अनन्तकुमार लाल दास |
नेपाललाई बुद्ध र जानकीको देश भनेर पनि चिनाउने गरिन्छ। राजतन्त्रात्मक सत्ता हुँदा हरेक नेपालीले शान्तिको अनुभूति गरेका थिए। परिश्रम गर्ने मानिसलाई सम्मान गरिन्थ्यो। हाम्रो भाषा एक थियो। छिमेकी मुलुकका मानिसले पनि नेपालको गरिमाको बखान गर्दथे। “हाम्रो देश प्राणभन्दा प्यारो छ” भन्ने नारा नै चलेको थियो तर त्यसबेला अधिकांश जनता अशिक्षित थिए। उनीहरू आफू शोषित भइरहेका कल्पना नै गरेका थिएनन्। विस्तारै ज्ञानको विस्तार हुँदै जाँदा उनीहरू कसरी शोषित भइरहेका छन् भन्ने थाहा पाएपछि विसं २००७ सालमा भएको क्रान्तिले “प्रजातन्त्र” भन्ने शब्द त प्राप्त भयो तर वास्तविक प्रजातन्त्र प्राप्त गर्न सकेनन्। विस्तारै यो प्रजातन्त्र राजा र स्वार्थी नेताहरूका षड्यन्त्रले पञ्चायती शासन व्यवस्थामा परिणत भयो। “गाउँ फर्क अभियान” जस्ता कार्यक्रम ल्याइयो तर गाउँको विकास हुन सकेन। पुन: २०४६ को जनआन्दोलनबाट प्रजातन्त्रको स्थापना भयो तर त्यो पनि गुम्यो। शिक्षाको अभाव, पछौटेपन, चरम शोषणको परिणामस्वरूप पुन: जनआन्दोलन गरियो, जसमा कैयन वीर नेपालीले आफ्नो जीवन राष्ट्रलाई समर्पित गरे।
नेपालको १७ प्रतिशत भूभाग ओगटेको तराई अन्नको भण्डार भनेर चिनिने गरिन्छ तर ती अन्न उब्जाउने किसानहरू चरम शोषणका शिकार भइरहेका थिए। आर्थिक र शैक्षिक दृष्टिले कमजोर भएका कारण उनीहरू केही बोल्दैन्थे। तर त्यसबेला एउटा उखान तराईमा बढी प्रचलनमा थियो,“कमाए धोतीवाला र खाए टोपीवाला।” यसको परिणामस्वरूप नै तराईवासीले मौका छोपी आफ्नो अधिकारको खोजी गर्न थाले। यस खोजको प्रभावले गर्दा सम्पूर्ण तराई मधेस नै आन्दोलित भयो, जसलाई हामीले मधेस आन्दोलन पनि भन्न सक्छौं । परिणामस्वरूप संविधानसभाको निर्वाचन सम्पन्न भयो तर विडम्बना के भयो भने ती ६०१ नेताहरूले पनि स्वार्थवश जनताको नासो जनतालाई सुम्पन सकेनन्।
नेपालको विकास नहुनुको एउटा महत्त्वपूर्ण कारण यहाँका बासिन्दाहरू पनि छन् किनभने हामीसँग प्रचुर मात्रामा प्राकृतिक स्रोत हुँदाहुँदै पनि दरिद्र सोचका कारण त्यसको उपयोग गर्न सकिरहेका छैनौं। जुनबेलादेखि हाम्रो एकता अनेकतामा छिन्नभिन्न भयो त्यसबेलादेखि हामीलाई यस्ता दुर्दिन देख्नुपरिरहेको छ, जसको कल्पना हामीले गरेका थिएनौं। आज हाम्रो राष्ट्रिय गौरव ध्वस्त हुँदै गइरहेको छ र हामी मूकदर्शक झैं हेरिरहेका छौं। परिणामस्वरूप हाम्रो राष्ट्रिय जीवन दिन प्रतिदिन जर्जर हुँदै गइरहेको छ। हाम्रो सामूहिक शक्ति लोप हुँदै गइरहेको छ।
एक युगसम्म शोषित भएपछि यो समय हामीले भाग्यवश हेर्न पाएका छौं। यस आत्म गौरवलाई प्राप्त गर्न का लागि हामीले कति मूल्य चुकाउनुपरेको छ, कति बलिदान दिनुपरेको छ र कति यातना सहनुपरेको छ यो हाम्रो सामु छर्लङग छ। सात दल र माओवादीको संयुक्त प्रयासले प्राप्त गणतन्त्रलाई आज हामी आपसी फुटका कारण बर्बाद गरिरहेका छौं। जसरी बाँदरहरूले मालाको इज्जत र गधाले चन्दनको महत्त्वलाई बुझ्दैन त्यसैगरी हामीले प्राप्त गणतन्त्रको महत्त्वलाई बुझ्न सकिरहेका छैनौं। भन्नुको तात्पर्य के हो भने आज हामी पुन: पारस्परिक फुटका कारण विनाशको बाटोतर्फ लम्किरहेका छौं। यस कारण वर्तमानमा राष्ट्रिय एकताको त्यतिकै आवश्यकता छ, जति आवश्यकता जीवनका लागि रोटीको हुन्छ ।
