चुनावी सरकारका सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सेवामा सुधार गर्न नेपाल टेलिकमका अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले सुधारका लागि गर्नुपर्ने योजना तथा कामहरूको सूची १५ दिनभित्र पेश गर्न निर्देशनसमेत दिएका छन् । टेलिकमको सेवातर्फ मन्त्रीस्तरबाट चासो दिएको सम्भवत: यो पहिलो हो । मुलुकमा लोकतन्त्र स्थापनापछि टेलिकमको सेवा सामुदायिक विद्यालयको सेवा सरह बनेको छ । टेलिकमका कर्मचारीहरू ‘सरकारी काम कहिले जाला घाम’ को मानसिकतामा छन् । ग्राहकलाई छिटोछरितो, चुस्तदुरुस्त एवं गुणस्तरीय सेवा प्रदान गर्नु र संस्था एवं उपभोक्ताको हितअनुकूल सोच्नुभन्दा पनि ‘समय कटाउने माना पचाउने’ ध्याउन्नमा उनीहरू देखिएका छन् ।
फाइबर केबुल जडान गर्नुभन्दा पहिले टेलिकमका कर्मचारीहरूका कारण उपभोक्ता वाक्क दिक्क थिए । लाइन गडबडी भएको महिना बितिसक्दा र पटकपटक गुनासो दर्ता गराउँदा पनि सेवा सुचारु गराउन टेलिकमका कर्मचारीहरू वास्ता गर्दैन्थे । त्यतिबेला टेलिफोन लाइनको तार चोरीका घटनाहरू धेरै हुने गरेको कारण ‘मरम्मत सम्भार गर्न प्राविधिक कर्मचारीले नभ्याएको हुनसक्छ’ भनेर चित्त बुझाउनुपर्ने अवस्था थियो । हाल फाइबर केबुल जडान भइसकेको छ । कुनै कारणवश तार चुँडे मात्र सेवा अवरुद्ध हुन्छ । यसरी आक्कल झुक्कल सेवा अवरुद्ध हुँदासमेत आजभोलि भन्दै कर्मचारीहरूले महिनौं विलम्ब गर्ने गरेका छन् । टेलिकमले वितरण गरेको इन्टरनेट सेवा हप्तौंसम्म गडबड हुँदा पनि कम्पनी र तिनका कर्मचारीहरू बेखबर रहन्छन् । टेलिकमको इन्टरनेट सेवाको क्षमता र अन्य सेवाप्रदायक संस्थाले दिने सोही क्षमताको सेवाको गुणस्तरमा आकाश पातालको फरक छ । मोबाइल सेवाको गुणस्तर झन् नराम्रो छ । एउटा नम्बरमा कुरा गर्दागर्दै अर्को नम्बरमा पुग्छ । आवश्यक परेको बेलामा नेटवर्क नै नलाग्ने, कुरा गर्दागर्दै कट्ने, कुरा नबुझिने, आवाज दोहोरिएर आउनेलगायतका समस्याहरू छन् । ग्रामीण क्षेत्रमा निर्माण गरिएका टावरहरू २/४ महिना चलेपछि कामै नलाग्ने हुन्छन् । पुन: मर्मतसम्भार गरी सेवा सुचारु गर्नेतर्फ कम्पनी उदासीन छ । गुनासो गर्न वा सेवा लिन कार्यालयमा पुग्ने उपभोक्ताहरूलाई त्यहाँका कर्मचारीहरू रैती सम्झन्छन् । उपभोक्तासँग रूखो व्यवहार एवं कार्यमा ढिलासुस्ती टेलिकमका कर्मचारीहरूको विशेषता नै हो ।
मुलुकभरिकै टेलिकमका एकाइ र तिनका कर्मचारीहरूको रवैया एकै छ । टेलिकमको सेवा लिइरहेका उपभोक्ता टेलिकम त्यागेर अन्य महँगो सेवाप्रदायकतर्फ लाग्ने क्रम बढ्दो छ । आजको युग प्रतिस्पर्धाको युग हो । ‘ग्राहक नै भगवान् हो, गुणस्तरीय सेवा नै धर्म हो’ भन्ने मूलमन्त्रलाई आत्मसात् नगर्ने व्यावसायिक संस्थाहरूको अब दुनियाँमा कुनै कामै छैन । मुलुकमा मोबाइल, इन्टरनेटमा उपभोक्ताहरूको सङ्ख्यामा जुनरूपमा वृद्धि भएको छ, त्यस अनुपातमा टेलिकमको ग्राहक सङ्ख्या वृद्धि हुन नसक्नुको मुख्य कारण पनि कम्पनीको नीति र कर्मचारीको रवैया नै मुख्य दोषी हो । यही अवस्था रहेमा जनकपुर चुरोट कारखाना र यातायात संस्थानको गति हुन टेलिकमलाई समय लाग्दैन । एक दिन मात्र गुणस्तरीय सेवा नहुँदा उपभोक्ताले मानसिक एवं आर्थिकरूपमा ठूलो क्षति बेहोरिरहेका हुन्छन् । सेवाग्राहीबिना सेवाप्रदायक संस्था जीवित रहन सक्दैन । टेलिकममा सुधारका लागि मन्त्री पौडेलले आँट गर्नुपर्छ । एकजनाको आँटिलो प्रयासले पनि धेरै कुराहरूमा सुधार हुन सक्दछ ।