- सञ्जय साह ‘मित्र’
पहिलेका मानिस प्रहरीलाई देख्नेबित्तिकै डराउँथे । अहिले विश्वव्यापीरूपमा सामुदायिक प्रहरीको धारणा आएको छ । सामुदायिक प्रहरीले समुदायमा रहेर समुदायसित मिलेर काम गर्छ भन्ने मान्यता छ । हुन पनि नागरिकसित प्रत्यक्ष सरोकार राख्ने कार्यालय तथा निकायहरू भनेका एक हिसाबले सामुदायिक नै हुन् । नेपालमा अहिलेको अवस्थामा नेपाल प्रहरी भन्नु चाहिँ सामुदायिक प्रहरी हो जस्तो मलाई लाग्छ । समुदायमा हरेक क्षेत्रको सकारात्मक र नकारात्मक सम्बन्ध हुने गर्छ । यसपटक समाजको सम्बन्ध नेपाल प्रहरीसित र अझ नेपाल प्रहरीको पनि रौतहट प्रहरीको चर्चा गर्ने प्रयास गरेको छु ।
अहिले रौतहटमा एउटा सकारात्मक सन्देश गएको छ, आर्केस्ट्राको नाच बिहेमा लैजाने हो भने प्रहरीले समात्छ । यो हल्ला फैलिएको एक हप्ता पनि भएको छैन । तर एक हप्तापहिले जयनगरको फर्निचर मेलामा दिउँसै आर्केस्ट्रा नाचको नाउँमा सडकमैं अश्लीलता प्रदर्शन भएको सुनिएको थियो, जसले साधारण यात्रुलाई लाजमर्दो बनाएको थियो । अप्रत्यक्षरूपमा प्रहरीको संरक्षणमा यस्ता नाचहरू हुने गर्थे । प्रहरीलाई दुईचार पैसा दिने र नाचको सुरक्षा गर्न लगाउने । गाउँमा कस्तो चलन भएको थियो भने आर्केस्ट्रा नाच मगाएर जुवा खेलाउने । जुवाबाट नाचको पैसा आइहाल्थ्यो र रक्सीको बिक्रीबाट उठेको पैसा मेला लगाउनेलाई नाफा हुन्थ्यो । आर्केस्ट्राको नाच र त्यसमा हुने अश्लील भोजपुरी गीत, रक्सी र जुवा सबै त समाजका लागि उत्तिकै हानिकारक । कुनै पनि समाजले राम्रो नभन्ने तर हरेकजसो गाउँमा मेलाको संस्कृति नै हुने । गज्जबको व्यापार भइसकेको थियो मेलाको । यहाँसम्मकी आर्केस्ट्रा नाचवालाले तोकेको दिन गाउँलेले मेला लगाउँथे । तर रौतहटका वर्तमान प्रहरी उपरीक्षक गोविन्दराम परियार, जसले आर्केस्ट्रा नाचमा कडाइ गरेका छन्, ले समाजका विकृति र विस·तिलाई केही कम गर्ने आँट गरेका छन् । वास्तवमा समाजको दृष्टिले हेर्ने हो भने यो उदाहरणीय कदम हो, जसलाई समाजले सकारात्मक सहयोग र प्रोत्साहन दिनु आवश्यक छ ।
रौतहट प्रहरीको प्रमुखमा वर्तमान पर्सा प्रहरी प्रमुख पीताम्बर अधिकारी हुँदा निकै सकारात्मक सन्देश गएको थियो । हुन त प्रउ अधिकारीको समयताका रौतहट प्रहरीको ध्यान चन्दा आतड्ढ, सशस्त्र भूमिगत समूह, व्यक्ति अपहरणजस्ता ठूला आपराधिक घटनातर्फ बढी गएको थियो । त्यतिखेरको समग्र मधेसको मुख्य समस्या नै यस्तै थियो । रौतहट सुधारको गतिले एउटा निश्चित बाटो समातिरहेको अवस्थामा सरुवा भएपछि समाज सुधारको पक्ष टुहुरो बनेको थियो । तर, केही समयअघि नयाँ प्रहरी प्रमुखको रूपमा गोविन्दराम परियार रौतहटमा आएपछिको पहिलो सार्वजनिक भेटघाटमा जिल्लालाई सकारात्मक सन्देश जाने एक्काइसबुँदे कार्ययोजना सार्वजनिक गरेपछि त्यहीँबाट रौतहटको सुधारको नयाँ मार्ग खुलेको सड्ढेत गरेको थियो । प्रनि परियारले मदिरासेवन गर्ने प्रहरीलाई कारबाई गर्ने घोषणा सम्भवत: देशमा पहिलोपटक हो । यसले प्रहरीलाई समाजप्रति बढी जिम्मेवार बनाएको सड्ढेत पनि गरेको थियो ।
