प्रस, वीरगंज, १७ चैत/
सुरजाहा गाविसमा रहेको राधाकृष्ण मठका पुजारी महन्थ सुरेन्द्रदास बैरागीले मठ प्रा·णमा पत्रकार सम्मेलनको आयोजना गरी मठको नाउँमा रहेको करोडौं मूल्यबराबरको सम्पत्तिको हिनामिना भइरहेको आरोप लगाएका छन् ।
मठको बिघौ जमीनको बाली मठ व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ साहले बर्सेनि अनाधिकृतरूपमा उपभोग गरिरहेका मठका पुजारी बैरागीले आरोप लगाएका छन् ।
मठको नाममा रहेको ६४ बिघा जमीनमध्ये २६ बिघा जमीन मठवरिपरिको गाविसहरूमा तथा बाँकी जमीन विभिन्न गाविसहरूमा छन् ।
मठवरिपरिका गाविसहरूमा रहेको २० बिघा जमीन तथा मठनजिकैको ६ बिघा गरी २६ बिघा जमीनमा आपैंm बाली लगाइ खाने गरेको तथा मठको नाममा रहेको पोखरी ठेक्का लगाएबापत आएको रकम पनि अध्यक्ष साहले हिनामिना गरिरहेको आरोप पत्रकार सम्मेलनमा महन्थले लगाएका थिए ।
गुठी संस्थानले मठको व्यवस्थापनको लागि छुट्याएको मन्दिरनजिकैको ६ बिघा जमीन मठको जिम्मा दिएकोमा सोमा लगाइएको बालीबाट हुने आर्जनले विगतमा मठको व्यवस्थापन हुने गरेको थियो । तर दिनानाथ साह मठ व्यवस्थापन समितिको अध्यक्ष भएदेखि नै सोमा लगाइएको बालीबाट हुने आर्जन पनि अध्यक्ष साहले नै उपभोग गरिरहेकाले मठ चलाउन समस्या परेको पत्रकार सम्मेलनमा महन्थ बैरागीले बताएका थिए ।
पर्सा ग्रामीण सूचना केन्द्र पोखरियाको आयोजनामा भएको पत्रकार सम्मेलनमा मठको नाउँमा करोडौं मूल्यबराबरको सम्पत्ति रहेपनि अहिले मठमा राति टुकी बाल्नका लागि समेत एक सुका नभएकोले दैनिक पूजापाठ गर्नलाई साह्रै अप्ठ्यारो परिरहेको महन्थ बैरागीले बताए ।
कृषि विकास बैंकस्थित मठको खातामा रहेको १६ लाख नगदसमेत अध्यक्ष साहले हिनामिना गरेको महन्थ बैरागीले आरोप लगाए । यसबारेमा मठ व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ साहले आफूले मठको नाउँमा रहेको सम्पत्तिको हिनामिना नगरेको बताए ।
आफूले जिम्मेवारी पाएको दिनदेखि नै मठलाई चाहिने सबैथोक पूर्ति गर्दै आएको बताउँदै कुनै दिन आफू बाहिर गएको बेलामा समस्या परेको हुनसक्ने तर्क दिएका थिए । उनले बैंकमा मठको नाउँमा १६ लाख रकम नरहेको र आफूले सो रकम हिनामिना पनि नगरेको
बताए ।