कुनै पनि राष्ट्रको सार्वभौमिकता, अखण्डता र समृद्धिका लागि राष्ट्रियताको भावना एक अति आवश्यक शर्त हो। यस कारण देशको हित, अहित र मानसम्मान सम्बन्धमा प्रत्येक देशवासीले चिन्तनमनन गर्नुपर्ने अति आवश्यकता छ। केही वर्षदेखि हाम्रो देशमा यस्तो विषयुक्त हावा बगिरहेको छ, जसको प्रभावले हरेक नेपाली आ–आफ्नो डम्फु बजाउनमा मस्त छन्। केही खास जाति र समुदायका मानिसहरूबीच एकापसमा भिडन्त भइरहेको छ। सबै आ–आफ्नो स्वार्थमा तल्लीन छन्। हामी शहीदहरूको बलिदानलाई बिर्संदै गइरहेका छौं। सबैको मुखमा लागेको ताल्चा खुलिसकेको छ तर जुन कारणले हामी स्वतन्त्रताको अनुभूति गरिरहेका छौं, यदि त्यही गुम्यो भने न त हाम्रो भाषा कुनै काम लाग्छ, न त हाम्रो संस्कृति नै।
मुख्यरूपले हाम्रो देशमा राष्ट्रिय एकता अभावका छवटा कारणहरू हुन सक्छन्। पहिलो कारण हो सङ्घीयता। यो यस्तो मन्द विष हो, जो विस्तारै आफ्नो पाइला चाल्दैछ। आज पहाडी पहाडको उन्नति चाहन्छ, मधेसी मधेसको, मैथिली भाषाभाषीहरू आफ्नो क्षेत्रको प्रगति हेर्न चाहन्छन् भने भोजपुरी, नेवारी, लिम्बुहरू पनि आफ्नो क्षेत्रको उन्नति चाहन्छन्। आज हामी कयौं वर्गमा विभाजित हुँदै गइरहेका छौं। यस कारण राष्ट्रतर्फ हाम्रो ध्यान नै छैन पनि भन्न सकिन्छ र यही कारण हो हामी राष्ट्रप्रतिको आफ्नो दायित्वलाई बिर्संदै गइरहेका छौं। हरेक क्षेत्रमा आ–आफ्नै सोच र स्वार्थ हावी रहेको देखिन्छ।
यसै गरी दोस्रो कारण हो भाषिक उन्माद। भाषाको नाममा हामी एक अर्काप्रति भेदभाव गर्न थालेका छौं। आज हामी राष्ट्रगीत गुनगुनाउन चाहँदैनौं। कसैले भोजपुरीको आवाज बलियो पार्दैछ भने कोही मैथिलीको, कोही नेवारीको, कोही थरुहटको। स्वार्थी भावनामा वृद्धि भएको कारण आज यस्तो वातावरण बन्दै गएको छ, जसमा हरेक मानिस आफ्नो बारेमा मात्र सोच्दछ। उसको ध्येय व्यक्तिगत सफलता प्राप्त गर्नु मात्र रहेको छ। उसलाई न त आफ्नो समाजको कुनै चिन्ता छ, न त आफ्नो राष्ट्रको। आज मानिस राष्ट्रिय एकता वा राष्ट्रियतालाई समेत आफ्नो स्वार्थको लागि बेच्न तयार छन्। आफ्नो झूटो प्रतिष्ठाका लागि ऊ जे पनि गर्न तयार छ।
तेस्रो कारण हो सङकीर्ण मनोवृत्ति। आज मानिसमा सङकीर्ण विचारधारा बढ्दै गइरहेको छ। व्यापक दृष्टिकोणको अभाव हुँदै गइरहेको छ। यही कारण “शान्ति” राष्ट्रको सट्टा परिवारमा निहित हुँदै गएको छ। धेरै राम्रो सोच राखियो भने मात्र आफ्नो जातिसम्म सीमित भएको छ। यसबाहेक मानिस देशको लागि सोच्न नै सकिरहेका छैनन्।
चौथो कारण हो देशमा राष्ट्रप्रेमको अभाव हुनु। राष्ट्रिय भावना र राष्ट्रप्रतिको सोच जुन भीमसेन थापाको पालामा देखिन्थ्यो, त्यो आज पाइँदैन। त्यसबेला प्रत्येक मानिसको मुखमा एउटै आवाज थियो, जुनसुकै हालतमा अङ्ग्रेजहरूलाई नेपाल पस्न नदिने। यो नेपाल वीर नेपालीहरूको हो भन्ने सोच थियो। तर आज भोजपुरा क्षेत्र हाम्रो हो, थरुहट हाम्रो हो, मैथिली क्षेत्र हाम्रो हो, पहाड हाम्रो हो, तराई हाम्रो हो तर हामी “यो नेपाल हाम्रो हो” भन्दैनौं। आज हामी सबैभन्दा पहिला आफ्नो प्रदेश, त्यसपछि राष्ट्रबारे सोच्छौं, जुन हाम्रो लागि अति नै घातक हो।
