सुशील मुडभरी
हरेक राष्ट्रका शत्रु र मित्रहरू हुन्छन् । राष्ट्रका कर्णधारहरूले त्यस्ता व्यक्तिहरूको पहिचान गर्दै तिनका बारेमा व्यापकरूपले खोज अनुसन्धान गर्न जरुरी हुन्छ। हचुवाको भरमा अथवा बिनाखोजी नै बोल्दै लेख्दै जाँदा कहिलेकाहीँ शत्रुको प्रशंसा र मित्रको बदख्वाइँ गरिरहेको पनि हुनसक्छ । त्यसैले यस्ता महत्त्वपूर्ण कुरामा सूक्ष्म अध्ययन गर्नैपर्ने हुन्छ। पुराना शत्रुको लागि खोजी गर्न समय खर्च नगरेर मौनधारण पनि गरौंला, तर मित्रको लागि भने ध्यान दिनैपर्छ। असल मित्रका भनाइहरू, व्याख्याहरू, लेख संस्मरणहरू प्रचारप्रसार गर्नाले हामी आपैंmलाई फाइदा पुगिरहेको हुन्छ।
उसबखत चीनबाट सद्भावपूर्ण भ्रमणका लागि आर्यभूमि आएका फाइहान, हु एन साङहरू अफगानिस्तानको बाटो हुँदै भारत प्रवेश गरेका थिए। त्यसपछि चिनियाँहरूले के पत्ता लगाए भने तिब्बतबाट नेपाल हुँदै भारत जाँदा सजिलो पर्नेछ। त्यसैले पनि यो कुरा बुझेका भारतका विद्वान राहुल सांकृत्यायन चीन भ्रमणको मनसुबा बोकी धेरैपटक नेपाल आए। पछि उनले चीन जाने सजिलो बाटो लद्दाखतर्फ पत्ता लगाए पनि उनले नेपालको यात्रा महत्त्वपूर्ण ठाने। उनले नेपाललाई दुइटा कुरामा ठूलो गुन लगाए। एउटा कुरा बुद्धको जन्म नेपालको लुम्बिनी वनमैं छ भनी सप्रमाण ठोकुवा गरिदिए भने महाकवि देवकोटाजस्ता तीक्ष्ण व्यक्ति नेपालमा जन्मेका छन् भनी विश्वलाई जानकारी गराइदिए। उनले २००७ सालअगाडि र पछाडि धेरैपटक नेपाल भ्रमण गरे र यहाँको प्रजातान्त्रिक आन्दोलनमा नैतिक समर्थन पनि जनाए।
राहुल सांकृत्यायनको मृत्युपछि उनकी पत्नी कमला सांकृत्यायनले राहुल वाङ्मयको नाम दिएर ५० औं खण्डमा उनका संस्मरणहरू, लेखहरू र जीवनीसहित प्रकाशित गर्नुभएको छ। त्यसैभित्रका तीनवटा संस्मरण लेखहरू यसमा समेट्ने जमर्को गरिएको छ। राहुलले सर्वप्रथम विसं १९८० अर्थात् मार्च अप्रैल १९२३ मा यात्रा भ्रमण गर्नुभएको देखिन्छ भने त्यसपछि ई. १९२९ मा दोस्रो र अर्को भ्रमण विसं २०१० अर्थात् ई. १९५३ मा समेत गरी धेरैपटक यात्रा गर्नुभएको छ। ०७ अगाडि र पछाडि पर्ने यी तीनवटा भ्रमणको संस्मरण हिन्दीबाट नेपालीमा रूपान्तरण गरेको छु। उनले देखेलेखेको कुराबाट हामी जानकारी र आनन्द लिन–दिन सक्छौं। उनको भनाइ जस्ताको त्यस्तै:–
