$type=ticker$count=12$cols=4$cate=0

कृषिमा बढ्दो परनिर्भरता, ७ महिनामा ५ अर्बको चामल आयात

SHARE:

- शीतल महतो
 नेपाल कृषि प्रधान देश हो । यहाँको झन्डै दुईतिहाई जनसङ्ख्याको प्रमुख पेशा कृषि हो । उनीहरूले जीवन निर्वाहका लागि मुख्यरूपमा खेतीपाती र पशुपालन गर्ने गर्छन् । तर मुलुकको कृषिजन्य उत्पादन उपभोगका लागि पर्याप्त मात्रामा उपलब्ध हुन सकिराखेको छैन । जसकारण खाद्यान्न सड्ढट टार्न प्रत्येक वर्ष ठूलो परिमाणमा कृषिजन्य उत्पादन आयात गर्नुपर्ने अवस्था देखिएको छ । खाद्यान्नका लागि विदेशबाट आयात गरिने चामलको तथ्याड्ढ हेर्ने हो भन्ने नेपालको कृषि क्षेत्र कति परम्परागत र गैरव्यावसायिक छ भन्ने पुष्टि हुन्छ । नेपालीहरूको खाद्यान्नको प्रमुख स्रोत रहेको चामलको बढ्दो आयातले नेपाली कृषि प्रणाली नै असफल भएको हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ । राज्यले किसानलाई व्यावसायिकरूपमा कृषिप्रति प्रोत्साहित गर्न नसक्दा वार्षिक अर्बौ रुपियाँ मूल्यको चामल आयात हुने गरेको छ ।
    हाम्रोजस्तो कृषिप्रधान मुलुकका किसानले धान–चामल निर्यात गरेर आम्दानी बढाउन सक्ने सम्भावनाको उपयोग गर्नुको सट्टा उल्टै चामलका लागि विदेशी किसानमाथि आश्रित हुनु विडम्बना हो र यसले परनिर्भरताको परकाष्ठालाई उजागर गरेको छ । बितेको सात महिनामा ५ अर्ब रुपियाँभन्दा बढीको चामल आयात भएको छ । यस वर्ष देशभित्र धानको उत्पादन घट्दा चामलको मात्रै आयात २ सय १० प्रतिशतले बढेको हो । चामलसहित चालू आर्थिक वर्षको सोही अवधिमा तरकारी, चिनी, नुन, मासु तथा बालबालिकाको खाना र दुग्धजन्य उत्पादनलगायत आयात अत्यधिक बढेको छ । तरकारीबाहेक सबै वस्तुको आयात २ सय प्रतिशतभन्दा बढेको छ । आन्तरिक उत्पादन घटेपछि चामललगायत खाद्य वस्तुको आयात ह्वातै बढेको हो । यसले शोधनान्तर स्थिति, व्यापार घाटा र मूल्यवृद्धिमा सीधा असर परेको छ ।
    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याड्ढ अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु. २ अर्ब ८४ करोडको तरकारी तथा रु. २ अर्ब ४ करोडको बालबालिकाको खाना र दुग्धजन्य उत्पादन आयात भएको छ । यस्तै उक्त अवधिमा रु. एक अर्ब ४ करोड मूल्य बराबरको चिनी, रु. ३५ करोड मूल्य बराबरका नुन र रु. ६३ करोड मूल्य बराबरको जिउँदो जनावर आयात भएको छ । यो तथ्याड्ढ भन्सार राजस्व तिरेर आयात भएको चामल, तरकारी, चिनी, नुन र मासु तथा बालबालिकाको खाना र दुग्धजन्य वस्तुको मात्र हो । यसका अतिरिक्त नेपाल र भारत खुला सिमानाको फाइदा उठाएर ओसारपोसार गर्ने चामल र तरकारीको तथ्याड्ढलाई यसमा समावेश गरिएको छैन । भारतबाट अवैधरूपमा दिनहुँ ठूलो परिमाणमा धान, चामल र तरकारी नेपाल भित्रिने गरेको छ । जसको तथ्याड्ढ भन्सार कार्यालयसँग छैन । मुलुकको करिब ६७ प्रतिशत जनता कृषिमा आश्रित छ । जसलाई सहयोग गर्न र उत्पादन बढाउन सरकारी योजनाले प्राथमिकता दिन सकेको छैन । यसपटक धानसँगै अन्य वर्षे बाली मकैको उत्पादन पनि घट्दो छ । अर्थतन्त्रमा धान र मकैको हिस्सा करिब १० प्रतिशत रहेको छ । कृषिजन्य उत्पादनमा भएको कमीले आयात बढाएको मात्र नभई आर्थिक वृद्धिदरलाई समेत प्रभावित पारेको छ ।
