उमाशङकर द्विवेदी
आस्तिकको इच्छाअनुसार राजा जनमेजयको आज्ञाले सर्पहरूको नाश गर्ने सर्पयज्ञ समाप्त भयो। आस्तिकले आफ्नो मामाको घरमा गएर सर्पयज्ञको समाप्तिको सुखद समाचार सुनाए। आस्तिक मामाघर पुगेको बेला सर्पयज्ञमा होमिनबाट जोगिएका सर्पहरूबाट वासुकीनागको सभा भरिएको थियो। आस्तिकको मुखबाट सर्पयज्ञ समाप्त भएको खबर सुनेर सभामा उपस्थित सर्पहरू अत्यन्त प्रसन्न भए। उनीहरूले प्रेम प्रकट गर्दै आस्तिकसित भने,“बाबू, तिमीले हामी नाग र सर्पहरूलाई मृत्युको मुखबाट बचायौं। तिमीसित हामीहरू अत्यन्त प्रसन्न छौं। यस बेला तिम्रो मनमा जे इच्छा लाग्दछ, वर माग। भन तिमीलाइ के मन पर्छ, हामी तिम्रो कुन प्रिय काम गरौं ?”
सर्पहरूको कुरा सुनेर आस्तिकले भने,“तपाईंहरू मसित प्रसन्न हुनुहुन्छ भने म वर माग्दछु, जो कोहीले साँझ वा प्रातकालमा प्रसन्नतापूर्वक यस धर्ममय उपाख्यानको पाठ गरेमा उसलाई सर्पभय नहोस्।” आस्तिकको वचन सुनेर सर्पहरू अत्यन्त प्रसन्न भई भने,“बाबू, तिम्रो यो इच्छा पूर्ण होओस्। हामीहरू बडो प्रेम र नम्रताका साथ तिम्रो मनोरथ पूर्ण गर्नेछौं। जसले असित, आर्तिमान र सुनीथ मन्त्रहरूमध्ये कुनै एकको दिन वा रातिमा पाठ गरेमा उसलाई सर्पभय हुने छैन। सर्पहरूले उसलाइ कुनै पनि किसिमको क्षति गर्ने छैनन्।” ती मन्त्रहरू क्रमश: निम्नानुसार छन्–
(क) असितमन्त्र– यो जरत्कारूणा जातो जरत्कारौ महायशा:।
आस्तिक: सर्प सत्रे व: पन्नगान् योअभ्यरक्षत।
तं स्मरन्तं महाभागा न मां हिंसितुमर्हथ ।।
अर्थात् जरत्कारू ऋषि र जरत्कारू नामक नागकन्याको संसर्गबाट आस्तिक नामक यशस्वी ऋषि उत्पन्न भएका थिए । उनले सर्पयज्ञमा तिमी सर्पहरूको रक्षा गरेका थिए। भाग्यवान सर्पहरू, म उनको स्मरण गरिरहेको हुनाले मलाई न डस।
(ख) आर्तिमानमन्त्र– सर्पापसर्प भद्रं ते गच्छ सर्प महाविष।
जनमेजयस्य यज्ञान्ते आस्तिकस्यवचनं स्मरण।।
अर्थात् हे महाविषधर नागहरू, जनमेजयको यज्ञको समाप्तिको दिन आस्तिकले जुन कुरा भनेका थिए, त्यसलाई सम्झ।
(ग) सुनीथमन्त्र– आस्तिकस्य वच: श्रुत्वा य: सर्पो न निवर्तते।
शतधा भिद्यते मूघ्र्नि शिंशवृक्षफलं यथा।।
अर्थात् जुन सर्पले आस्तिकको वचनको शपथ सुनेर पनि फर्कंदैन, त्यसको फण सिमलको फल भैंm सैकडौं टुक्रा भई झर्नेछ। आस्तिक ऋषिले यस प्रकारसित सर्पयज्ञबाट सर्पहरूको उद्धार गरेका थिए । सर्पभयबाट मुक्ति पाउनको लागि सर्पहरूबाट जनहितकोलागि यस प्रकारको वर पाएका थिए।