साथी महेन्द्र र म (सांकृत्यायन) ई. १९२३ को मार्च अन्तिमतिर नेपालको लागि भारतबाट हिंड्यौं। शिवरात्रिको मेला परेकाले राहदारी (पास) चाँडै पाइयो । सीमा पार गरेपछि पैदल नै जङगल हुँदै चुरियाघाटी नाघेर भीमफेदी पुग्यौं। बाटामा उतै हिंडेका थुप्रै पैदल यात्री भेट भयो। विकट बाटो पार गरेर सीसागढी (चिसापानी) पुग्यौं। त्यसपछि चन्दागढीको पहाड उक्लन थाल्यौं। चन्दागढीको पहाड नाघेपछि उपत्यकाभित्रको थापाथली पुग्यौं। हामीजस्तै आर्य समाजका थुप्रै पण्डित त्यहाँ पुगेका थिए। हामी त्यहाँ पशुपतिनाथ, गुह्येश्वरी, महाबौद्ध, काठमान्डू, पाटनका विभिन्न स्थानको साथै भोलिपल्ट बुढानीलकण्ठ घुम्यौं। शिवरात्रिको मेला भर्न आएका थुप्रै साधुसन्त, महात्माहरूको लागि विशेष व्यवस्था सुरक्षाको प्रबन्ध थियो। यहाँ बस्नेमाथि कडाइ गरिएको र राहदारीको म्याद समाप्त भएपछि आएको बाटो पछ्याउँदै हामी फक्र्यौ।
ई. १९२९ मा शिवरात्रिको मेला पारेर हामी दोस्रोपटक नेपाल आयौं। यसपटक भने राहदारीको भर नपरेर थुप्रै दिन यहाँ बस्ने हाम्रो योजना थियो। प्रधानमन्त्री महाराज चन्द्रशम्शेरको भ्रमणले हामीलाई विशेष आकर्षण गर्यो। चन्द्रशमशेरको घोडागाडी सवारी घुम्दा अगाडिपछाडि थुप्रै सशस्त्र सैनिकहरू थिए। बाटामा हिंडेका उभेका मानिसहरू झुकी झुकी ढोगिरहेका थिए। हाम्रो लागि यस्तो चलन किताब कथामा पढेको आदिमयुगको झल्को लाग्दथ्यो।
शिवरात्रिमा आएका आगन्तुकहरूलाई शिवरात्रि सकिनासाथ फर्कनुपथ्र्यो। बस्नेहरूमाथि पुलिसको विशेष निगरानी हुन्थ्यो। शिवरात्रि सकिएको एक हप्तापछि त्यस्ता जाँच अधिकारीबाट बच्न हामी दक्षिणकाली गयौं। दक्षिणकालीवरिपरिको पार्वत्य भूमि बडो मनोहर थियो। हराभरा जङगल, कलकल बगेको निर्मल नदी, पक्षीहरूको मीठो मधुर, कर्णप्रिय करबलले गुञ्जमान थियो । तर त्यहाँ मन्दिरमा दिएको बलिले हाम्रो ध्यान भङग भयो। हामी नगिचै फर्पिङस्थित शिखरनारायण मन्दिर परिसरमा गयौं।
यो ठाउँ पनि हामीलाई सार्है राम्रो लाग्यो। पहाडमाथिको विशाल जङगल। त्यहाँ गाछवृक्षहरू काट्न मनाही थियो। नगिचै एउटा झर्ना थियो। यो झर्नाको पानी पाइपद्वारा पावर स्टेसनतर्फ लगिन्थ्यो। त्यस मन्दिरका महन्थजी आएका पाहुनाहरूलाई स्वागत गर्नुहुन्थ्यो र साथै बस्न सरकारी व्यवस्था पनि थियो। त्यहाँको एउटा चट्टान सर्पाकार देखिन्थ्यो। त्यस आकृतिलाई नै विष्णुमूर्ति मानेर शिखरनारायण भनिने गथ्र्यो। त्यो चट्टान नजिकै एउटा सानो गुफा थियो, अगाडिपट्टी पत्थरको फर्स। त्यहाँबाट केही सिंढी ओर्लेपछि सानो पुल थियो र पुल तरेपछि दुईतलले धर्मशाला थियो। जसको बनावट नेपाली शैलीमा थियो। मलाई माथिकै गुफामा बस्न मन लाग्यो र साथी महेन्द्रलाई धर्मशालामा ठीक लाग्यो। यहाँबाट केहीपर ब्राह्मण बस्तीमा हाम्रो भोजनको व्यवस्था गरियो । शुद्ध र अति मीठो भोजनबाट हामी तृप्त भयौं। हामी यहाँ दुई हप्ता बस्यौं। हामीले भारत छपराबाट केही संस्कृत र केही अङ्ग्रेजी पुस्तक लगेका थियौं र त्यो पुस्तकहरू पढ्नु, पढाउनु र चिन्तन मनन गर्ने गथ्र्यौं। यहाँ भालु आतङक थियो र राति विभिन्न जङगली जनावरको आवाज आइरहन्थ्यो।
शिखरनारायण हिन्दू र बौद्धहरूको सम्मिलित तीर्थस्थल हो। यसैले कहिलेकाहीँ यहाँ तिब्बती लामाहरू पनि आउँथे। यहाँ एकजना नेवार बौद्ध आउँथे, जसको नाम थियो: बज्रदत्त वैद्य। शिखरनारायणको थुप्रै देवोत्तर सम्पत्ति थियो। सबेरैदेखि गाना, बजाना, भजन–कीर्तन हुने गर्दथ्यो। शिखरनारायणबाट पावर स्टेसन जाने कुलो थियो, सो निरीक्षण गर्न दुईजना पञ्जाबी पण्डित प्यारेलाल र ठाकुरलाल सिंह, जो पावरहाउसका कर्मचारी थिए, हामीलाई पावरस्टेशनमा पनि आउन नियन्त्रण दिएका थिए। ६ मार्चका दिन हामी त्यहाँ गयौं। ती दुईजना ओभरसियरका साथै एकजना अङ्ग्रेज इन्जिनियर, सुरक्षाको लागि एउटा कप्तान र केही सिपाहीहरू थिए।
त्यही दिन राति हामी पाटन बज्रदत्त वैद्य (जो शिखरनारायणमा चिनाजानी भएका थिए)को घरमा पुग्यौं। यहाँका गुभाजुहरू बौद्ध परम्परामा हुर्केकाले संस्कृत र पूजापाठमा कम ज्ञान राख्दथे, नेवारी रञ्जन अक्षरको ज्ञान राख्दथे। राति हामीले धेरै अध्ययन गर्यौं र हाम्रा कुरा पनि सुनायौं। भोलिपल्ट बिहानै प्रहरी हाम्रो खानतलासी गर्न आयो, वैद्यको छोराले हाम्रा जिम्माका हुन् भनी फर्काइदिए। त्यही बौद्ध पण्डित रत्नबहादुरसँग हाम्रो भेट भयो। उनले सिद्धान्त कौमुदी कण्ठस्थ गरेका थिए, तैपनि संस्कृत बोल्नै सक्दैनथे। उनी तिब्बत पनि बसेकाले त्यहाँको ‘कन्जुर’ ग्रन्थका केही सूची उनले पनि बनाएका थिए। चाहनुहुन्छ भने म तिब्बत पनि
पठाइदिन सक्नु भनी हामीलाई आश्वासन दिनुभयो ।
यहीबीच हामी थापाथलीमा राजगुरु हेमराज शर्माको घरमा पनि तीन/चार दिन बस्यौं। विशाल घर, ड्यूटी पहरेदार बकायदा राजसी इन्तजाम थियो। उनी भने साधारण लिवासमा थिए। उनको कोठा र टेबुलमा संस्कृतका थुप्रै किताब थिए। हामी मध्यदेशबाट आएका पशुबलि विरोधी हौं भन्ने कुरा उनलाई थाहा थियो। उनी यो बलिप्रथा धर्मविरुद्ध छ तैपनि हाम्रो समााजमा व्याप्त छ, हामी
ब्राह्मणहरू पनि परेशान छौं भनी उहाँले सुनाउनुभयो र पशुबलिविरुद्धको शास्त्रीय प्रमाणहरू सङकलित गरेको कुरा पनि देखाउनुभयो।
नेपालबाट फर्कन पनि राहदारीको जरुरत पर्दथ्यो। पञ्जाबी भाइहरूले सहयोग गरेकाले हामीलाई सजिलै भयो । दुईजना भरियाले चन्दागिरी
नगई अर्कै बाटोबाट हामीलाई भीमफेदी पुर्याइदिए । भीमफेदीबाट गाडीमा चुरिया पुग्यौं र त्यहाँबाट जङगलको बाटो
हुँदै २२ मार्चमा हामी रक्सौल पुग्यौं। क्रमश: