- डा. नीरजकुमार सिंह
यदि तपाईं मधुमेह रोगी हुनुहुन्छ भने तपाईंले हृदयको ध्यान राख्न धेरै नै आवश्यक छ । बढ्दो उमेरसँगै मुटुको रोग बढ्ने सम्भावना प्रबल हुँदै जान्छ । हाम्रो समाजमा मधुमेह र मुटुरोग साथी हो, एकले अर्कोलाई बोलाएर ल्याउँछ भन्ने सामाजिक मान्यता छ र यो एकदमै ठीक पनि हो । वर्तमान आधुनिक विज्ञानका शोधहरूले पनि यो तथ्य पुष्टि गर्दछ ।
मधुमेह रोगीहरूमा पाइने मुख्य ह्दय रोगमा ह्दयको आफ्नै मांसपेशीहरूलाई रगत पुर्याउने धमनी (आट्ररी)को रोग जसलाई कोरोनरी आट्ररीको रोग भनिन्छ । त्यसैगरी ह्द्याघात, कार्डियोमायोप्याथी र उच्च रक्तचाप पनि मुख्य हुन् ।
मधुमेह रोगीको मृत्यु मुख्य कारण नै ह्द्याघात हो । धेरैजसो बिरामीमा ह्द्याघात छाती नै नदुखी हुन्छ, जसलाई सूक्ष्म आघात भनिन्छ । सूक्ष्म आघात भएको खण्डमा बिरामीले रोगको गम्भीरता महसुस पनि गर्न पाउँदैन र बिरामीको अचानक मृत्यु हुनसक्छ । मधुमेहको कारणले ह्दयलाई रगत पुर्याउने कोरोनरी आट्ररीभित्र बोसो जम्ने प्रक्रियामा तीव्रता आउँछ र ह्दयको मांसपेशीलाई चाहिने आवश्यक अक्सिजन र पोषण तत्त्वको कमी हुन्छ, परिणामस्वरूप ह्द्याघातजस्तो खतरनाक रोग
निम्तिन्छ ।
मधुमेह रोगीमा देखापर्ने अर्को मुख्य समस्या उच्च रक्तचाप हो । रक्तनलीमा निरन्तर परिरहने रगतको चापलाई रक्तचाप भनिन्छ । यस रोगलाई
पनि निदान
गर्न सकिन्न, औषधिको प्रयोगबाट नियन्त्रण भने गर्न सकिन्छ । धेरैजसो अवस्थामा उच्च रक्तचापका लक्षणहरू देखा नपर्न सक्छ, तर भित्रभित्रै रक्तचाप बढ्दै गएर यसले बिरामीको ज्यान पनि लिन सक्छ ।
त्यसैले उच्च रक्तचापलाई सुषुप्त हत्यारा पनि भनिन्छ । टाउको दुख्ने, रि·टा लाग्ने, चाँडै थाक्ने, धमिलो
देखिने, हड्बडाउनु र नाकबाट रगत बग्नेजस्ता लक्षणहरू बिरामीमा देखिन सक्छ ।
यस्तो लक्षण देखिएमा आत्तिनुहुँदैन । स्वास्थ्यकर्मीसँग सम्पर्क र सल्लाह लिन जरुरी हुन्छ । मधुमेह रोगीले उच्च रक्तचाप कसरी सामान्य गर्ने ?
– शरीरको वजन र कोलेस्ट्रोलको मात्रा बढी छ भने घटाउने ।
– नुन तथा बोसोको मात्रा कम भएको खाना खाने ।
– रक्तचाप १३०/८० को स्तरमा राख्ने ।
– धूमपान र मद्यपान सेवन नगर्ने ।
– नियमितरूपमा व्यायाम गर्ने ।
– चिकित्सकको सल्लाहअनुसार औषधिसेवन गर्ने र साथै रक्तचाप नियन्त्रणमा आएपछि पनि औषधि नछोड्ने ।
– धेरै औषधिहरू बीचमा म्चगन
क्ष्लतभचबअतष्यल हुने भएकोले रुघाखोकीको औषधि, परिवार नियोजनको चक्की, हार्मोन औषधि प्रयोग गर्दा चिकित्सकको सल्लाह लिने ।
– मानसिक तनाव कम गर्ने ।