अहिले रौतहटको समाजमा प्रहरीप्रति निकै सकारात्मक सन्देश गएको छ । प्रहरीले चाहेमा समाजमा अरू पक्षको चाहनाभन्दा निकै छिटो र अपेक्षा गरेभन्दा पनि सजिलो तरिकाले सुधार हुन्छ । अहिले बसको छानोमा यात्रा गर्ने चलन हटेर गएको छ । अवैध रक्सीको ओसारपसार नियन्त्रण भएको छ । रक्सी बनाउने भट्टीहरूलाई नियन्त्रण गरिएको छ । रक्सी खाएर बाटोमा जथाभावी बोल्दै हिंड्नेको सङ्ख्यामा पनि केही कमी आएको छ । गाउँघरका सानातिना बजारका रक्सीपसलहरू अब छिट्टै बन्द हुन थालेका छन् । मोटरसाइकलमा हिंड्नेहरू या त कागजपत्र बोक्छन्, या त जरिवाना तिर्न सजिलै तयार हुन्छन् । तस्करी गर्नेहरू तर्सिएका छन् । एकै दिनमा एकै ठाउँबाट ६६५ बोरा अवैध रासायनिक मल प्रहरीले बरामद गरी भन्सारलाई बुझाएको थियो । बेलाबेलामा अन्य किसिमका भन्सार छलीका सामानहरू प्रहरीले बरामद गरी भन्सार बुझाइरहेको अवस्था छ । सञ्चारकर्मीसित नियमित सम्पर्कमा जिल्ला प्रहरी कार्यालय रहेको छ । केही पत्रकारलाई बाहेक अधिकांशलाई जिल्ला प्रहरी कार्यालयले जानकारीहरू नियमित उपलब्ध गराउने गरेको छ ।
महिला तथा बालबालिकासम्बन्धी अपराधमा प्रहरीले शून्य सहनशीलता अपनाउने घोषणा गरेको छ । रौतहटको समाजलाई प्रहरीले एक किसिमले लिकमा ल्याउने प्रयास गरेको देखिन्छ । वर्तमान अवस्थामा समाजलाई अपराधमुक्त बनाउनु निकै ठूलो चुनौती हो तर समाजलाई खराब बाटोमा हिंडाउने तत्त्व अर्थात् कारणहरूलाई निर्मूल बनाउन सकियो भने अपराधका बाटाहरू साँघुरा हुन्छन् । प्रहरीले गर्न चाहेको यस्तै हुनुपर्छ ।
वर्तमान रौतहट प्रहरीले सबैतिरबाट सकारात्मक परिचर्चा पाइरहेको छ । यो यथार्थ हो । तर प्रहरीका अगाडि केही चुनौतीहरू पनि छन् । रौतहटमा सबैभन्दा ठूलो समस्या भनेको प्रवेशिका परीक्षा हो । प्रवेशिका परीक्षामा प्रउ परियारले निकै कडाइ गर्लान् भन्ने पूर्वअनुमान सबैले गरेका छन् । जिल्लामा परीक्षा दिन बाहिरबाट हरेक वर्ष ठूलो सङ्ख्यामा परीक्षार्थीहरू आउने गरेका छन् । उत्तीर्ण हुनकै लागि अन्य जिल्लाबाट परीक्षार्थी यहाँ आउनुले यहाँकै विद्वानहरूले रौतहटको परीक्षा प्रणालीमा सुधारको आवश्यकता महसुस गरिरहेको अवस्थामा यसपटकको परीक्षा निकै मर्यादित हुने विश्वास गरिएको छ । परीक्षालाई मर्यादित बनाउनुजस्तै सडकको अतिक्रमण हटाउनु पनि प्रहरीको चुनौतीको रूपमा रहेको छ । गाउँका सडकहरू अतिक्रमणले साँघुरिएका छन्, यसलाई प्रहरीले फराकिलो बनाइदिनुपर्छ भन्ने होइन । गौर–चन्द्रनिगाहपुर सडकमा पर्ने विभिन्न चोक तथा बजारहरूमा कालोपत्रेलाई छुने गरी खाटमा सामानहरू राखेर बेच्ने, सडकमा टायरगाडा र परालका कुन्यूहरू राख्ने, सडकमैं इँटालगायतका सामग्रीहरू राख्नेजस्ता कार्य भइरहेका छन् । यस्ता कार्यले एकातिर दुर्घटना निम्त्याउँछ भने अर्कोतिर सडकको सौन्दर्यलाई घटाएको छ । सडकको धूलो जति खाद्य सामग्रीमा जान्छ, त्यहीँ चाहिँ सर्वसाधारणले सेवन गरिरहेका हुन्छन् । यसैको देखासिकी सटर हुनेहरूले पनि आफ्नो पसलअगाडि ठेला राखिरहेका हुन्छन् । सडकलाई नै व्यापारको थलो बनाउने प्रवृत्तिलाई कम गर्नु आवश्यक छ । रौतहटको राष्ट्रिय वन विनाश भइरहेको छ, यसलाई रोक्नु नेपाल प्रहरीको कर्तव्य नभए पनि प्रहरीले चाहेमा यसलाई अवश्य रोक्न सक्छ ।
रौतहट प्रहरीले देखेको यहाँको सकारात्मक समाजको सपना साकार हुने बाटोतिर लम्कियोस् भन्ने चाहना प्रबुद्ध वर्गको छ । अपराधी प्रवृत्तिको मानसिकतालाई कानुनको दायरामा ल्याइ सही बाटोमा ल्याउन सकिन्छ । अपराधलाई रोक्दै रौतहट प्रहरीले अझ राम्रा सकारात्मक कार्यहरू गरेर देशमा रौतहटको छविलाई सुधार्न सक्नेछ भन्ने विश्वास पनि लिन सकिन्छ ।