- सञ्जय साह ‘मित्र’
एउटा हिन्दी फिलिम घरवाली बाहरवाली प्रदर्शनमा आएको वर्षौं भयो तर त्यसले समाजमा आफ्नो जमानामा छोडेको छाप भने अझै प्रखर छ । घरवाली र बाहरवालीको चर्चा समाजमा पुरुषको हकमा मात्र भएको छ । महिलाले यसरी भन्न थालेको हो अर्थात् यस्तै अर्थ लाग्ने भन्न थाल्ने हो भने अनर्थ भएजस्तै हुन्छ । घरवाला र बाहरवालाको अवस्था समाजमा कसैको हुन नसक्ने होइन, पत्रिकाहरूमा कहिलेकाहीं पढ्न पाइन्छ । तर गाउँ–समाजमा फलानीको घरवाला फलानो र बाहरवाला फलानो हो भन्नु सबैभन्दा चरित्रहीन आइमाईको रूपमा सबैले भन्न थालिहाल्छन् । महिलाले महिलालाई पनि यहाँ अत्यधिक हेप्ने अवस्था आउन सक्छ तर पुरुषको हकमा कसैले फलानोको फलानी घरवाली र फलानी बाहरवाली हो भन्दा उतिसारो चरित्रहीन मान्ने अवस्था आउँदैन । तर बाहरवाली हुन्छ भने बाहरवाला किन हुँदैन ?
पितृसत्तात्मक परिवार प्रथा रहेको हाम्रो समाजमा कुनै महिलाले एकपटकमा दुई पति राख्न सक्दिनन् । यो सामाजिक तथा नैतिक मात्र नभई धार्मिक बन्धन पनि हो तर नेपालकै सम्भवत: शेर्पा समुदायमा केही वर्ष पहिलेसम्म यस किसिमको प्रथा चलनचल्तीमा रहेको थियो । अहिले यो हराएको देखिन्छ । यसलाई सकारात्मक मान्न सकिन्छ । तर एक महिलाले सम्भवत: अन्जानमा भनेको वाक्यबाट उनलाई पर्न गएको अप्ठ्यारोलाई यहाँ सामान्यरूपमा अभिव्यक्त गर्न खोजिएको छ ।
कुरा काठमाडौंको एउटा कोठाभित्रको हो, जहाँ बैठक शुरु हुनुअघि समयको दुरुपयोग भइरहेको थियो । दुरुपयोग यस अर्थमा कि बैठकको समय तोकिएको दृष्टिले अघि नै भइसकेको थियो तर बैठक भने आरम्भ हुने छाँटकाँट देखिएको थिएन । यसै समयमा कतै न जानु र केही गर्नु हुन्छ । जो समयमा आयो उसले सजाय भोगिइरहनुपर्ने हुन्छ । बैठकमा आइपुग्नुपर्ने करिब डेढ दर्जनमध्ये आधा दर्जन मात्र आइपुगेका हामीले समयलाई दुरुपयोग गर्दै घरायसी गफगाफ गर्दै परिचयको दायरा फराकिलो पारिरहेका थियौं । यस्तैमा बैठकमा सहभागी एकजना दिदीको पालो आएको थियो । महिलाको पालो आएपछि सबैको ध्यान तानिएको थियो । नाम र पेशा सबै थाहा नै थियो, यस्ता कुराभन्दा काठमाडौं आगमन र बसाइको विषयमा बढी सोधखोज भयो । सबैको सोचाइ के थियो भने रैथाने नभए पनि दिदीको घर भने काठमाडौंमा नै छ । हामीजस्ता बाहिरबाट जानेहरू कुनै सभासमारोह वा बैठकमा काठमाडौंवासीभन्दा केही फरक भएजस्तो अनुभव हुन्छ ।
ती दिदीले भनिन्–काठमाडौंमा हाम्रो घर छैन, हामी भाडामा बस्छौं । घर छैन तर घरजस्तै छ किनभने दुवैजनाको सानोतिनो जागिर छ र जिन्दगीको रथ बडो आनन्दले चलेको छ । यसले गर्दा काठमाडौंको बसाइ अप्ठ्यारो छैन । त्यसभन्दा पहिले सबैलाई लागेको थियो, माइत चाहिं उपत्यकाबाहिर र घर चाहिं उपत्यकामा नै भनेर । एकजना साथीले यसलाई अझ प्रस्ट पार्न भने तपाईंको यहाँ घर छैन नै हो । साथीले यसरी अलिकति चेपारो घसेर र लेघ्रो तानेर हँसाउने पाराले भनेका थिए कि त्यहाँ एकैछिनमा हाँस्ने वातावरण नै बन्यो । दिदी पनि हाँस्ने मुडमा पुगेर आफूलाई अझ प्रस्ट पार्दै ‘म घरवाली होइन, भाडावाली हो’ भनिन् एकदम सरल शब्दावलीमा ।
दिदीको वाक्यले सबैको मनोभावलाई बदलिदिएको देखियो अनुहारमा । हो, घरवालीको सोझो अर्थ हाम्रो समाजले कुनै लोग्नेमानिसकी स्वास्नी भन्ने लगाउँछ तर यहाँ शब्दमा विश्लेषण गरिने अर्थ लगाइएको थियो घरकी मालिक्नी । यो सुनेर खास त केही अनर्थ भइहालेको थिएन तर यो अर्थलाई अनर्थमा बदल्ने उपवाक्य थियो भाडावाली । घरवाली होइन भाडावाली हो भन्ने शब्दावलीले दिने सामाजिक अर्थ र शाब्दिक अर्थमा झन् बेमेल छ । भाडावाली आइमाईले भाडामा पाइने आइमाईको अर्थ दिन्छ । भाडामा पाइने आइमाई भन्ने अर्थमा भाडामा बस्ने आइमाईलाई रूपान्तरण गरेर बुझ्नुभन्दा यसको अर्थ बुझाउनु महत्त्वपूर्ण थियो । मैले नै यसलाई सहज बनाउने काम गरें र भनें–भाडावालीको अर्थ भाडामा बस्ने आइमाईभन्दा भाडामा पाइने आइमाई लाग्ने हुन्छ कि १ सबैले एकैस्वरमा सकारात्मक भाव जनाए । दिदीले त्यो कुरा नबुझेरै भनेका रैछन् भन्ने कुरा सबैलाई थाहा भयो । पछि दिदी त लजाएको जस्तो अनुभव गरिन् र एकछिनपछि शुरु भएको बैठकमा पनि केही बोलिनन् ।
बोल्दा पनि कति सजग भएर बोल्नुपर्दो रहेछ है ? बोलीको अर्थ पनि समाज र संस्कृति हेरी मात्र होइन, उमेर र शिक्षा हेरी पनि लाग्ने हुन्छ । यसकारण नयाँ ठाउँमा नयाँ वातावरणमा बोल्दा अझ बढी सतर्क हुनुपर्ने हुन्छ । अन्यथा दिदीजस्तै अबगालमा पर्न के बेर ?