प्रस, वीरगंज १२ फागुन/
भौतिक योजना निर्माण तथा यातायात व्यवस्थामन्त्री ह्दयेश त्रिपाठीले हरपुर गाविस–८ बडेर्वास्थित सिघियाही नदीमा नवनिर्मित पुलको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले सहमतिको सरकार गठनको प्रयास भइरहेको र राजनीतिक दलहरू अन्तिम सहमतिको नजिक पुगेका दाबी गरेका थिए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्रीसमेत रहेका त्रिपाठीले मधेसको पहिचान तथा अधिकारसहितको सङ्घीयताको लागि सरकारमा रहेका मधेसी दलहरू लड्दै आएका बताए ।
शान्तिप्रक्रिया अन्तर्गत वर्तमान सरकारले सेना समायोजनको काम टु·ोमा पुर्याएको बताउँदै नेता त्रिपाठीले सहमतिको सरकारले निर्धारित समयमा चुनाव गराउनसक्ने बताए ।
मन्त्रालयका सचिव तुलसी सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, सशस्त्र प्रहरी उपरीक्षक नगेन्द्र थापा, नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसभासद् अजय चौरसिया, तमलोपा बाराका अध्यक्ष एवं पूर्वसभासद् जयप्रकाश यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२ करोड ६५ लाखको लागतमा निर्मित सो पक्की पुलले जीतपुर–ठोरी सडकखण्ड अन्तर्गतका करिब २५ वटा गाविसका बासिन्दाहरू लाभान्वित हुने बताइएको छ । पुल निर्माण कार्य समयमा सम्पन्न गरेको भन्दै सहभागीहरूले निर्माण कम्पनीलाई धन्यवाद दिएका थिए ।