पाँचौं कारण हो साम्प्रदायिकताको भावना बढ्दै जानु। साम्प्रदायिकताको भावनाले फेरि कतै–कतै आफ्नो टाउको उठाउन थालेको छ। केही नेताहरूको दृष्टिमा देशको हितसँग मतलब छैन। उनीहरूको काम आफ्नो दुनो सोझ्याउनुसँग मात्र सीमित छ। यो स्थिति राष्ट्रिय एकताको लागि घातक हो। नेपालगंजको घटना यसैको उदाहरण हो र अन्तिम कारण अलगाववादी प्रवृत्ति हो। पृथकतावादी शक्तिको वृद्धि यस दिशामा भएको खाल्डोलाई झन् गहिरो बनाउनु हो। केही स्वार्थी नेता र छिमेकी मुलुक नेपाललाई समृद्धशाली भएको हेर्न चाहँदैनन्।
राष्ट्रिय एकताका लागि समय–समयमा प्रयास नभएको पनि होइन। आज पनि प्रयास भई नै रहेको छ। “हिमाल, पहाड, तराई, कोही छैनन् पराइ” जस्ता नाराहरू पनि नचलेको होइन तर एक अर्कामाथि विश्वासको कमीले गर्दा मित्रता पनि शत्रुतामा बदलिंदै गइरहेको छ। गणतन्त्रप्राप्तिको सात वर्ष बितिसक्दा पनि हालसम्म “संविधान” बन्न सकेको छैन। विशेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताले राष्ट्रिय एकताका लागि अनेकौं प्रयास गरेका छन्। आज पनि प्रतिदिन “सहमतिका लागि सहमति” भइरहेको छ तर “वास्तविक सहमति” हालसम्म प्राप्त हुन सकेको छैन।
देशमा विघटनकारीहरूको बोलबालाले गर्दा सर्वत्र अराजकता छाएको छ। महँगी र भ्रष्टाचार दिन प्रतिदिन बढ्दै गएको छ। हरेक कुरामा “व्यापारीकरण” हुन थालेको छ। हरेक पक्षबाट यसो गरिनुपर्छ, उसो गरिनुपर्छ भन्ने कुरा सुनिन्छ तर आजसम्म त्यो कुरा कार्यान्वयनमा आउन सकिरहेको छैन। यस कारण प्राप्त गणतन्त्रलाई बचाउन वर्तमान समयमा पूर्ण समझदारीको आवश्यकता छ। नेपालका विभिन्न जातजाति र धर्मावलम्बीहरूलाई एकताको सूत्रमा बाँध्नका लागि राष्ट्रलाई धर्मनिरपेक्ष घोषित गरिएको छ।
राष्ट्रियताको भावनाले राष्ट्रको विकास हुन्छ। राष्ट्रिय भावना भएका मानिस पनि अनेक प्रकारले लाभान्वित हुन्छन्। मानिस आफ्नो सङ्कुचित “स्व”को सीमाबाट बाहिर निस्कन्छन्। “वसुधैव कुटुम्बकम्” जस्तो पवित्र आदर्शको भावना उदय हुन्छ। यस परिवेशमा मानिस आफ्नो हितलाई पनि राष्ट्रिय हितसँग जोडेर हेर्छन्। यस कारण राष्ट्रिय एकताको प्राप्तिमा आ–आफ्नो दायित्वको निर्वाह गर्नु प्रत्येक नेपालीको कर्तव्य हो। सरकारमा सामेल वा सरकारबाहिर रहेका सबै नेता, नागरिक समाज र बुद्धिजीवीहरूले प्रत्येक नागरिकमा राष्ट्रियताको भावना उत्पन्न गराउने प्रयासको थालनी गर्नुपर्छ। प्रत्येक मानिसले आफूभित्र रहेको सङकीर्ण विचारधारालाई परित्याग गरी राष्ट्रिय हितको लागि चिन्तनमनन गर्नुपर्छ। राष्ट्रको समृद्धिका लागि प्रयत्न गर्नु वर्तमानमा खाँचो छ। यसो गर्नमा हामीले जति ढिलो गर्यौं, राष्ट्र त्यति नै पछाडि पर्छ। यस कारण समय छँदै जागरूक हुनुपर्छ। यसर्थ सशक्त र समृद्ध राष्ट्रनिर्माणका लागि राष्ट्रिय एकता नितान्त आवश्यक छ।