प्रस, वीरगंज, १४ जेठ/
गाविस हकहित संरक्षण केन्द्र पर्साले आजकै मितिबाट केन्द्रीय आह्वान अनुरूप नागरिकता सिफारिसको काम बन्द गरेको बताएको छ ।
केन्द्रका सचिव राजेश्वरप्रसाद तेलीले विज्ञप्ति प्रकाशित गरी केन्द्रीय कार्यसमितिले यही जेठ १२ गतेदेखि नागरिकता सम्बन्धी सिफारिस बन्द गरी सरकारलाई विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराइसकेको हुँदा पर्सा जिल्लामा पनि सो सम्बन्धी निर्णय आजदेखि कार्यान्वयन गरिएको जनाएका छन् ।
उनले गत साता कपिलवस्तु, सप्तरी, नवलपरासी, सिरहा, सर्लाहीलगायत जिल्लाहरूमा भएका नागरिकता सम्बन्धी घटनामा गाविस सचिवलाई मुद्दा लगाएर अमानवीय तरिकाले थुनामा राख्ने, मानसिक यातना दिने गरिएकोले पुन: आन्दोलनमा होमिनु परेको प्रस्ट्याएका छन् ।
नचिनेको व्यक्तिलाई चिन्दछु भनी सिफारिस गर्नुपर्ने कानुनी बाध्यता नहटाउन्जेल सिफारिस गर्न नसकिने हुँदा सो सम्बन्धी कार्य बन्द गरिएको सचिव तेलीले बताए ।
उनले केन्द्रले अघि सारेको सो सम्बन्धी मागहरू पूरा नहुन्जेल नागरिकता सम्बन्धी सिफारिस गर्न नसकिने जनाएका छन् ।