    यसरी कृषिप्रधान मुलुक नेपालमा बर्सेनि खाद्यान्न उत्पादन घट्दै गएर आयात बढाउनुपर्ने परिस्थिति सृजना हुनु निश्चिय नै विडम्बनापूर्ण स्थिति हो । झन्डै दुई दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने नेपाली किसान अहिले खाद्यान्न आयात गर्न बाध्य छ । कृषिको महत्त्वलाई दृष्टिगत गरी सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर यसलाई औद्योगिक एवं व्यावसायिकरूपमा अगाडि बढाउने योजना त अघि सार्‍यो तर त्यसका लागि आवश्यक लगानी र भौतिक पूर्वाधार निर्माण गर्न सकेन । त्यस्तै, कृषि क्षेत्रको एकीकृत विकासका लागि कृषि उत्पादन, भण्डारणमा हुने क्षति न्यूनीकरण, किसानलाई ऋण कर्जा र सहयोग तथा खाद्य प्रशोधनजस्ता महत्त्वपूर्ण रणनीतिलाई राज्यले पूर्ण प्रतिबद्धता र इमानदारीका साथ लागू गर्न सकेन । फलस्वरूप दिगो खाद्य सुरक्षा, ग्रामीण क्षेत्रमा आम्दानी बढाउन र समावेशी आर्थिक विकासको अवधारणालाई मूर्तरूप दिन कृषि क्षेत्रले अहम् भूमिका निर्वाह गर्न सकेन । द्रुत गतिमा जल, ज·ल र जमीन तथा जैविक स्रोतहरू घट्दै जानुले कृषि क्षेत्र थप समस्याग्रस्त बन्दै गएको छ । अकासिंदो मूल्य, आर्थिक मन्दी, अस्थिर बजार तथा जलवायु परिवर्तनको असरले खाद्य असुरक्षाको समस्यालाई बढाउँदै लगेको छ । जलवायु परिवर्तनसँगै बढ्दो जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नका लागि सन् २०४० सम्म अहिलेको भन्दा दुई गुणा बढी खाद्य वस्तुको उत्पादन बढाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा भौगोलिक तथा व्यावसायिक सम्भावनाका आधारमा गुणस्तरीय कृषि सामग्री र बजार सेवा प्रदान गर्न सरकारी र निजी क्षेत्रको सहभागितामा व्यावसायिक सेवा केन्द्र स्थापना गर्नुपर्दछ । तर राजनीतिक अस्थिरता र लगानी मैत्री वातावरणको अभावमा त्यो हुन सकिराखेको छैन । विश्वव्यापी आर्थिक मन्दी र जलवायु परिवर्तनजस्ता कारणले विश्वभरि अहिले कृषिमा लगानी बढिरहेको अवस्था छ । यस्तो परिस्थितिमा नेपालले पनि आवश्यक पर्ने जलवायु अनुकूलताका अनुसारको कृषि कार्यक्रम ल्याउन आवश्यक भएको छ । विद्यमान निर्वाहमुखी कृषि क्षेत्रमा आमूल संरचनात्मक परिवर्तनका साथै त्यसको व्यवसायीकरण र आधुनिकीकरण गर्न सकेमा मात्र नेपालमा तीव्र आर्थिक वृद्धि र सामाजिक न्यायको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने यथार्थ छर्ल· छ । जलवायु परिवर्तनको अनुकूलताका लागि अनुसन्धान र प्रविधिको विकासमा जोड दिनुपर्दछ भने सीमावर्ती भारतीय शहर र नेपालमा मलखादको मूल्य अन्तर कम गरी आयात र वितरणमा सुनिश्चितता प्रदान गर्नुपर्दछ । कृषि उपजको निर्यात प्रवद्र्धनमा सशक्त