$type=ticker$count=12$cols=4$cate=0

प्रत्यक्ष ज्ञान

SHARE:

- शीतल गिरी
न्यायसूत्रमा विवेचना गरिने विषयहरूको पहिले उपस्थापना गरिन्छ, अनि त्यसको परिभाषा गरिन्छ र अन्तमा त्यसको परीक्षा हुन्छ । परिभाषाद्वारा वस्तुको तात्त्विक स्वरूप बताइन्छ, जसबाट त्यसलाई अन्य पदार्थहरूभन्दा अलग गरेर चिन्न सकियोस् ।
    परिभाषाको कार्य कुनै पदार्थहरूको ती सबै पदार्थहरूभन्दा फरक देखाउनु हो, जसको साथमा उसको सादृश्य भ्रम हुन सक्दछ ।
    गौतमले इन्द्रियजन्य ज्ञानको परिभाषा यसप्रकार गरेका छन्, त्यो ज्ञान कुनै इन्द्रियको साथ पदार्थको संयोग हुनाले प्रादुर्भूत हुन्छ, जसलाई शब्दद्वारा प्रकट गर्न नसकियोस्, भ्रमरहित होस् र पूर्णरूपले प्रकट भइरहेको होस् । यस परिभाषामा ती विभिन्न अवयवहरू, जो ज्ञानको क्रियामा विद्यमान रहन्छ, समावेश भइहाल्छ । अर्थात् (१) इन्द्रियहरू (२) तीद्वारा ज्ञेय पदार्थ, (३) इन्द्रियको पदार्थहरूका साथ संयोग र (४) त्यो ज्ञान जो यस संयोगले उत्पन्न हुने गर्दछ । इन्द्रियहरूका अस्तित्व अनुमान प्रमाणको विषय हो ।
    यदि हेर्ने चक्षु इन्द्रिय विद्यमान भएन भने र·को ज्ञान सम्भव नै हुँदैन ।
    ज्ञानेन्द्रियहरू ५ वटा भन्ने गरिएको छ । किनभने इन्द्रियजन्य ज्ञान पनि ५ किसिमका हुन्छन्– दर्शनात्मक, श्रवणात्मक, घ्राणात्मक, स्वादात्मक र स्पर्शात्मक ।
    यदि त्वचाको विशेष भाग नै इन्द्रियहरू मान्ने हो भने त इन्द्रियहरूको संज्ञा अनगिन्ति हुनेछ र यदि यस्तो होइन भने त र· र शब्द इत्यादिको ज्ञान इन्द्रियहरूद्वारा हुन सक्दैन । यदि एउटा मात्र इन्द्रियको अस्तित्व मान्ने हो भने हेर्नु, सुन्नु र सुघ्नु आदि सबैको ज्ञान एकैसाथ हुनुपर्ने हो । यसबाहेक त्वचा केवल त्यही पदार्थहरूको ज्ञान गराउन सक्दछ जो नजिकमा छ, जबकि देख्ने र सुन्नेबाट टाढाको पदार्थहरूका पनि ज्ञान हुन्छ ।
    वात्स्यायन मनको गणना इन्द्रियहरूभित्र गर्दछन् । उनी यसलाई अन्तरिन्द्रिय मान्दछन्, जसको अनुसार हामी आन्तरिक मनोभावना, इच्छा र ज्ञानको बोध प्राप्त गर्दछौं । वात्स्यायनको मतमा पनि एउटा इन्द्रिय हो, जुन किसिमको चक्षु आदि इन्द्रियहरू छन्, यद्यपि डेमोक्रेट्स र यिनमा थुप्रै स्पष्ट भेद छ ।
    बाह्य इन्द्रियहरू भौतिक तत्त्वहरूबाट बनेका हुन्छन्, केही विशेष पदार्थहरूको ज्ञान गराउने दक्षता राख्दछन् र केही विशेष गुण राख्दै इन्द्रियको रूपमा कार्य गर्न सक्दछन् ।
    तर मन अभौतिक हो, सबै किसिमका पदार्थहरूका ज्ञान गराउनमा एकसमान क्षमता राख्दछ र कुनै विशेष गुण नराख्दा पनि इन्द्रियरूपमा कार्य गर्न सक्दछ ।
    प्रत्यक्ष एक किसिमको ज्ञान हो, यसको सम्बन्ध जीवात्मासँग छ । यद्यपि जीवात्मा र मनको सम्पर्क एउटा विशेष अर्थमा नित्य छ, तब पनि प्रत्येक मानसिक क्रियामा त्यसको पुनरावृत्ति भइरहन्छ । न्यायशास्त्र जीवात्माको भौतिक पदार्थहरूको साथ स्वाभाविक सम्बन्धलाई स्वत: सिद्ध मानेर हिंड्दछ । उसको मतले बाह्य पदार्थहरूको जीवात्मामाथि त्यस्तै किसिमको छाप पर्ने कल्पना गर्दछ, जुन किसिमको लाहामाथि मोहरको छाप लगाउने गरिएको छ । न्यायशास्त्रको प्रत्यक्ष विषयक सिद्धान्त शरीरक्रियासम्बन्धी मनोविज्ञानको मुख्य सम्मान अर्थात् एउटा बाह्य पदार्थले उत्पन्न उद्दीपन, जुन इन्द्रिय हुन्छ र एक यान्त्रिक सम्पर्कको रूपमा परिणत हुन्छ, कुन किसिमबाट एउटा मनोवैज्ञानिक अवस्थाको रूप धारण गर्दछ, समाधान गर्दैन । यो समस्या आज पनि छ, जबकि विज्ञानले यति धेरै उन्नति गरिसकेको छ, यो एउटा रहस्य जस्तो लाग्दछ ।
    प्रत्यक्ष ज्ञानको उदय हुनको लागि कर्ताको अतिरिक्त बाह्य पदार्थ हुनु पनि आवश्यक छ । यस यथार्थ धारणालाई स्वीकार गरिलिनाले न्यायशास्त्र आफ्नो रक्षा ज्ञान सापेक्षतावादबाट गर्नमा समर्थ भयो, जसको अनुसार हामीलाई केवल अनुभव नै हुन्छ र बाह्य पदार्थको यथार्थ अस्तित्व मान्नु मूढ पुरुषहरूको केवल भ्रमात्मक कल्पना मात्र हो । इन्द्रियलाई आफ्नो उपयुक्त विषयको साथ सम्पर्क त्यस पदार्थको चेतनाको साथ सीधा सम्बन्ध स्थापित गराउँदछ । विषय जुन उद्दीपक छ तथा चेतनामय परिणामको प्रत्यक्ष छ, दुवैको आपसी सम्बन्धको अध्यापन गरिएको छ र न्यूनतम संवेदना आदिको सड्ढेतको कमी छैन । यद्यपि सूक्ष्मयन्त्रको अभावमा यी प्रश्नहरूका समाधान सही सही पाउनु सम्भव छैन । प्रत्यक्षको परिभाषा आत्मा तथा मनको सम्पर्क तथा मन र इन्द्रियहरूको सम्पर्कलाई स्वत: सिद्ध मानिन्छ, जो सबै बोधहरूमा विद्यमान रहन्छ । ‘इन्द्रियार्थ सन्निकर्ष’ लाई उक्त ज्ञानको विशेष लक्षण मानिन्छ । पदार्थ (विषय) धेरै किसिमका हुन्छन् । घाँसको पत्ता एउटा द्रव्य हो, हरितपन यसको गुण हो र यसकारण गुण द्रव्यभित्र रहन्छ । त्यसको गुण प्रत्यक्ष द्रव्यभन्दा अलग हुन सक्दैन । द्रव्य र गुणको मध्य जुन सम्पर्क छ, त्यो संयोग हो, तर द्रव्य र उसको गुण अथवा जाति र एक्लैमध्ये जुन सम्बन्ध छ, यो त्यसमा समाविष्ट हुनाले ‘समवाय’ सम्बन्ध हो । उदाहरणको रूपमा आँखा द्रव्यसँग सोको सम्पर्कमा आउँदछ, तर त्यसमा समाविष्ट र·सँग उसको सम्पर्क केवल परोक्षरूपमा मात्र हुन्छ र यसभन्दा पनि धेरै परोक्षरूपमा त्यस र·को विशेष जातिसँग हुन्छ, जो त्यस र·मा समाविष्ट हुन्छ, जो त्यस पदार्थमा रहन्छ, जोसँग आँखाको सम्पर्क भएको छ । इन्द्रियार्थ सन्निकर्ष ६ वटा अलग–अलग किसिमको भनिएको छ– संयोग, गुण, संयुक्त समवेत–समवाय, समवाय, समवेत–समवाय र विशेषता ।
    कुमारिल भट्ट तथा वेदान्तका अनुयायीहरूका मतमा ज्ञान नहुनु ज्ञानको एक स्वतन्त्र साधन हो । कुमारिलअनुसार जब हामी गाग्रोको अभावलाई देख्दछौं त हामीलाई दुई फरक–फरक प्रकारको ज्ञान हुने गर्छ— एउटा त निश्चित ज्ञान अर्थात् भूमिको र अर्को निषेधात्मक ज्ञान अर्थात् गाग्रोको अभावको ।
    न्यायिकको मतमा गाग्रोको अभाव रिक्त भूमिको एउटा विशेषण हो र हामीलाई यस किसिमको अभाव विशिष्ट भूमिको ज्ञानले हुने गर्दछ । यदि यस्तो भन्ने हो कि हामीलाई त्यही पदार्थको ज्ञान हुन्छ, जो इन्द्रियहरूको सम्पर्कमा आउँदछ र पदार्थहरूको अभावको इन्द्रियहरूसँग सम्पर्क हुन सक्दैन, तब न्यायिकको उत्तर यो पनि छ कि आलोचक भूलवश यस्तो धारणा बनाउँदछन् कि केवल संयोग र समवाय दुई किसिमको सम्बन्ध छ, अभावको सम्बन्धमा यिनीहरूमध्ये एउटा पनि सम्भव छैन, किनभने संयोग केवल दुई द्रव्यमा नै सम्भव हुन सक्दछ र अभाव अविभाज्यरूपमा कुनै वस्तुको साथ सम्बद्ध हुन सक्दैन ।
    गाग्रोरहित भूमिको निश्चित ज्ञानलाई भ्रममा पारेर, गाग्रोको अभाव ज्ञानसँग मिलाइ दिइएको छ । तर न्यायशास्त्रको मत छ, निश्चित सत्तात्मक पदार्थको ज्ञान पनि आफू आपैंmमा त्यस्तै नै एउटा सत्य हो । जस्तो अभावात्मक पदार्थहरूको ज्ञान हो । यदि यस्तो भन्ने हो भने भूमिमा गाग्रोसँग प्रत्यक्ष ज्ञान नहुनु गाग्रोरहित भूमिसँग तादात्म्य राख्दछ अथवा त्यसमध्ये भिन्न छ ? दुवै एकसमान हुन सक्दैन । यदि गाग्रोसहित भूमि र गाग्रोरहित भूमिमा परस्पर भेद छ ।  जस्तो एउटाको ज्ञान प्रत्यक्षसँग हुन्छ, अर्काको ज्ञान पनि प्रत्यक्षसँग हुन सक्दछ । बौद्ध तार्किक सिद्ध गर्दछन्, चक्षु र श्रवणेन्द्रिय आफ्नो विषयहरूसँग सोझै सम्पर्कमा आउँदैनन्, बरु टाढाबाट पनि पदार्थहरूको ज्ञान प्राप्त गर्दछ । यी दुवै इन्द्रियहरू, उनको मतमा अप्राप्यकारी अर्थात् पदार्थहरूको ज्ञान टाढाबाट प्राप्त गर्नमा पनि समर्थ छ । न्यायिकको तर्क छ, चक्षु इन्द्रिय आँखाको गोलक या पुतलीहरूको नाम होइन । यो इन्द्रियहरूको अधिष्ठान मात्र हो । चक्षु इन्द्रिय तेजस् प्रकृतिको हो र प्रकाशको किरण पुतलीभन्दा बाहिर टाढास्थित पदार्थसम्म जान्छ र उसको साथ सोझो सम्पर्कमा आउँदछ ।
    गौतमका अनुसार, इन्द्रियजन्य प्रत्यक्ष ज्ञानको सबभन्दा प्रथम स्वरूप हो अवर्णनीय । पदार्थको प्रत्यक्ष ज्ञानको लागि त्यसको नाम हुनु आवश्यक छैन । नामको आवश्यकता सामाजिक व्यवहारको लागि हो । वात्सायायन र उद्योतकर यस भेदलाई उल्लेख गर्दैनन् र वाचस्पति, जसले यसलाई उल्लेख गर्दछ, यसलाई आफ्नो गुरु त्रिलोचनको मत भन्दछन् । परवर्ती सबै दार्शनिक जस्तो भासवर्त, केशवमिश्र, अन्नंभट्ट र सांख्य तथा वैशेषिकका अनुयायी तथा कुमारिल पनि यस विचारसंग सहमत छन् । गौतम आफ्नो परिभाषामा सबै किसिमको प्रत्यक्ष ज्ञानलाई निश्चयात्मक मान्दछन् । यदि आमिलाई यस बिषयमा सन्देह छ कि टाढा रहेको पदार्थ मनुष्य हो अथवा एउटा खंवा हा्, धुलो हो वा धुआ हा्, तब यो प्रत्यक्ष ज्ञान होइन ।

जैन, जसको मत छ हामी प्रत्येकब किसीमका प्रत्यक्ष ज्ञानमा प्रत्यक्षकर्ता तथा ज्ञ्य पदार्थ दुवैसंग अभिज्ञरहन्छौं, प्रत्यक्ष ज्ञानको अनिश्चयात्मक हुने संभावनालाई निषेध गर्दछ । सविकल्प प्रत्यक्षज्ञान भीत्र ज्ञात पदार्थ हुन जातिछको अन्य पदार्थहरूबाट विशिक्ष्ट पार्दछ तथा दुबैको परस्पर सम्पर्कको ज्ञान, यि सबै उपलक्षित रहन्छ । प्राचीन वैशेषिक मतानुयायीहरूका अनुसार, निर्विकल्प प्रत्यक्ष ज्ञान त्यो हो जो पदार्थको सामान्य एवं विवशष्ट स्वरूपको सम्बन्धमा प्रथम साक्षात्कारको समय उत्पन्न हुन्छ, जसमा उक्त दुबैको अन्तरको ज्ञान सम्मिलित छैन ।

सविकल्प प्रत्यक्ष ज्ञानमा हामीलाई पदार्थ र त्यसको विशिष्ट गुणको भेद स्पष्ट भएर पदार्थको ज्ञान निश्चयात्मक भै्र हाल्छ । वाचस्पतिको विचारमा निर्विकल्प प्रत्यक्ष ज्ञानमा हामीलाई पदार्थको गुणको ज्ञान त हुन्छ, तर हामी पदार्थ र त्यसमा विशेषण विशेष्य भावको सम्वन्ध स्थापित हुन सक्दैन ।

सविकल्प प्रत्यक्षको विश्लेषण प्रत्यक्षको क्रियाको अन्तर्गत दुक्षर्् अवयब अर्थात सामान्य प्रत्यय तथा अन्तिम निर्णयलाई हाम्रो अगाडि उपस्थित गर्दछ । मनोवैज्ञानिक श्रेणीबद्ध प्रकल्पनाको हेत्वाभासको पहिले हामीलाई प्रत्यक्ष हुन्छ, अनि सामान्य प्रत्यय बनाउदछ र त्यसपछि अन्तिम निर्णय हुन्छ, यसप्रकार निराकरण हुने गर्दछ । निर्विकल्प प्रत्यक्षको सम्बन्धमा एउटा फरक किसिमको विचार, जुन वस्तुत: असन्तोषजनक छ, हामीलाई नव्यन्यायमा देख्न पाइन्छ ।

त्यही यस्तो भनिएको छ कि चेतनामा जुन ज्ञान प्रस्तुत हुन्छ त्यो सविकल्पव प्रत्यक्ष हो, र त्यसबाट हामी निर्विकल्प प्रत्यक्षको अस्तित्वको अनुमान गर्दछौं । कुनै पदार्थको सविकल्प प्रत्यक्ष ज्ञान, अर्थात पदार्थहरूको विशेष गुणहरूले युक्त हुने ज्ञान, ति गुणहरूका निर्विकल्प प्रत्यक्ष ज्ञानको पूर्वावस्थाको संकेत गरााउदछ, जसको विना सयिवकल्प प्रत्यक्ष ज्ञान संभव हुन सक्दैन । यदि गुणहरूको प्रत्यक्ष ज्ञान पनि सविकल्प हुन्थ्यो त त्यसको तात्पर्य हुनेथियो गुणहरूका गुणको प्रत्यक्ष ज्ञान र यसृ किसिम त्यसको कहि पनि अन्त हुने थिएन । अतयव उक्त उलझनबाट टाढा बस्नको लागी हामी निर्विकल्प प्रत्यक्ष ज्ञानको अनुमानको विषय मान्दैन, बरू यसलाई केवल चेतनाको एउटा अवस्था मात्र स्वीकार गर्दछ जसले काव प्रधानत: निर्विकल्प प्रत्यक्षलाई सबै किसिमको ज्ञानलाई प्रारम्भिक विन्दु बुझ्ने तर्फ छ, यदपि उसको सम्मतिमा यो आफू आफैमा ज्ञाचन होइन । यो पदार्थको तात्कालिकबोध हो जो सबै अर्थमा ज्ञान भनिदैन । यो एक किसिमको भेद रहित असक्बद्ध चेतनामात्र हो, जो आत्मासात्करण, विभेदीकरण, विश्ेषण प्रतिविम्वहरूबाट मुक्त समझिनु पर्छ । विरोधमा बौद्ध तार्किकहरूका भनाई छ सविकल्प प्रत्यक्ष ज्ञान व्यवहित हुनुको कारण पूर्वधारणासंग स्वतन्त्र छैन । नैय्यायिक बौद्धमतको घोर आलोचना गर्दछ । उद्योतकरको तर्क छ विशुद्ध इन्द्रिय–ज्ञान जो आफू आफैमा विशिक्ष्ट लर स्वत: प्रज्ञान छ र जो नाम या जातिको सम्मिश्रण रहित छ, एउटा असम्भव धारण हो । हाम्रो पदार्थ विषयक ज्ञान अनिवार्य रूपले व्यापक रूप धारण गर्दछ । बौद्धहरूका यो मत कि सबै सामान्य स्थापनाहरू त्यतिकै यथार्थ छ जति ति पदार्थ–विशेष छ जसमा ति समवाय सम्बन्धले विद्यमान छ । यस सम्बन्धको ज्ञान या त हामी सीधा प्रत्यक्ष ज्ञानद्धारा हुन्छ या यस तथ्यबाट अनुमानद्धारा हुन्छद्ध कि ति यथार्थ प्रकारको छ । पदार्थको स्वरूपको स्वरूप नै अन्तिम साक्षी हो जो स्वर्य प्रकट रूपमा हाम्रो चेतनालाई निर्धारित गरााउदछ । सम्बन्ध उपस्थित पदार्थमा आरोपीत गर्न सकिदैन बरू यथार्थको स्वरूपमा नै भासित हुने गर्छ । हाम्रो बोधशक्तिको कार्य यथार्थको पूर्णतामा त्यस सम्बन्धको खोज मात्र खोज्नु हो । यदि ‘यथार्थ’मा सम्बन्ध निहित छै्रन र ज्ञानको बिषय सम्बन्धपुक्त छ, तब हामी वुद्धिगत विषय र दृष्टिगत विषयको मिथ्या विरोधलाई स्वीकार गर्नु पर्नेछ । यहाा हामी, बौद्ध तथा नैय्यायिकहरूद्धारा समर्थित यथार्थ–सम्बन्धी विचारमा जुन मौलिक विभिन्नता छ, त्यसमा पुग्नेछौं । बौद्धहरूका धारणा छ कि यथार्थसत्ता साधारण ‘यो’ हो, अर्थात एउटा क्षणिक विशिष्ट जो आफ्नो गुणभित्र बन्द छ, जो समयभित्र बराबर रहन्छ अथवा देशभित्र विस्तारले सर्वथा स्वतन्त्र ‘सर्व पृथक’ छ ।

समस्त सम्बन्ध स्वेच्छाले बाहिरबाट कल्पनाद्धारा फिजाएको जाल हो । यसको विपरीत, नैय्यायिकको तर्क छ जसको अस्तित्व छ क्षणिक गुण होइन, बरू पदार्थ हो जसभित्र विषयबस्तुको विविधता छ । अनेकत्व हुदा हुदैपनि त्यो एउटै रहन्छ । त्यो अनेकमा एक हो । जहाासम्म त्यो अन्यभन्दा पृथक छ त्यो आफू आफैमा विशिष्ट छ । जहाासम्म उ आफ्नो विविधतामा एकसमान छ त्यो सामान्य हो । आफ्नो यस समानताको कारण त्यो एउटा वर्गको अंग पनि पनि हो । सामान्यतया विचछार गर्दा हामीलाई यो प्रतीत हुन्छ कि अपरिपक्क इन्द्रिय संवेदनाहरू जो ज्ञानको सत्पादक सामग्री हा्, उच्चतम यथार्थ सत्ता हो । तर यस स्थितिलाई स्वीकार गर्न गाहृो छ कि मानिसको खण्ड खण्ड संवेदनाहरू नै वस्तुहरूका यथार्थ तत्व हो । अस्तव्यस्तरहेका असंख्य ढुङ्गा, ईटा तथा काठ घर होइन । अनुभूत संवेदनाहरू ज्ञान होइन । वर्तमान क्षणको परिघिमा आवद्ध सीमित ज्ञभनवाद त हामीलाई सोझो बौद्धिक आत्मघात कग्रस’ तर्फ अग्रसर छ । किनभने त्यसबाट विचार समवन्धी जीवन एक कल्पित कहानी मात्र बच्नेछ । बौद्ध दार्शनिक निष्क्रिय अभिज्ञताको वास्तविक अनुभवको साथ तादात्म्य बताउादछ । त्यसले हामीलाई मानसिक आलोचनाको पापबाट मुक्त हुने आदेश दिनछ । तर व्यावधान शून्यताको लागी त्यसको जोस एउटा पूर्वाग्रह मात्र हो । तथ्य प्रति निष्ठाको अर्थ मानसिक आलोचनाबाट मुक्ति भने होइन ।

यसूत्रमा विवेचना गरिने विषयहरूको पहिले उपस्थापना गरिन्छ, अनि त्यसको परिभाषा गरिन्छ र अन्तमा त्यसको परीक्षा हुन्छ । परिभाषाद्वारा वस्तुको तात्त्विक स्वरूप बताइन्छ, जसबाट त्यसलाई अन्य पदार्थहरूभन्दा अलग गरेर चिन्न सकियोस् ।
    परिभाषाको कार्य कुनै पदार्थहरूको ती सबै पदार्थहरूभन्दा फरक देखाउनु हो, जसको साथमा उसको सादृश्य भ्रम हुन सक्दछ ।
    गौतमले इन्द्रियजन्य ज्ञानको परिभाषा यसप्रकार गरेका छन्, त्यो ज्ञान कुनै इन्द्रियको साथ पदार्थको संयोग हुनाले प्रादुर्भूत हुन्छ, जसलाई शब्दद्वारा प्रकट गर्न नसकियोस्, भ्रमरहित होस् र पूर्णरूपले प्रकट भइरहेको होस् । यस परिभाषामा ती विभिन्न अवयवहरू, जो ज्ञानको क्रियामा विद्यमान रहन्छ, समावेश भइहाल्छ । अर्थात् (१) इन्द्रियहरू (२) तीद्वारा ज्ञेय पदार्थ, (३) इन्द्रियको पदार्थहरूका साथ संयोग र (४) त्यो ज्ञान जो यस संयोगले उत्पन्न हुने गर्दछ । इन्द्रियहरूका अस्तित्व अनुमान प्रमाणको विषय हो ।
    यदि हेर्ने चक्षु इन्द्रिय विद्यमान भएन भने र·को ज्ञान सम्भव नै हुँदैन ।
    ज्ञानेन्द्रियहरू ५ वटा भन्ने गरिएको छ । किनभने इन्द्रियजन्य ज्ञान पनि ५ किसिमका हुन्छन्– दर्शनात्मक, श्रवणात्मक, घ्राणात्मक, स्वादात्मक र स्पर्शात्मक ।
    यदि त्वचाको विशेष भाग नै इन्द्रियहरू मान्ने हो भने त इन्द्रियहरूको संज्ञा अनगिन्ति हुनेछ र यदि यस्तो होइन भने त र· र शब्द इत्यादिको ज्ञान इन्द्रियहरूद्वारा हुन सक्दैन । यदि एउटा मात्र इन्द्रियको अस्तित्व मान्ने हो भने हेर्नु, सुन्नु र सुघ्नु आदि सबैको ज्ञान एकैसाथ हुनुपर्ने हो । यसबाहेक त्वचा केवल त्यही पदार्थहरूको ज्ञान गराउन सक्दछ जो नजिकमा छ, जबकि देख्ने र सुन्नेबाट टाढाको पदार्थहरूका पनि ज्ञान हुन्छ ।
    वात्स्यायन मनको गणना इन्द्रियहरूभित्र गर्दछन् । उनी यसलाई अन्तरिन्द्रिय मान्दछन्, जसको अनुसार हामी आन्तरिक मनोभावना, इच्छा र ज्ञानको बोध प्राप्त गर्दछौं । वात्स्यायनको मतमा पनि एउटा इन्द्रिय हो, जुन किसिमको चक्षु आदि इन्द्रियहरू छन्, यद्यपि डेमोक्रेट्स र यिनमा थुप्रै स्पष्ट भेद छ ।
    बाह्य इन्द्रियहरू भौतिक तत्त्वहरूबाट बनेका हुन्छन्, केही विशेष पदार्थहरूको ज्ञान गराउने दक्षता राख्दछन् र केही विशेष गुण राख्दै इन्द्रियको रूपमा कार्य गर्न सक्दछन् ।
    तर मन अभौतिक हो, सबै किसिमका पदार्थहरूका ज्ञान गराउनमा एकसमान क्षमता राख्दछ र कुनै विशेष गुण नराख्दा पनि इन्द्रियरूपमा कार्य गर्न सक्दछ ।
    प्रत्यक्ष एक किसिमको ज्ञान हो, यसको सम्बन्ध जीवात्मासँग छ । यद्यपि जीवात्मा र मनको सम्पर्क एउटा विशेष अर्थमा नित्य छ, तब पनि प्रत्येक मानसिक क्रियामा त्यसको पुनरावृत्ति भइरहन्छ । न्यायशास्त्र जीवात्माको भौतिक पदार्थहरूको साथ स्वाभाविक सम्बन्धलाई स्वत: सिद्ध मानेर हिंड्दछ । उसको मतले बाह्य पदार्थहरूको जीवात्मामाथि त्यस्तै किसिमको छाप पर्ने कल्पना गर्दछ, जुन किसिमको लाहामाथि मोहरको छाप लगाउने गरिएको छ । न्यायशास्त्रको प्रत्यक्ष विषयक सिद्धान्त शरीरक्रियासम्बन्धी मनोविज्ञानको मुख्य सम्मान अर्थात् एउटा बाह्य पदार्थले उत्पन्न उद्दीपन, जुन इन्द्रिय हुन्छ र एक यान्त्रिक सम्पर्कको रूपमा परिणत हुन्छ, कुन किसिमबाट एउटा मनोवैज्ञानिक अवस्थाको रूप धारण गर्दछ, समाधान गर्दैन । यो समस्या आज पनि छ, जबकि विज्ञानले यति धेरै उन्नति गरिसकेको छ, यो एउटा रहस्य जस्तो लाग्दछ ।
    प्रत्यक्ष ज्ञानको उदय हुनको लागि कर्ताको अतिरिक्त बाह्य पदार्थ हुनु पनि आवश्यक छ । यस यथार्थ धारणालाई स्वीकार गरिलिनाले न्यायशास्त्र आफ्नो रक्षा ज्ञान सापेक्षतावादबाट गर्नमा समर्थ भयो, जसको अनुसार हामीलाई केवल अनुभव नै हुन्छ र बाह्य पदार्थको यथार्थ अस्तित्व मान्नु मूढ पुरुषहरूको केवल भ्रमात्मक कल्पना मात्र हो । इन्द्रियलाई आफ्नो उपयुक्त विषयको साथ सम्पर्क त्यस पदार्थको चेतनाको साथ सीधा सम्बन्ध स्थापित गराउँदछ । विषय जुन उद्दीपक छ तथा चेतनामय परिणामको प्रत्यक्ष छ, दुवैको आपसी सम्बन्धको अध्यापन गरिएको छ र न्यूनतम संवेदना आदिको सड्ढेतको कमी छैन । यद्यपि सूक्ष्मयन्त्रको अभावमा यी प्रश्नहरूका समाधान सही सही पाउनु सम्भव छैन । प्रत्यक्षको परिभाषा आत्मा तथा मनको सम्पर्क तथा मन र इन्द्रियहरूको सम्पर्कलाई स्वत: सिद्ध मानिन्छ, जो सबै बोधहरूमा विद्यमान रहन्छ । ‘इन्द्रियार्थ सन्निकर्ष’ लाई उक्त ज्ञानको विशेष लक्षण मानिन्छ । पदार्थ (विषय) धेरै किसिमका हुन्छन् । घाँसको पत्ता एउटा द्रव्य हो, हरितपन यसको गुण हो र यसकारण गुण द्रव्यभित्र रहन्छ । त्यसको गुण प्रत्यक्ष द्रव्यभन्दा अलग हुन सक्दैन । द्रव्य र गुणको मध्य जुन सम्पर्क छ, त्यो संयोग हो, तर द्रव्य र उसको गुण अथवा जाति र एक्लैमध्ये जुन सम्बन्ध छ, यो त्यसमा समाविष्ट हुनाले ‘समवाय’ सम्बन्ध हो । उदाहरणको रूपमा आँखा द्रव्यसँग सोको सम्पर्कमा आउँदछ, तर त्यसमा समाविष्ट र·सँग उसको सम्पर्क केवल परोक्षरूपमा मात्र हुन्छ र यसभन्दा पनि धेरै परोक्षरूपमा त्यस र·को विशेष जातिसँग हुन्छ, जो त्यस र·मा समाविष्ट हुन्छ, जो त्यस पदार्थमा रहन्छ, जोसँग आँखाको सम्पर्क भएको छ । इन्द्रियार्थ सन्निकर्ष ६ वटा अलग–अलग किसिमको भनिएको छ– संयोग, गुण, संयुक्त समवेत–समवाय, समवाय, समवेत–समवाय र विशेषता ।
    कुमारिल भट्ट तथा वेदान्तका अनुयायीहरूका मतमा ज्ञान नहुनु ज्ञानको एक स्वतन्त्र साधन हो । कुमारिलअनुसार जब हामी गाग्रोको अभावलाई देख्दछौं त हामीलाई दुई फरक–फरक प्रकारको ज्ञान हुने गर्छ— एउटा त निश्चित ज्ञान अर्थात् भूमिको र अर्को निषेधात्मक ज्ञान अर्थात् गाग्रोको अभावको ।
    न्यायिकको मतमा गाग्रोको अभाव रिक्त भूमिको एउटा विशेषण हो र हामीलाई यस किसिमको अभाव विशिष्ट भूमिको ज्ञानले हुने गर्दछ । यदि यस्तो भन्ने हो कि हामीलाई त्यही पदार्थको ज्ञान हुन्छ, जो इन्द्रियहरूको सम्पर्कमा आउँदछ र पदार्थहरूको अभावको इन्द्रियहरूसँग सम्पर्क हुन सक्दैन, तब न्यायिकको उत्तर यो पनि छ कि आलोचक भूलवश यस्तो धारणा बनाउँदछन् कि केवल संयोग र समवाय दुई किसिमको सम्बन्ध छ, अभावको सम्बन्धमा यिनीहरूमध्ये एउटा पनि सम्भव छैन, किनभने संयोग केवल दुई द्रव्यमा नै सम्भव हुन सक्दछ र अभाव अविभाज्यरूपमा कुनै वस्तुको साथ सम्बद्ध हुन सक्दैन ।
    गाग्रोरहित भूमिको निश्चित ज्ञानलाई भ्रममा पारेर, गाग्रोको अभाव ज्ञानसँग मिलाइ दिइएको छ । तर न्यायशास्त्रको मत छ, निश्चित सत्तात्मक पदार्थको ज्ञान पनि आफू आपैंmमा त्यस्तै नै एउटा सत्य हो । जस्तो अभावात्मक पदार्थहरूको ज्ञान हो । यदि यस्तो भन्ने हो भने भूमिमा गाग्रोसँग प्रत्यक्ष ज्ञान नहुनु गाग्रोरहित भूमिसँग तादात्म्य राख्दछ अथवा त्यसमध्ये भिन्न छ ? दुवै एकसमान हुन सक्दैन । यदि गाग्रोसहित भूमि र गाग्रोरहित भूमिमा परस्पर भेद छ ।  जस्तो एउटाको ज्ञान प्रत्यक्षसँग हुन्छ, अर्काको ज्ञान पनि प्रत्यक्षसँग हुन सक्दछ । बौद्ध तार्किक सिद्ध गर्दछन्, चक्षु र श्रवणेन्द्रिय आफ्नो विषयहरूसँग सोझै सम्पर्कमा आउँदैनन्, बरु टाढाबाट पनि पदार्थहरूको ज्ञान प्राप्त गर्दछ । यी दुवै इन्द्रियहरू, उनको मतमा अप्राप्यकारी अर्थात् पदार्थहरूको ज्ञान टाढाबाट प्राप्त गर्नमा पनि समर्थ छ । न्यायिकको तर्क छ, चक्षु इन्द्रिय आँखाको गोलक या पुतलीहरूको नाम होइन । यो इन्द्रियहरूको अधिष्ठान मात्र हो । चक्षु इन्द्रिय तेजस् प्रकृतिको हो र प्रकाशको किरण पुतलीभन्दा बाहिर टाढास्थित पदार्थसम्म जान्छ र उसको साथ सोझो सम्पर्कमा आउँदछ ।
    गौतमका अनुसार, इन्द्रियजन्य प्रत्यक्ष ज्ञानको सबभन्दा प्रथम स्वरूप हो अवर्णनीय । पदार्थको प्रत्यक्ष ज्ञानको लागि त्यसको नाम हुनु आवश्यक छैन । नामको आवश्यकता सामाजिक व्यवहारको लागि हो । वात्सायायन र उद्योतकर यस भेदलाई उल्लेख गर्दैनन् र वाचस्पति, जसले यसलाई उल्लेख गर्दछ, यसलाई आफ्नो गुरु त्रिलोचनको मत भन्दछन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रत्यक्ष ज्ञान
प्रत्यक्ष ज्ञान
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/02/blog-post_7211.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/02/blog-post_7211.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy