बैद्यनाथ ठाकुर
आजभोलि नेपालमा कानुन छ कि छैन भन्न बडो गार्हो छ। प्रत्येक क्षेत्रमा ‘सानालाई ऐन, ठूलालाई चैन’को उखान चरितार्थ भइरहेको छ। हुनेखानेहरूको लागि हुँदाखानेहरूले दिनरात पसिना बगाउनुपर्ने चलनमा अझै कुनै परिवर्तन भएको छैन। बरु ‘उल्टे चोर कोतवालको डाटे’को उखान सम्पूर्ण क्षेत्रमा व्याप्त छ। जिम्मेवारीहीनता, लापरवाही तथा स्वार्थपूर्ण गतिविधिले प्रत्येक क्षेत्र, तह र तप्कालाई प्रभावित गर्दै लगेको छ। विकृति–विसङगति नै मुख्य सभ्यता र संस्कृतिको रूप लिंदै गइरहेको छ। ....लाई भन्दा देख्नेलाई लाजजस्तै घटनाहरू बारम्बार दोहोरिरहेका छन् । चाँदी तौलिने तराजुमा सुन तौलिरहेको रङगेहात पक्रिएपछि चोरहरूले चोरी गर्न पाउनुपर्छ भनी राजधानीजस्तो ठाउँमा पसल बन्द गरेर नारा जुलुस गरिरहेका छन्। चोरी गर्न पाउने मात्र होइन बरु चोरीको अनुगमन गर्न पाउँदैन भनेर मागसमेत गर्न थालेका छन्। दस हजार तोलाको सुन हेर्दाहेर्दै साठी हजार प्रतितोलासम्म पुग्दा कहिले पनि पसल बन्द गर्ने आवश्यकता सुन व्यवसायीहरूले महसुस गरेनन् तर सुनको भाउ ओरालो लाग्दै गर्दा उनन्चास हजारमा के मात्र झरेको थियो पसल नै बन्द गरेर भागे। उपभोक्तालाई जति लुटे पनि हुन्छ तर उपभोक्तालाई केही राहत भने दिनुहुँदैन भन्ने सामन्ती मानसिकताबाट अझै पनि हाम्रो समाज मुक्त भइसकेको छैन। सदाचार, नैतिकता र इमानदारीको पाठ पढाउने हाम्रा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सचिवहरू, न्यायालयका पात्रहरू, सम्पूर्ण कर्मचारीतन्त्रहरू, विश्वविद्यालय तथा विद्यालयमा कार्यरत गुरुजीहरूसमेत अनियमितताको निरन्तरता बढ्न थालेपछि समाजमा इमानदारीको मूल्य र मान्यता कसरी, कसले स्थापित गर्ने ? भनी प्रश्न आजभोलि नयाँ नेपालको लागि सबैको सामु चुनौती बनेर तेर्सिरहेको छ । कलाकार, पत्रकार, चिकित्सक, इन्जिनियरलगायतका प्राविधिक क्षेत्रसमेत अनियमितताको शिकार भएपछि सदाचारको लागि अनुकरणीय व्यक्तित्वको खोजी कुन क्षेत्रमा गर्ने ? आजभोलिको यक्ष प्रश्न नै यही बन्न पुगेको छ।
यतिबेला देशभरि विद्यालयमा परीक्षा सकेर नयाँ शैक्षिकसत्रको सुरुआत भएको छ। शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित नरहोस् भनी गाउँटोलमा भर्ना अभियान चलिरहेको छ। शिक्षकहरू विद्यालय छोडेर गाउँटोलमा भर्ना अभियान चलाइरहेका छन्। शिक्षकहरू विद्यालय छोडेर गाउँबस्तीमा विद्यार्थी खोज्दै पुगेका छन्। यो सार्है राम्रो कुरा हो। अभिभावकहरू आफ्नो नानीबाबुको पढाइको लब्धाङकपत्र हातमा हेरेर खुशी भएका छन्। उनका नानीबाबु राम्रो अङक ल्याएर समुत्तीर्ण भएका छन्। विद्यार्थी, अभिभावक दुवै खुशी छन्। साथै विद्यालयको व्यवस्थापन पक्ष पनि खुशी छ। अर्को शैक्षिक सत्रभित्र उसको विद्यालयमा पोहोरभन्दा यसपालि बढी विद्यार्थी भर्ना हुन आउँछ भनेर। संस्थागत विद्यालय यसकारण बढी खुश छन् कि आम्दानीको स्रोत ह्वात्तै बढ्ने भो। सामुदायिक विद्यालयका प्रधानाध्यापक पनि खुशी छन् किनभने उसको परीक्षाको नतिजा पनि राम्रो छ । विद्यार्थीहरूको भर्ना बढ्नेछ। विद्यार्थी बढी भएपछि मासिक शुल्कलगायत परीक्षा शुल्क, विद्युत्, कम्प्युटर, खेलकुद, स्वास्थ्य, टाइ, बेल्टलगायतका पैसामा बढोत्तरी हुनेछ। नेपाल सरकार शिक्षा मन्त्रालयबाट आउने विद्यालय सुधार योजना (क्क्ष्ए) को रकम पनि बढेर आउनेछ। यसरी घ्यू कहाँ पोखियो दालैमा भनेजस्तै हुन गएको छ तर तपाईं अभिभावकले एकचोटी पनि सोच्नुभएको छ, तपाईंको नानीबाबुको हातमा भएको लब्धाङकपत्रको विभिन्न विषयमा पाएको अङक जतिको ज्ञान उनीहरूमा छ कि छैन ? उत्तरपुस्तिकामा अनुत्तीर्ण भए पनि लब्धाङकमा मात्रै समुत्तीर्णाङक छ कि ? आजभोलि विद्यालयहरूले परीक्षालाई माछा फसाउन प्रयोग गरिएको चारोजस्तै अभिभावकहरूको ढाड सेक्न प्रयोग गर्न थालिएको छ। तपाईंको नानीबाबु आठवटै विषयमा अनुत्तीर्ण (फेल) भएपनि लब्धाङकपत्रमा प्रथम श्रेणी वा द्वितीय, तृतीय श्रेणीमा उत्तीर्ण भएको भनिदिने गरिएको छ। यसतर्फ तपाईं अलि सचेत हुन जरुरी छ। एउटा विद्यार्थी जो अनुत्तीर्ण छ, त्यसलाई उत्तीर्ण गरिदिंदा नेपाली काइदा फाइदै फाइदाको नीति कार्यान्वयन भइरहेको देखिन्छ। सबैभन्दा पहिले त विद्यार्थीलाई अनुत्तीर्ण गरिदिंदा उक्त विद्यालय छाडेर अर्को विद्यालयमा गयो भने ट्यूसन पढाएर मालामाल भइरहेकाहरूको धन्दा चौपट हुने सम्भावना भएकोले प्राय: सबै विद्यार्थीहरूलाई उत्तीर्ण गर्ने गरिन्छ। दोस्रो अभिभावकहरूको अनावश्यक दबाबबाट सजिलै बच्न सकिन्छ, तेस्रो विद्यार्थी सङ्ख्या विद्यालयमा घट्यो भने पीसीएफ, राहतलगायतका शिक्षक दरबन्दी कट्ने भएकोले पनि तिनीहरूको जागिर बचाउनैका लागि भएपनि अनुत्तीर्ण हुने विद्यार्थीहरूलाई पनि उत्तीर्ण गर्ने गरिन्छ। संस्थागत विद्यालयहरूमा मासिक शुल्क उधारो रहने पनि चलन देखिन्छ। त्यस्तो अवस्थामा विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिदियो भने उक्त विद्यार्थी विद्यालय छाडी अर्कै विद्यालयमा भर्ना हुन गएमा उधारो पनि डुब्ने तथा नियमित आम्दानीमा समेत घाटा लाग्ने भएको हुनाले सम्पूर्ण अनुत्तीर्ण विद्यार्थीहरूलाई उत्तीर्ण गर्न थालिएको छ। यसको परिणाम आज तपाईं हाम्रो सामुन्ने स्पष्टै छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपले हामी भन्दैछौं– हाम्रो शिक्षाको गुणस्तर घट्यो भनेर। अब भन्नुस् यसरी सञ्चालित परीक्षाको नतिजाबाट शैक्षिक गुणस्तर नघटे कसरी घट्छ त। जिल्ला शिक्षा कार्यालयलाई विद्यालयहरूमा अनुगमन गर्ने फुर्सद नै छैन। प्रधानाध्यापकलाई बार्है महिना कताको कुन शीर्षकबाट कसरी खाने भन्ने योजनाबाटै फुर्सद छैन। शिक्षकहरूलाई विद्यालय समयमैं अन्यत्र पनि पढाउन जानुपर्ने (खासगरी गणित, अङ्ग्रेजी तथा विज्ञान पढाउनेहरू) अनि ट्यूसनबाजहरूलाई ट्यूसन चलाउनकै लागि पनि सबै कुरा राम्रोसँग विद्यालयमा नपढाइदिने वर्तमानको अवस्था कायम रहेसम्म कसरी शैक्षिक गुणस्तर बढाउन सकिन्छ ?
यसको प्रत्यक्ष नतिजा तपाईं हाम्रो सामुमा प्रस्ट छ। सात/आठ कक्षासम्म आइपुगेका विद्यार्थीहरूले आफ्नो नाउँ पनि लेख्न नजान्ने, नेपाली विषयको पुस्तक पनि खरखर्ती पढ्न नसक्ने, अक्षर चिन्नसमेत गार्हो हुने गरेको विद्यार्थीहरूको सङ्ख्या दिन प्रतिदिन कक्षाकोठाहरूमा बढ्दै गइरहेको छ । विद्यालयमा विद्यार्थीको अनुशासनहीनता, अराजकता तथा उद्दण्डता बढ्दै जानुको एउटा मनोवैज्ञानिक कारण परीक्षा अमर्यादितरूपले सञ्चालन तथा गैरजिम्मेवारीपूर्वक नतिजा प्रकाशन पनि हो। बालुवाको महलभैंm केवल शैक्षिक प्रमाणपत्रधारी शिक्षित जनशक्ति यसरी नै हामीले बढाउँदै लग्ने हो भने भोलिको नयाँ नेपाल कस्तो बन्ला ? के हाम्रो बालबच्चाको भविष्यसमेत त्यस्तैमा समाहित छैन। हाम्रो परीक्षा प्रणालीलाई ‘पत्ताबीचको पान, मकैबिनाको घान’ कहिलेसम्म बनाइराख्ने ? यसबारेमा गम्भीर हुन अब अबेला भएन।