र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अति आधुनिक सुविधा सम्पन्न प्रमाणीकृत प्रयोगशाला स्थापनामा पनि विशेष जोड दिनुपर्दछ । विश्व व्यापार स·ठन (डब्लुटीओ)मा प्रवेश गरेपछि नेपालले आफ्नो उत्पादन अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्ने अवसर प्राप्त भएपनि अहिले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नहुँदा कृषि उत्पादन परीक्षणका लागि थुप्रै दिन लगाएर भारतमा लगी परीक्षण गर्नुपर्ने बाध्यता विद्यमान छ । सरकारले केन्द्रीयस्तरमा यस्तो प्रयोगशाला बनाउन थाले पनि त्यसको प्रगति भन्ने अत्यन्त सुस्त गतिमा भइरहेको छ ।
    कृषि क्षेत्रको उत्पादकत्व बढाउन नसक्नु नै अहिलेको मुख्य समस्या देखिएको छ । एकातिर सिंचाइको अभाव, जग्गाको खण्डीकरण र बढ्दो शहरीकरणले खेतीयोग्य जमीन नष्ट भइरहेको छ भने अर्कोतिर खेती लगाउने समयमा कृषि मजदुरको अभावमा कतिपय खेतीयोग्य जमीनमा बाली लगाउनसमेत सकिएको छैन । यस्तो अवस्थामा कृषि क्षेत्रसँग अन्तर्सम्बन्धित सिंचाइ, सडक, विद्युत्, स्रोत संरक्षण कृषि प्रविधि तथा उन्नत बीउ र मलखाद जस्ता क्षेत्र र निकायबीच समन्वय र सहकार्य हुनुपर्दछ तर हामीकहाँ त्यसको ठूलो अभाव नै देखिन्छ । जसका कारण कृषि क्षेत्रको विकासमा प्रभावकारी परिवर्तन आउन सकेको छैन । गुणस्तरीय कृषि उत्पादनका लागि प्रा·ारिक, पर्यावरणीय र स्थानीय स्रोतहरूको उपयोगमा आधारित कृषि प्रणालीमा जोड दिनुपर्दछ । मुलुकमा कृषि क्रान्ति गर्ने हो भने अब कृषिमा आधारित साना तथा मझौला उद्योगको विकास गरी गरिबी न्यूनीकरण गर्ने खालको आर्थिक क्रान्ति र आन्दोलन गर्न जरुरी छ । मुलुक दिगो आर्थिक विकासका लागि अधिकांश जनताले अपनाउँदै आएको कृषि क्षेत्रको वैज्ञानिक र आधुनिकरूपमा विकास गर्नैपर्दछ । यसका लागि सशक्तरूपमा कृषिको व्यवसायीकरण र व्यापारीकरण गर्नैपर्ने हुन्छ र त्यसका लागि सरकार, गैरसरकारी संस्था र निजी क्षेत्र एकै साथ हातेमालो गरी अगाडि बढ्नुपर्दछ ।
      कजष्तबmिबजबतय२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कृषिमा बढ्दो परनिर्भरता, ७ महिनामा ५ अर्बको चामल आयात
कृषिमा बढ्दो परनिर्भरता, ७ महिनामा ५ अर्बको चामल आयात
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgBiiBtEeLLzr44ZPxGi0g2NnV1OE6JBM_qj9zPMGnnYRxEvh2ccV8d8UacBDU6dHaehxPef9S2d3uYjQsQ_tEyxr3JWgugeqlWXgqBv14mGB9Xl-HnNhvKgBey8hyfwR1PJQHXjuFQGIwY/s200/shital+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgBiiBtEeLLzr44ZPxGi0g2NnV1OE6JBM_qj9zPMGnnYRxEvh2ccV8d8UacBDU6dHaehxPef9S2d3uYjQsQ_tEyxr3JWgugeqlWXgqBv14mGB9Xl-HnNhvKgBey8hyfwR1PJQHXjuFQGIwY/s72-c/shital+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/03/blog-post_1599.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/03/blog-post_1599.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy