असन्तुलित खानपान र रहनसहनले दिनहुँ रोग र रोगीको सङ्ख्या बढ्दै गइ रहेको छ । प्रत्येक घरघरमा कुनै न कुनै व्यक्ति रोगी छन् र रोगको उपचारमा अन्य कामहरूमा लगाउने पैसा खर्च भइ रहेको छ । विश्व स्वास्थ्य स·ठनले जति दाबी गरे पनि अहिले दक्षिण एसियामा स्वास्थ्यको स्थिति एकदमै दयनीय छ । अब त यस्तो अवस्थासम्म आइसकेको छ कि व्यक्ति घरमा तरकारी किन्न बिर्सन्छ तर प्रत्येक दिन घरको लागि औषधि किन्न बिर्संदैन । कारण हाल घरघरमा दिनहुँ औषधि खाने रोगीहरूको सङ्ख्या बढिरहेको छ । विभिन्न पद्धतिमा विभिन्न रोगको उपचार व्यवस्था छ । कुनै न कुनै पद्धतिबाट रोगीहरूले उपचार गराइराखेका हुन्छन् । यी चिकित्सा पद्धतिमध्ये आर्युवेद चिकित्सा पद्धति पनि एक हो । आयुर्वेद चिकित्सा पद्धति विश्वको प्राचीनतम चिकित्सा पद्धति हो । यस चिकित्सा पद्धतिमा रोगबाट बच्ने उपायहरू भनिएका छन् र कुनै कारणले रोग लाग्यो भने त्यसको उपचारको पनि व्यवस्था गरिएको छ । आयुर्वेदबाट उपचार गरेको रोग समूल नष्ट हुन्छ । आयुर्वेदमा रोगको चिकित्सा गर्दा मुख्य त पहिला शोधन र पछि शमन गर्नुपर्दछ ।
अर्थात् शरीरमा जुन दोषको कारणले रोग लागेको छ, त्यस दोषलाई शरीरबाट बाहिर निकाल्नुलाई शोधन र बाँकी रहेका दोष तथा पुनस् रोग नहोस् यसको लागि शमन चिकित्सा गरिन्छ ।
शोधन चिकित्सामा शरीरमा भएका दोषहरूलाई शरीरको विभिन्न मार्गहरूबाट औषधि प्रयोग गरी दोषहरूलाई बाहिर निकालिन्छ । त्यसलाई पञ्चकर्म भनिन्छ ।
पञ्चकर्म अर्थात् यसमा पाँचवटा कर्महरू गरिन्छ । पञ्चकर्ममा सबभन्दा पहिले रोगीको रोग र रोगको अवस्थाको परीक्षण गरी दीपन र पाचन औषधिहरू दिई दीपन र पाचन ठीक बनाइन्छ । पञ्चकर्म प्रक्रियामा ३ वटा अवस्थाका कर्महरू गरिन्छ– पूर्व कर्म, प्रधानकर्म र पश्चात् कर्म ।
पूर्व कर्ममा रोगीलाई स्नेहन, स्वेदन गरिन्छ अर्थात् रोग र रोगीअनुसार सम्पूर्ण शरीर वा रोग लागेको भागको तेल मालिस, तेल वा घ्यू खुवाउने काम गरिन्छ । स्वेदन भनेको रोग र रोगीअनुसार सम्पूर्ण शरीर वा रोग लागेको ठाउँमा वाष्पले स्वेदन गरिन्छ, त्यसपछि आउँछ प्रधानकर्म यसमा रोगीलाई रोगानुसार वमन अर्थात् वान्ता गराएर शरीरभित्रका दोषहरूलाई मुखबाट बाहिर निकाल्ने काम गरिन्छ ।
विरेचन अर्थात् पटक–पटक दिशा गराउनु, यसमा रोगीलाई रोग र रोगीअनुसार एकदिनमा १५र२० पटक दिसा गराइन्छ । त्यसको लागि विशेष प्रकारको खाना र औषधि खुवाइन्छ ।
वस्ती अर्थात् गुदमार्ग र मूत्रमार्गबाट रोग र रोगीअनुसार औषधि पठाइन्छ र यसमा रोग र रोगीअनुसार समय लाग्दछ ।
नष्य, यसमा नाकबाट औषधिहरू हालिन्छ । यसको लागि रोगीलाई रोगअनुसार तयार पारी औषधि तयार पारेर नाकमा हालिन्छ । जसले गर्दा टाउकोका रोगहरूको साथसाथै घाँटीदेखि माथिका रोगहरूको उपचार गरिन्छ ।
रक्तमोदन अर्थात् रोगी र रोगअनुसार विशेषगरी चर्मरोगमा जुका र अन्य उपकरणको माध्यमबाट रगत बाहिर निकालिन्छ । यो सबै प्रधानकर्म हुन् ।
अन्तमा पश्चात् कर्म गरिन्छ, यसमा पञ्चकर्मको कर्मको प्रधानकर्म अनुसार पश्चात् कर्म गरिन्छ । यसमा प्रधानकर्मअनुसार पथ्य वा परहेज गराइ आराम गराइन्छ ।
यो सबै पञ्चकर्मका कर्महरूलाई शोधन चिकित्सा भनिन्छ । यसबाट शरीरमा भएका रोगका दोष, कारणहरू शरीरबाट बाहिर निस्किन्छ भनी शमन चिकित्सा गरिन्छ ।
शमन चिकित्सामा रोग र रोगीअनुसार औषधि रोगीलाई सेवन गराइन्छ । रोग र रोगीअनुसार शोधन र शमन चिकित्सा नै आयुर्वेदको सम्पूर्ण चिकित्सा हो र यसबाट रोग समूल नष्ट हुन्छ । हाल अन्य चिकित्सा पद्धतिबाट ठीक नभएका रोगीहरू आयुर्वेद चिकित्सा पद्धतिप्रति आकर्षित भइरहेका छन् । यसै मौकाको फाइदा लिन विभिन्न भ्रामक प्रचारप्रसार गरी आयुर्वेद चिकित्सा भइरहेको छ । साथै विभिन्न भ्रामक प्रचारप्रसार गरी आयुर्वेदिक औषधि बिक्री भइरहेको छ । जसले आयुर्वेद चिकित्साको नाममा पैसा पनि खर्च भइ रहेको छ र रोग पनि ठीक भइरहेको छैन । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आयुर्वेद विभाग अन्तर्गत प्रत्येक जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयको साथसाथै आयुर्वेद विभाग र नेपाल आयुर्वेद चिकित्सा परिषद्बाट मान्यता प्राप्त चिकित्सक कविराजहरूको पनि निजी क्लिनिक तथा अन्य आयुर्वेद स्वास्थ्य संस्थाहरू छन् ।
आयुर्वेदका सरकारी निकायहरूमा निश्शुल्क उपचारको साथसाथै निश्शुल्क औषधि वितरण गरिन्छ । अतस् भ्रामक प्रचारप्रसारको पछाडि नलागी उपयुक्त आयुर्वेद उपचार हुने ठाउँहरूमा गई उपचार गराउनु उपयुक्त हुन्छ । पञ्चकर्म गराएर औषधि सेवन गर्नु सबभन्दा उपयुक्त आयुर्वेद चिकित्सा हो ।
डा. रमेश मिश्र (रजिस्ट्रार)
नेपाल आयुर्वेदिक चिकित्सा परिषद्