- विश्वराज अधिकारी
पूँजीवादको महत्त्वपूर्ण विशेषता के हो भने पूँजीवाद अन्तर्गत क्रेता एवं उपभोक्ताहरूलाई बजारमा आफूलाई मन लागेको वस्तु खरिद गर्न पूर्ण स्वतन्त्रता दिइएको हुन्छ । क्रेताहरू सार्वभौम हुन्छन् । साम्यवादमा जस्तो केन्द्र वा सरकारले उपभोक्तालाई यो वस्तु खरिद गर्न पाइने, त्यो खरिद गर्न नपाइने भनी निर्देशित गरिएको हुँदैन । र यो विशेषताले गर्दा नै बजारका सम्पूर्ण क्रियाकलापहरू बजारको कार्य (क्रेताहरूको माग) द्वारा निर्देशित एवं नियन्त्रित हुन पुग्दछ । बजारमा ती सामग्रीहरूको मात्र उत्पादन, आपूर्ति एवं बिक्री हुन्छ जुन क्रेताहरूको माग (चाहना) अनुरूपको हुन्छ । क्रेताहरूले नचाहेका वस्तुहरूको न उत्पादन हुन्छ, न आपूर्ति नै । सरकारले त्यस किसिमको वस्तु उत्पादन वा बिक्री गर्न उत्पादक वा बिक्रेताहरूलाई कुनै पनि किसिमको करकापमा पार्ने काम गर्दैन र गर्न पाउँदैन पनि ।
पूँजीवादी अर्थ व्यवस्थामा, क्रेताहरूको चाहनामा जुन किसिमले परिवर्तन हुन्छ, वस्तुहरूको स्वरूप, गुण, विशेषता आदिमा पनि सोही किसिमले परिवर्तन हुँदै जान्छ । यस कारण पूँजीवाद अँगालेका मुलुकका बजारहरू अति नै गतिशील हुन्छन् । गतिशील यस अर्थमा कि क्रेताहरूको मागमा निरन्तर परिवर्तन भइरहन्छ र सोही अनुरूप उत्पादकहरूले पनि नयाँनयाँ वस्तु बजारमा ल्याउँछन्, मौजुदा वस्तु एवं सेवाहरूमा सुधार गर्दै लग्छन् । र यसरी नयाँ–नयाँ वस्तुहरू विकास गरी, ती वस्तुहरू बजारमा ल्याउने र भएकै वस्तुहरूमा सुधार गर्ने क्रम अनवरत चलिरहन्छ । पूँजीवादी मुलुकका बजारहरूमा देखिने यो सर्वाधिक ठूलो विशेषता (गतिशीलता) हो ।
पूँजीवादी मुलुकका बजारहरू ज्यादै गतिशील भएको हुनाले नै सर्वाधिक नयाँ नयाँ वस्तुहरूको खोज एवं विकास हुने गर्दछ । अर्थात् नयाँ–नयाँ वस्तुहरूको सृजना र भएकै (वर्तमान) वस्तुहरूमा क्रेताहरूको चाहना अनुरूपको सुधार, बजार (उत्पादकहरू) को अनिवार्य कार्य हुन पुग्दछ । डायल गर्ने (नम्बर घुमाउने), डिजिटल, सेलफोन हुँदै ब्ल्युटुथ डिभाइस आदि जे जति विकासहरू टेलिफोनको क्षेत्रमा भए, ती सबै क्रेताहरूको माग अनुरूप उत्पादकहरूले उत्पादन गर्ने, पूँजीवादको बजार–सिद्धान्त अन्तर्गत भए । यसैगरी सामान्य परम्परागत कम्युटर, डेक्सटप, ल्यापटप हुँदै टेबलेट आदि, जे जति विकासहरू कम्युटरको क्षेत्रमा भए, ती विकासहरू पूँजीवादको बजार– सिद्धान्त अन्तर्गत भए । पूँजीवादी अर्थ व्यवस्थाले गर्दा नै फेसबुक, युटयुब, गुगल, याहूजस्ता अति नै प्रभावकारी सञ्चारका व्यवस्था एवं सामाजिक सञ्जालहरूको जन्म एवं प्रयोग सम्भव भयो । यी सामाजिक सञ्जालहरूले गर्दा विश्वभरि नै सञ्चार व्यवस्था प्रभावकारी हुन पुगेको छ र साथै मानव जीवनमा सुगमता पनि उत्तिकै आएको छ । यस अर्थमा पूँजीवादले मानव जीवनलाई सरल बनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
पूँजीवादले बजारलाई गतिशील मात्र पार्दैन, उत्पादकहरूले अत्यधिक मुनाफा एवं क्रेता वा उपभोक्ताहरूले अत्यधिक सन्तुष्टि पाउने अवसरको सृजनासमेत गरिदिन्छ । विश्वका लगभग सम्पूर्ण राष्ट्रले पूँजीवाद अँगाल्नुको प्रमुख कारण यो नै हो ।
पूँजीवादमा दुई तत्त्वले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । पहिलो हो क्रेताको चाहना, दोस्रो वस्तु वा सेवाको मूल्य (मुनाफा) ।
माथि नै उल्लेख गरिसकियो कि पूँजीवादी बजारमा ती वस्तु एवं सेवाहरूको उत्पादन हुन्छ जुन क्रेताहरूद्वारा माग गरिएको हुन्छ । यसैगरी बजारमा कुन वस्तु, कसले, कुन परिमाणमा, कहाँ, कसका लागि उत्पादन गर्न भन्ने कुराको निर्धारण गर्ने अर्को तत्त्व हो, वस्तु वा सेवाको मूल्य वा वस्तु एवं सेवाको बिक्रीबाट प्राप्त हुने मुनाफा । उत्पादकहरूले केवल त्यस किसिमका वस्तुहरू मात्र उत्पादन गर्छन्, बिक्रेताहरूले पनि केवल त्यस किसिमका वस्तुहरू मात्र बिक्री गर्छन् जुन वस्तुको उत्पादन एवं बिक्रीबाट उनीहरूलाई मुनाफा प्राप्त हुन्छ । यसरी बजारमा मुनाफा प्राप्त हुने वस्तु एवं सेवाहरूको मात्र उत्पादन हुन्छ, मुनाफा न हुनेको हुँदैन । मुनाफाले नै, उत्पादक एवं बिक्रेताहरूलाई कुन वस्तु उत्पादन एवं बिक्री गर्ने भनी निर्देशित गर्दछ, सरकारले उनीहरूलाई निर्देशन नै गर्नुपर्दैन । सरकारले बजारलाई सामान्य अवस्थामा, पूर्ण रूपमा स्वतन्त्र छाडिदिएको हुन्छ, कार्य गर्नका लागि ।
यस प्रकार जसरी प्रजातान्त्रिक शासन व्यवस्था भएको मुलुकमा, कस्तो किसिमको संविधान निर्माण गर्ने, ऐन कानुनहरूलाई कस्तो पार्ने एवं कस्ता व्यक्तिहरू समाविष्ट भएको सरकार बनाउने भन्ने निर्णय गर्न जनता सार्वभौम हुन्छ, स्वतन्त्र हुन्छ त्यसरी नै पूँजीवादी अर्थ व्यवस्था अँगालेका मुलुकहरूको बजारमा पनि क्रेताहरू कस्तो वस्तु एवं सेवाहरू, कुन मूल्यमा, कहाँ, कुन परिणाममा, कोसँग कहिले खरिद गर्ने भन्नेबारे निर्णय लिन स्वतन्त्र हुन्छन् । खरिद कार्य सम्पन्न गर्नका लागि क्रेताहरू सार्वभौम हुनु पूँजीवादी अर्थ व्यवस्थाको एक अति नै महत्त्वपूर्ण विशेषता हो । बजारको स्वामित्व क्रेताहरूमा निहित पार्नु पूँजीवादको उपलब्धि हो ।
उत्पादक एवं बिक्रेताहरूले केवल त्यस किसिमका वस्तु एवं सेवाहरूको उत्पादन एवं बिक्री गर्दछन्, जसको बिक्रीबाट उनीहरूलाई मुनाफा प्राप्त हुन्छ, मुनाफामा भारि वृद्धि हुन्छ । यो कुरा माथि उल्लेख गरिसकियो । तर यहाँ, यो कुरा दोहोर्याएर, के प्रस्ट पार्न खोजिएको छ भने मुनाफा गर्ने उद्देश्यले उनीहरूलाई बढी मुनाफा लिन निर्देशित गरे तापनि उनीहरूले मिलोमतो गरी, बजारमा एकाधिकार (:यलयउयथि), द्वयाधिकार (म्गयउयथि), अल्पाधिकार (इष्नियउयथि) वा क्रेताधिकार (:यलयउकयलथ) कायम गर्न सक्तैनन् । यस्तो किन गर्न सक्तैनन् भने बजारमा ठूलो सङ्ख्यामा उत्पादक एवं बिक्रेताहरूको उपस्थिति हुन्छ र उनीहरूबीच वस्तु एवं सेवाहरूको उत्पादन एवं बिक्री गर्न तीव्र प्रतिस्पर्धा हुन्छ । बजारमा तीव्र प्रतिस्पर्धा भएको कारण बजारले निर्धारण गरेको (क्रेताले माग गरेको) मूल्यमा बिक्री गर्न (मूल्य निर्धारण गर्न) उत्पादक एवं बिक्रेताहरू बाध्य हुन पुग्दछन् । यसरी प्रतिस्पर्धाले नै उत्पादक एवं बिक्रेताहरूलाई बढी मूल्य निर्धारण गरेर, बढी मुनाफा आर्जन गर्न सकिने स्थितिमा पुग्न दिंदैन । यदि कुनै किसिमले, बढी मुनाफा गर्ने उद्देश्यले उत्पादक वा बिक्रेताबीच मिलोमतो हुन गएमा, उनीहरूले द्वयाधिकार वा अल्पाधिकार कायम गर्न खोजेमा, त्यस किसिमको अवस्थामा सरकारले बजारमा हस्तक्षेप गरी, बजारमा हुन थालेको बिक्रेताबीचको मिलोमतोलाई तोड्दछ र त्यस किसिमले हस्तक्षेप गर्ने भनी कानुनी व्यवस्थासमेत गरिएको हुन्छ ।
पूँजीवादी अर्थ व्यवस्थामा क्रेताहरूलाई सार्वभौम पारिएको हुनाले उनीहरूले खोजेको वस्तु खरिद गर्ने स्वतन्त्रता पाएका हुन्छन् र यो स्वतन्त्रताको उपयोग गरेर उनीहरूले सस्तोमा स्तरीय वस्तु प्राप्त गर्ने प्रयास गर्दछन् । सरकारले, देशमा भएका उत्पादकहरूले सस्तोमा वस्तुहरू आपूति गर्न नसक्ने भएमा, विदेशबाट सस्तोमा आयात गर्ने उद्देश्य समेत राखेको हुन्छ । स्वदेशी उत्पादकहरूले महँगोमा नै भए पनि बिक्री गरून् भन्ने किसिमबाट सरकारले स्वदेशी उत्पादकहरूलाई संरक्षण प्रदान भने गर्दैन, आयात शुल्क बढाउँदैन । उल्टो स्वदेशी उत्पादकहरूमा प्रतिस्पर्धात्मक क्षमताको विकास होस् र आफ्नो देशको जनताले सस्तोमा वस्तु खरिद गर्न सकोस् भन्ने अभिप्रायले सरकारले उदार आयात नीति अवलम्बन गरेको हुन्छ । व्यापारबाधा
(त्चबमभ दबचचष्भचक) कम पार्दै लगेको हुन्छ । त्यति मात्र होइन, सरकारले क्षेत्रीय बजारको विकासमा जोड दिएको हुन्छ, जनताले सस्तोमा वस्तु खरिद गर्न पाओस् भन्ने उद्देश्यले । यसरी पूँजीवादले क्रेतालाई सार्वभौम पारेर, उनीहरूलाई तुलनात्मक रूपमा सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउने प्रयास गरेको हुन्छ ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm