतै भोक देखियो, कतै रोग देखियो, कतै अभाव देखियो कतै लापरवाही देखियो । कतै आधुनिक पराकाष्ठा नाघेको संस्कृति देखियो । कोलाहलभित्रको शान्त अनि सुन्दर वीरगंज देखियो ।