प्रस, वीरगंज, १५ जेठ/
यही जेठ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा हुने प्रथम राष्ट्रिय विद्यालय खेलकुद जुनियर च्याम्पियनशिप २०७० मा पर्सा जिल्लाबाट निजी विद्यालयहरूको सहभागिताका लागि छनोट कार्यक्रम आज सम्पन्न भएको छ ।
नारायणी र·शालामा सम्पन्न छनोट कार्यक्रममा एथलेटिक्सतर्फ १००, ४ सय, १५ सय र ३ हजार मिटरमा पुरुषतर्फ गौतम माविका आनन्द जयसवाल, गौरव कुशवाहा, सुशान्त चौधरी र दीपेश जयसवाल छनोट भएका छन् ।
यसैगरी महिलातर्फ ४ सय मिटर रिले दौडमा गौतम माविकै रोशनी झा छनोटमा भएकी छिन् ।
एथलेटिक्सतर्फ २ सय मिटरमा माउन्ट हर्मन स्कूलका सुनीलकुमार दास, महिलातर्फ २ सय र ४ सय मिटरमा मजिना खातुन छनोट भएकी छिन् ।
त्यस्तै सय मिटर दौडमा जीएचपीकी राशिका भट्ट, ८ सय मिटरमा विद्यासदनकी मीरा साह र जीएचपीका आदित्य साक्य तथा १५ सय मिटरमा विद्यासदनका सुमन यादव र ३ हजार मिटरमा विद्यासदनकी भारती गुप्ता छनोटमा परेका छन् ।
यसैगरी आज सम्पन्न क्रिकेट प्रतियोगितामा गौतम माविलाई हराउँदै विद्यासदन छनोटमा परेको छ ।
छनोट भएका विद्यार्थीहरू राष्ट्रिय खेलकुद परिषद् र विद्यालय खेलकुद विकास बोर्डको तत्वावधानमा हिसान, प्याब्सन र एन–प्याब्सनको आयोनजामा जेठ २६ गतेदेखि हुने प्रथम राष्ट्रिय विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७० जुनियर च्याम्पियनशिपमा सहभागी हुनेछन् । छनोट प्रतियोगितामा प्याब्सन र एन–प्याब्सन पर्साका १० वटा विद्यालयहरूको सहभागिता रहेको एथलेटिक्सका प्रशिक्षक विशेश्वर पटेलले बताए ।